Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वनमा

खबरडबली संवाददाता

हेटौँडा । बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वयनमा आएको छ । ऐन कार्यान्वयनमा आएसंगै प्रदेश  सरकारले आवश्यक काम समेत अघि बढाएको छ ।  

 मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा आइतबार बसेको प्रदेश उच्च शिक्षा परिषद्को पहिलो बैठकले ऐन प्रभावकारी कार्यान्वयनका लागि प्राथमिकताका साथ थप काम अघि बढाउने निर्णय गरेको  सामाजिक विकास मन्त्रालयका प्रवक्ता रुद्रहरि भण्डारीले जानकारी दिए । 

प्रदेशसभाले सो ऐन गत चैत १४ गते जारी गरेको थियो । 

बैठकमा परिषद्का उपाध्यक्ष एवं सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रमुख  सचिव मुकुन्दप्रसाद निरौला, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णराज पन्त, सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपाललगायतको उपस्थिति  थियो । 

 उद्योग वाणिज्य सङ्घबीच सहकार्य

आर्थिक नगरी वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र मकवानपुर उद्योग वाणिज्य सङ्घबीच व्यापारिक  विस्तार र आपसी समन्वय तथा सहकार्यको लागि दुई सङ्घबीच आपसी सम्झौता भएको  छ । 

व्यापारिक अवसर, सम्भावना र समस्यालाई सम्बद्ध सङ्घले घनिभूतरुपमा आ–आफ्नो संस्थामार्फत एकीकृतरुपमा उठान गरी सरोकारवाला निकायसमक्ष पु¥याउन संस्थागतरुपमा प्रभावकारी पहल गर्ने उद्देश्यले दुई सङ्घबीच सम्झौता भएको हो । 

वीरगञ्जको आर्थिक, सामाजिक महत्व, यसले बोकेको सम्भावना दर्शाउँदै वीरगञ्जले मुलुककै आर्थिक उन्नयनका लागि खेलेको भूमिका खेल्ने भएकाले आवश्यक व्यापार व्यवसाय सहजीकरणका लागि यस्तो सम्झौता गरिएको वीरगञ्ज उवासङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ता जानकारी दिए । 

आ–आफ्ना क्षेत्रका विषयगत अवसर, सम्भावना र समस्यालाई एक–अर्का सङ्घबीच साझा गर्न र समाधानको पाटोमा एक भई समस्या समाधान गर्ने उद्देश्यले ती दुई वाणिज्य सङ्घसँग  यस्तो सम्झौता भएको हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending