गण्डकी । पर्यटकीय नगरी पोखराबाट जनकपुरको सिधा उडान आजदेखि सुरु भएको छ । बुद्ध एयरले हप्ताको तीन दिन उडान गर्ने गरी उडान थालेको हो । पोखरा–जनकपुर प्रत्येक हप्ता शनिबार, सोमबार र बुधबार उडान गरिने बुद्धका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए।
पहिलो चरणमा हप्तामा तीन दिन र यात्रु सङ्ख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको बताउँदै उनले हालका लागि १८ सिट क्षमताको जहाजबाट उडान थालिएको जानकारी दिए ।
पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली आज जनकपुर गएको छ । पचास मिनेटको हवाई यात्रा हुने पोखरा–जनकपुरको उडानमा प्रतियात्रुु सबैभन्दा बढी रु नौ हजार ३६० र सबैभन्दा कम रु चार हजार १०० भाडा निर्धारण गरिएको छ । उडानसँगै दुई सहरबीचको प्राकृतिक र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग पुुग्ने विश्वास लिइएको छ ।
बुद्ध एयरले केही दिन अघिमात्र पोखराबाट सुदूरपश्चिमको धनगढीसम्म पनि उडान सुरु गरेको थियो । त्यस्तै काठमाडौँसँगै भरतपुर, भैरहवा, नेपालगञ्ज, सिमरासम्म उडान गरिरहेको बुद्ध एयरले आगामी केही समयभित्रै पोखराबाट विराटनगर र भद्रपुरसम्म पनि उडान गर्ने तयारी गरेको छ ।
पहिलो उडानमा सहभागी बन्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले अन्तरप्रदेश हवाई सञ्जालले पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास व्यक्त गर्नुभयो । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा तीनदिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली जनकपुर गएको हो । गण्डकीका मुख्यमन्त्री पोखरेलको निमन्त्रणामा गत असोज ६ गते मधेस प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखराको भ्रमण गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...
आषाढ़ १५ गते, २०८३ - १८:००
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...



प्रतिकृया लेख्नुहोस्: