Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

निजी क्षेत्रलाई जलाशययुक्त आयोजनामा लगानी गर्न ऊर्जामन्त्रीको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलशाययुक्त आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेकि छन् । ‘हिमालय हाइड्रो एक्स्पो–२०२२’ को समापन समारोहमा आज आयोजित कार्यक्रममा उनले निजी क्षेत्र नदी प्रवाह९आरओआर०मा आधारित जलविद्युत्को उत्पादनभन्दा पनि ठूला जलाशययुक्त आयोजना निर्माणमा जुट्नुपर्ने बताइन्।
 
“निजी क्षेत्रले जलाशययुक्त आयोजनामा लगानी गरेको अवस्था छैन”, उनले भनिन्, “नदी प्रवाहमा आधारित उत्पादनको विद्युत् खरिद सम्झौता हुँदैन, अब निजी क्षेत्रले पनि जलाशययुक्त आयोजनामा लगानी बढाउनेतर्फ ध्यान दिनुपर्छ ।” नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाबाट सुख्खायाममा तोकिएको परिमाणमा विद्युत् उत्पादन गर्न नसक्ने अवस्था रहेको र उत्पादन घट्दा व्यवस्थापनमा समस्या आउने देखिएको उल्लेख गर्दै मन्त्री भुसालले अब ठूला जलाशययुक्त आयोजना निर्माण गर्नुको विकल्प नभएको बताउनुभयो । “निजी क्षेत्रले नदी प्रवाहमा आधारित आयोजनाबाट सुख्खायाममा आधा पनि बिजुली दिन नसक्ने अवस्था छ”, उनले भनिन् ।
 
नेपाल विद्युत् प्राधिकरणले पछिल्ला तीन वर्षदेखि नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता गर्न रोकेको छ । सुख्खायाममा हुने विद्युत्को व्यवस्थापनलाई सहज बनाउन सरकारले पनि ठूला जलाशाययुक्त आयोजनाको निर्माणलाई प्राथमिकतामा राखेको छ ।
 
सरकारले दूधकोशी, बूढीगण्डकी, नलगाढ र पश्चिम सेतीजस्ता जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेको मन्त्री भुसालको भनाइ छ । ठूला आयोजनाको निर्माणलाई तीव्रता दिन सरकारले त्यस्ता आयोजनाबाट उत्पादित बिजुली खरिदको अनुमति विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले दिन सक्ने व्यवस्था गरिएको जानकारी दिँदै उनले भनिन्, “नदी प्रवाहमा आधारित उत्पादनको कोटा सकिएकाले खरिद सम्झौता भएको छैन, जलाशययुक्त आयोजनाको बिजुली खरिद गर्न कार्यकारी निर्देशकलाई जिम्मा दिइएको छ ।”
 
भारतको बजार खुल्यो, बङ्गलादेशको पनि खुल्दैछ

विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न तथा खेर जाने पानीलाई विद्युत्मा रुपान्तरण गरेर क्षेत्रीय बजारमा बिक्री गरी मुलुकको आर्थिक रुपान्तरण गर्न जलविद्युत्मा सरकार, निजी क्षेत्रका साथै वैदेशिक लगानी पनि भित्र्याउने तयारी भइरहेको उनले बताइन् ।
 
प्रधानमन्त्री शेरबहादुर देउवाको हालै सम्पन्न भारत भ्रमणबाट भारतमा नेपालका बिजुली बिक्री गर्नका लागि सम्झौता भएको जानकारी दिँदै उनले बङ्गलादेश, भुटान, भारत र नेपाल ९बिबिआइएन० सम्मिलित उपक्षेत्रीय संयन्त्रमार्फत बङ्गलादेशमा पनि विद्युत् व्यापारको ढोका खुल्ने विश्वास दिलाइन् । “नेपालमा खपत भएर बढी भएको बिजुली भारतमा बिक्री गर्ने अवसर प्राप्त भएको छ”, मन्त्री भुसालले भनिन्, “भारतको बजार खुलिसकेको छ, अब बङ्गलादेशको बजार पनि खुला हुँदैछ ।”
 
अध्यादेश ल्याएर भए पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति

कार्यक्रममा मन्त्री भुसालले निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको अनुमति दिन सरकार तयार रहेको स्पष्ट पारिन्। विद्युत् ऐनमा निजी क्षेत्रले विद्युत् व्यापार गर्ने प्रावधान नभएको र कार्यविधि बनाएर निजी क्षेत्रलाई अनुमति दिन नसकिने भनी कानुन मन्त्रालयबाट राय प्राप्त भएको जानकारी गराउँदै उहाँले अध्यादेशमार्फत ऐन संशोधन गरेर भए पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिइने बताइन्।
 
“विद्युत् व्यापारको अनुमति निजी क्षेत्रलाई पनि दिन चाहन्छौँ, तर कहाँको बिजुली बेच्ने ?”, उहाँले प्रश्न गर्नुभयो, “निर्यातका निम्ति उत्पादन गर्छु भनेर आउनुहोस्, अनुमति पाउनुहुन्छ ।” स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इपान०का पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले आयोजना निर्माणमा जग्गा प्राप्तिका समस्या, वनको रुख कटान, खरिद सम्झौतालयायत समस्या समाधान हुन नसकेको गुनासो गरे । निजी क्षेत्रलाई हतोत्साहित बनाउने, निजी क्षेत्रको प्रस्तावलाई थन्क्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महान्यायाधीवक्ता सविता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट निलम्बित

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भ...

कांग्रेस लमजुङबाट २४ जनाको नाम सिफारिस

लमजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आंकाक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।  ...

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ । बन्दसत्...

दस दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलक...

सुनको मुल्य अहिलेसम्मकै उच्च, प्रतितोला २ लाख ५८ हजार ८ सय

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्य...

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...

बन्दसत्र सुरु हुनुअघि एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीबारी : दुई विद्याथीको मृत्यु, नौ घाइते

काठमाडौँ। अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्र...

एक महिनाभित्र काम थाल्न ठेकेदारलाई मन्त्री घिसिङको अल्टिमेटम

तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नग...

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending