Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

खबरडबली संवाददाता

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले लोकतन्त्रमा ‘रुल अफ ल’ र ‘रुल बाइ ल’बीच मौलिक भिन्नता रहेको बताए। “डेमोक्रेसीमा रुल अफ ल र रुल बाइ ल दुईवटा फन्डामेन्टली फरक कुरा हुन्,” उनले भने, “झट्ट सुन्दा एउटै जस्तो लाग्छ, तर यो गम्भीर रूपमा फरक विषय हो।”

थापाका अनुसार लोकतन्त्रमा ‘रुल अफ ल’ नै अपेक्षित र वाञ्छनीय हुन्छ। “कानुनको शासनले सरकार कानुनको सेवक हो भन्छ,” उनले भने, “तर रुल बाइ लले कानुनलाई सरकारको लाठी बनाउँछ, जसलाई मन लाग्यो त्यतिबेला प्रयोग गर्न सकिन्छ।”

उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई जनताले पाँच वर्ष सरकार सञ्चालन गर्ने म्यान्डेट दिएको उल्लेख गर्दै त्यसअनुसार जिम्मेवारी पूरा गर्न आग्रह गरे। साथै, नेपाली कांग्रेसलाई पनि जनताले पाँच वर्ष प्रतिपक्षको भूमिका निर्वाह गर्ने जिम्मेवारी दिएको उनको भनाइ थियो।

“हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्,” उनले भने, “तर यही निर्वाचनले कांग्रेसलाई पनि प्रतिपक्षको रूपमा जिम्मेवारी दिएको छ।”

थापाले लोकतन्त्रमा प्रतिपक्षको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे। “प्रतिपक्षले ठीक ढंगले भूमिका निर्वाह गर्न सकेन भने सरकारलाई जवाफदेही बनाउने र परिणाम दिन बाध्य पार्ने अवस्था सिर्जना हुँदैन,” उनले भने।

उनका अनुसार प्रतिपक्षको काम सरकारलाई प्रश्न गर्ने, खबरदारी गर्ने, आवश्यक पर्दा प्रतिवाद गर्ने र विकल्प प्रस्तुत गर्ने हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदको चासो

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा चासो व्यक्त गरेको छन् ।   सभाको आजको बैठक...

प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन हर्क साम्पाङको पुन: माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आए पनि त्यसको सुनुवाइ न...

एकैदिन सुन तोलामा १० हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको मूल्य प्र...

यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा

काठमाडौँ। यस वर्षको प्रि-मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि-मनसुन याममा ने...

खडेरीले किसान चिन्तित, बारीमै सुक्यो मल

धनकुटा । लामो समयदेखि वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्। असारको पहिलो साता बित्न लाग्दासमेत पर्याप्त ...

कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ पर...

सामाजिक सञ्जालमार्फत भइरहेका भ्रामक विज्ञापन हटाउन निर्देशन

काठमाडौँ । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ । साथै यस्ता वि...

माइखोला बाढीले मेची राजमार्ग मर्मतका सामग्री बगायो

इलाम। बिहीबार राति माइखोलामा आएको बाढीले मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवालीमा सडक मर्मतका सामग्री बगाएको छ। बाढीले तारजारी, पाइपलगायत केही...

असार लागेसँगै धमाधम अनुगमन

हुम्ला। असार लागेसँगै स्थानीय तहमा निर्माण सम्पन्न भएका र निर्माणाधीन योजनाको धमाधम अनुगमन भइरहेको छ । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति...

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending