Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

युक्रेन-रुस युद्ध : पुटिनका छोरीहरूलाई अमेरिकी प्रतिबन्ध

जेलेन्स्कीले गरे स्वागत, बाइडनले भन्छन् : ठूलो युद्ध अपराधभन्दा अरू केही होइन

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्धहरू लागु गरेको छ।

उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख ब्याङ्कहरू पनि समावेश छन्।

युक्रेनमा रुसी सेनाले गरेको अत्याचारबारे विवरणहरू सार्वजनिक भएसँगै पछिल्लो प्रतिबन्धहरूको घोषणा गरिएको हो।

यसैसाता राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा सर्वसाधारणहरूको शव छरप्रस्ट भेटिएको थियो।

रुसले भने प्रमाणबिना किएभले त्यस्तो तस्बिर सार्वजनिक गरेको जनाएको छ।

भूउपग्रहबाट खिचिएका तस्बिरहरूले बुचा सहर रुसीहरूको नियन्त्रणमा हुँदा सर्वसाधारण मारिएका देखिए पनि बुधवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने घटनालाई "किएभको सत्ताले गरेको अशिष्ट अनि स्वार्थपूर्ण उत्तेजना" को संज्ञा दिएका छन्।

बुचामा भएको हत्याबारे आफ्नो धारणा राख्दै बुधवार अमेरिकी राष्ट्रपति जो बाइडनले ''ठूलो युद्ध अपराधभन्दा अरू केही नभएको'' टिप्पणी गरेका छन्।

उनले भने, ''जिम्मेवार राष्ट्रहरू अपराधीहरूलाई जबाफदेही बनाउन एकजुट हुनुपर्छ।''

अमेरिकाले पुटिनका छोरीहरू लक्षित पछिल्ला प्रतिबन्धहरू किन लागु गर्‍यो भन्ने प्रश्नमा बाइडन प्रशासनका एकजना वरिष्ठ अधिकारीले 'पुटिनको केही सम्पत्ति उनका छोरीहरूको नियन्त्रणमा रहेको हुनसक्ने' आफूहरूको बुझाइ रहेको बताए।

अमेरिका र ब्रिटेनले सार्वजनिक गरेका पछिल्ला प्रतिबन्ध प्रमुख रुसी ब्याङ्क अनि त्यहाँका धनाढ्यप्रति लक्षित रहेको बताइएको छ।

रुसको सबैभन्दा ठूलो वित्तीय संस्था स्वीएरब्याङ्कको अमेरिका र यूकेमा रहेको सम्पत्ति रोक्का गरिएको छ।

रुसमा थप ब्रिटिश अनि अमेरिकी लगानीमा पनि प्रतिबन्ध लागु छ।

प्रतिबन्धबारे युक्रेनको धारणा

युक्रेनका राष्ट्रपतिले रुस माथि लगाइएको थप प्रतिबन्धहरूको स्वागत गरेका छन्। तर त्यो अझै पर्याप्त भने नरहेको उनले टिप्पणी गरे।

आफ्नो पछिल्लो सम्बोधनका क्रममा भोलोदिमिर जेलेन्स्कीले रुसले उत्पादन गर्ने तेल बहिस्कार गर्न पश्चिमा मुलुकहरूलाई आग्रह गरे।

रुस विरुद्ध प्रतिबन्ध लगाउने विषयमा तत्काल सहमति नजुटेका कारण थप युक्रेनीहरूले ज्यान गुमाइरहेको उनले बताएका छन्।

जेलेन्स्कीले तेल निर्यातबाट राम्रो आर्जन गरिरहेका कारण रुसलाई शान्ति वार्ता गम्भीर रूपमा लिन आवश्यक नरहेको धारणा व्यक्त गरेका छन्।

उनले रुसी ब्याङ्कहरूलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट पूर्ण रूपमा अलग्गै राख्नुपर्नेमा युक्रेनले जोड दिइरहने बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending