काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४६.४६ अङ्कले ओरालो लागेर दुई हजार ४५२.०६ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३४ अङ्कले ओरालो लागेर ४५८.२२ मा ओर्लेको छ । कूल २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर रु दुई अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ बराबर मूल्यमा कारोबार भयो ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये आज होटल तथा पर्यटन क्षेत्रको मात्रै शेयर मूल्यमा उकालो लागेको छ । होटल तथा पर्यटन १५.१२ अङ्कले उकालो लागेको छ ।
त्यस्तै, बैंकिङ १८.८, व्यापार ४४.०६, विकास बैंक ८३.९९, जलविद्युत् ६०.१५, वित्त ५३.८५, निर्जीवन बीमा ३४६.८४, उत्पादन ४३.२, अन्य ७१.९६, लघुवित्त ६८.३३, जीवन बीमा ४३२.२८, सामूहिक लगानी कोष ०.२८ र लगानी १.५३ अङ्कले ओरालो लागेको छ ।
मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु ३४ खर्ब ८१ अर्ब ३१ करोड ५२ लाख ४० हजार बराबर पुगेको छ । कारोबारका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ६७ लाख ९९ हजार ७६८ बराबरको कारोबार भयो । यस्तै, नबिल बैंक रु आठ करोड ५९ लाख ९९ हजार १९९, नेपाल लाइफ इन्स्योरेन्स रु आठ करोड १३ लाख ९७ हजार ३०७, सूर्य लाइफ इन्स्योरेन्स रु सात करोड ७३ लाख ८० हजार ९३३ र अरुण भ्याली हाइड्रोपावर रु ६ करोड ८० लाख ३९ हजार ९६६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । जाल्पा सामुदायिक लघुवित्त ६.०७, युनिलिभर नेपाल लिमिटेड ३.२३ र एनसिसी बैंकको ऋणपत्रका लगानीकर्ताले दुई प्रतिशतले कमाए ।
त्यस्तै, इमर्जिङ नेपालको शेयर मूल्य १० प्रतिशतले ओरालो लाग्दा नकारात्मक सर्किट लाग्यो । नारायणी डेभलपमेन्ट बैंक ६.३७, युनाइटेड इदी मर्दी हाइड्रोपावर ६.०१, जनरल इन्स्योरेन्स कम्पनी ५.६९ र नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले ४.७० प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...
चैत्र २ गते, २०८२ - १६:४३
ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...
चैत्र २ गते, २०८२ - १४:५३
राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशास...


प्रतिकृया लेख्नुहोस्: