Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

खबरडबली संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४६.४६ अङ्कले ओरालो लागेर दुई हजार ४५२.०६ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३४ अङ्कले ओरालो लागेर ४५८.२२ मा ओर्लेको छ । कूल २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर रु दुई अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ बराबर मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये आज होटल तथा पर्यटन क्षेत्रको मात्रै शेयर मूल्यमा उकालो लागेको छ । होटल तथा पर्यटन १५.१२ अङ्कले उकालो लागेको छ ।

त्यस्तै, बैंकिङ १८.८, व्यापार ४४.०६, विकास बैंक ८३.९९, जलविद्युत् ६०.१५, वित्त ५३.८५, निर्जीवन बीमा ३४६.८४, उत्पादन ४३.२, अन्य ७१.९६, लघुवित्त ६८.३३, जीवन बीमा ४३२.२८, सामूहिक लगानी कोष ०.२८ र लगानी १.५३ अङ्कले ओरालो लागेको छ ।

मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु ३४ खर्ब ८१ अर्ब ३१ करोड ५२ लाख ४० हजार बराबर पुगेको छ । कारोबारका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ६७ लाख ९९ हजार ७६८ बराबरको कारोबार भयो । यस्तै, नबिल बैंक रु आठ करोड ५९ लाख ९९ हजार १९९, नेपाल लाइफ इन्स्योरेन्स रु आठ करोड १३ लाख ९७ हजार ३०७, सूर्य लाइफ इन्स्योरेन्स रु सात करोड ७३ लाख ८० हजार ९३३ र अरुण भ्याली हाइड्रोपावर रु ६ करोड ८० लाख ३९ हजार ९६६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । जाल्पा सामुदायिक लघुवित्त ६.०७, युनिलिभर नेपाल लिमिटेड ३.२३ र एनसिसी बैंकको ऋणपत्रका लगानीकर्ताले दुई प्रतिशतले कमाए ।

त्यस्तै, इमर्जिङ नेपालको शेयर मूल्य १० प्रतिशतले ओरालो लाग्दा नकारात्मक सर्किट लाग्यो । नारायणी डेभलपमेन्ट बैंक ६.३७, युनाइटेड इदी मर्दी हाइड्रोपावर ६.०१, जनरल इन्स्योरेन्स कम्पनी ५.६९ र नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले ४.७० प्रतिशतले गुमाए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending