काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताएका छन्।
सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उहाँले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्ने बताए।
अध्यक्ष बस्नेतले बिनाआधार जथाभावी समाचार लेख्ने, आक्षेप लगाउनेजस्ता उजुरी बढेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गरे।
“हामी समाजको प्रतिनिधि हो, जहिले पनि परीक्षणमा हुन्छौँ”, उनले भने, “हाम्रा क्रियाकलाप समाजले नियालिरहेको हुन्छ, त्यसैले आचारसंहिताको डोरीभित्र रहेर काम गर्नुपर्छ ।”
पे्रस काउन्सिल नेपालले देशव्यापीरूपमा आचारसंहिता जागरण अभियान सुरु गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । पत्रकार आचारसंहिता पालनाका लागि पत्रकार महासङ्घको पनि उत्तिकै भूमिका रहेको उनको भनाइ थियो ।
प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले पत्रकारले बुम देखाउँदा भाग्नुपर्ने अवस्था आएको भन्दै जिम्मेवार र मर्यादित पत्रकारिताको खाँचो औँल्याए ।
उनले प्रेस काउन्सिल नेपालले दूत भएर सरकार र पत्रकारबीच पुलको काम गरिरहेको बताए ।
नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले आचारसंहिता उल्लङ्घन गर्दा पत्रकारिताको विश्वसनियतामाथि प्रश्न उठेको बताए ।
काउन्सिलले पत्रकार आचारसंहितासम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दा जिल्लास्तरमा आचारसंहिता सिकाउने प्रशिक्षक उत्पादन हुने उनको विश्वास छ । पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका २५ जना सहभागी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - ०९:३५
हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...
आश्विन ४ गते, २०८१ - ०९:२७
सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...
आश्विन ४ गते, २०८१ - ०९:२४
काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...
आश्विन ४ गते, २०८१ - ०९:१४
अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...
आश्विन ४ गते, २०८१ - ०८:२०
अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्
आश्विन ४ गते, २०८१ - ०८:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...
आश्विन ४ गते, २०८१ - ०७:५४
‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’
आश्विन ४ गते, २०८१ - ०७:३५
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...
आश्विन ४ गते, २०८१ - ०७:०८
करोडौँ लगानीमा खुलेका होटल सुनसान
आश्विन ४ गते, २०८१ - ०७:०४
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...
प्रतिकृया लेख्नुहोस्: