Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

सगरमाथा शिखरमा पुग्ने सुरक्षित बाटोको खोजीमा फ्रान्सेली आरोही

खबरडबली संवाददाता

काठमाडौँ । संसारभरका मानिसले सगरमाथाको देश भनेर नेपाललाई चिन्छन् । सर्वोच्च शिखरको आरोहण गर्ने कुरा धेरैका लागि सपनाको उडान जस्तै लाग्छ । तीमध्ये केहीले यसको सफल आरोहण गरिसकेका छन् भने केही आगामी दिनमा सफल यात्रा गरौँला भनेर प्रतीक्षारत छन् ।

स्वर्गको टुक्रा जस्तै लाग्ने सगरमाथाको उडान आफैँमा साहसको एउटा प्रतिबिम्ब बन्न पुगेको छ । मानिस जति रोमाञ्चित छ, त्यत्ति सजिलो भने छैन सगरमाथाको उचाइ नाप्ने कुरा । किनकि, हिमनदी र हिमखाल्डोका कारण धेरैले जीवनको इहलीला उतै समाप्त गर्नुपरेको छ । हिमालमा जति आकर्षण छ, त्योसँगै पीडा र वेदना पनि उत्तिकै छ । किनकि, क्षणभरमा जीवन सकिदिने क्षमता उसैसँग छ । तर आरोहणको सफल प्रतीक्षा भने धेरै साहसीका लागि अझै पनि कुरेर बसिरहेको छ ।  सर्वोच्च शिखरमा १३ वर्षे बालकदेखि ८० वर्षका वृद्धले पनि सफलताको उचाइ बनाएका छन् ।

केही आरोही तीव्र गतिका साथ आरोहण गरेर रेकर्ड बनाएका छन् भने कोही अक्सिजन विना नै सगरमाथा पुगेका छन् ।  एक आरोहीले त सगरमाथा पुगेर प्याराग्लाइडिङ समेत गरेर रेकर्ड कायम राखे भने एक जोडीले त्यही विवाह गरेको रेकर्ड पनि छ । सगरमाथासँग जोडिएका सयौँ रेकर्ड बनिरहेका छन् । आगामी दिनमा पनि बन्ने नै छ । तर सुरक्षित आरोहण गरेर सुरक्षित फर्कने विषयमा आफैँमा अर्को महत्वपूर्ण छ ।

शिखर पुगेर नापेको सफलताको उचाइ आफ्ना घर परिवार, आफन्त र साथीभाइलाई सुनाउन नपाउँदै धेरै आरोही हिउँको काखमा नै निदाएका छन् । जो कहिल्यै उठ्ने छैनन् । जलवायु परिवर्तनका कारण हिमालमा तापक्रम वृद्धि हुँदै गएको छ । हिमनदीहरु पग्लँदै छन् । खुम्बु हिमनदी संसारका लामा हिमनदी मध्येको एक हो । यही हिमनदीले सगरमाथा आरोहणमा गएकालाई फर्केर आउन दिएको छैन ।

फ्रेन्च आरोही जिन मार्क बोबिनले सगरमाथाबाट पहिलो पटक प्याराग्लाइडिङ गरेर सन् १९९८ मा रेकर्ड राखेका थिए । नेपाली शेर्पाको सगरमाथा आरोहणमा देखाएको साहसको संसारभर नै प्रशंसा हुने गरेको छ । शेर्पालाई विश्वास र मिहिनेतको प्रतीकका रुपमा समेत लिइन्छ । एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक गरेको सफल आरोहणदेखि नै नेपाली शेर्पा समुदायको नाम विश्वजगत्ले चिनेको छ ।

पछिल्ला दिनमा आरोहणका अनेकन पटक सफलताको नाम राख्नुभएको पासाङ नुरु शेर्पाको काँधमा यसपटक भने नयाँ जिम्मेवारी छ । हिमाल आरोहण गर्नु उनलाई कुनै गाह्रो काम जस्तो लाग्दैन । बिहीबार साँझ उहाँ नेपालको पर्यटन क्षेत्रमा पुन: जागरण ल्याउने उद्देश्यका साथ आयोजित एक कार्यक्रममा भेटिए। यतिबेला उहाँ फ्रान्सेली आरोही एवम् नेपाललाई असाध्यै धेरै माया गर्ने मार्क बटारले सगरमाथामा तय गरेको एउटा मिसनलाई सफल बनाउन लागेको छ ।

सगरमाथा आरोहण गर्न चाहनेलाई सुरक्षित बाटो बनाउने काममा पासाङ र मार्क बटार्डको सहयात्रा भइरहेको छ । आरोहण गर्ने विषय आफैंमा महत्वपूर्ण हुँदै हो, त्यसमाथि सुरक्षित जाने र आउने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । सोही कामलाई मूर्त रुप दिन उहाँहरु निरन्तर लागिपरेका छन् । वसन्त ऋतु सुरु भइसकेको छ । हिमालले आरोहीलाई बोलाइरहेको तथा कोरोनाले थला परेको पर्यटन उद्योगलाई पूर्ववत् अवस्थामा फर्काउने दायित्व पनि यतिबेलाको अहम् प्रश्न बनेको छ ।

कोरोनाका कारण सङ्कटमा परेको पर्यटन उद्योगको पुनरुत्थान गर्दै नयाँ सम्भावनाको खोजी, पहिचान तथा प्रवद्र्धन गर्नका लागि यस क्षेत्रमा लगानीको उपयुक्त वातावरण तयार गरी स्वरोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान गर्ने लक्ष्यका साथ सरकारले पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको छ । सो समिति मातहत रहनेगरी पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन भएको छ ।

सोही समितिले सगरमाथा आरोहणलाई थप सुरक्षित बनाउने लक्ष्यका साथ काम गरिरहेको छ । सन् १९८८ को २६ मा २२ घण्टा २९ मिनेटमा सगरमाथा आरोहण गरेको रेकर्ड बनाउनुभएका मार्कले नेपालको नाम संसारभर चिनाउन र सगरमाथा आरोहण सुरक्षित छ भन्ने सन्देश दिन निरन्तर प्रयासरत छन् । आरोही मार्कका अनुसार नयाँ बाटो गोरखसेप ९पाँच हजार १६४ मिटर०बाट सुरु हुन्छ । असाध्यै जोखिमपूर्ण मानिएको खुम्बु आइसफललाई छलेर विद्यमान आरोहणमार्गभन्दा पूर्वपट्टिबाट ढुङ्गा र चट्टानै चट्टानको बाटो बनाइँदैछ । सगरमाथाको आधार शिविर सुमन्द्री पाँच हजार ३६४ मिटरमा छ ।

“विद्यमान बाटोभन्दा सुरक्षित मार्ग बनाउने अभियानमा हामी सफलता नजिकै पुगेका छौँ । नेपाली शेर्पा र फ्रान्सेली आरोहीको समूहसमेत  सो कार्यमा निरन्तर क्रियाशील छ । हामीले केही दिनमा नै सफलता हासिल गर्छौं,” बिहीबार साँझ आफ्नो कामका बारेमा मार्कले भने । आइसफल छलेर ढुङ्गा र चट्टानको बाटो हुँदै क्याम्प एकमा पुगिनेछ । त्यसका लागि ३०० मिटर ओरालो झर्नुपर्नेछ । आधार शिविर र क्याम्प एकबीचको सबैभन्दा जोखिमपूर्ण क्षेत्र छलेर नयाँ बाटो बनाउन लागिएको मार्कको भनाइ छ ।

खुम्बु हिमनदी र खुम्बु आइसफल सगरमाथा आरोहणको सबैभन्दा जोखिमपूर्ण क्षेत्रका रुपमा चिनिन्छ  । नयाँ बाटो पत्ता लगाउने अभियानमा आफूहरू सफलता नजिक पुगेको र त्यसले व्यावसायिक आरोहण दललाई सबैभन्दा बढी फाइदा पुग्नेछ । विश्वव्यापी तापमानमा भएको वृद्धि एवम् जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा पर्दा त्यसको असर सगरमाथा क्षेत्रमा पनि परेको छ । सन् २०१४ मा हिमपहिराका कारण खुम्बु आइसफलमा नै १४ नेपाली शेर्पाको ज्यान गएको थियो ।

सोही आइसफलका कारण सगरमाथाको आरोहण नेपालबाट तिब्बततर्फ गएको अनुमान पनि भइरहेको छ । तुलनात्मक रुपमा तिब्बतबाट सगरमाथा आरोहण गर्नु सहज मानिन्छ । तर रोमाञ्चकताका आधारमा भने नेपालतर्फको बाटो नै महत्वपूर्ण छ ।  नेपाल सरकारले गरेको अध्ययनबाट सगरमाथाको नयाँ उचाइ ८,८४८ दशमलब ८६ मिटर कायम भएको छ । “उमेरले ७० वर्ष पुगे पनि मेरो जोस उस्तै युवा छ । नेपालप्रति मेरो असाध्यै श्रद्धा छ । सोही कारण हामीले यसमा काम गरिरहेका छौँ”, मार्कले भने, “अघिल्लो वर्ष नै हाम्रो समूहले नयाँ र सुरक्षित मार्ग पहिचान गरेको हो । यस पटक हाम्रो आरोहण दल सोही बाटो भएर शिखरमा पुग्ने योजना छ ।”

मार्कका ४२ वर्षीय छोरासहितको चार सदस्यीय आरोहण दल नयाँ बाटोबाट आरोहण गर्ने योजना बनेको छ । सात दशकपहिले एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले हिँडेको बाटो हालसम्म परिवर्तन भएको छैन । जानकारहरुका अनुसार खुम्बु आइसफल क्षेत्रमा मात्रै आरोही र शेर्पासहित ४० बढीको ज्यान गइसकेको छ । त्यसले संसारभरमा आरोहीलाई त्रसित बनाएको छ । उनीहरुको मनमा एउटा जिज्ञासा छ – के फरक र नयाँ बाटो खोज्न सकिँदैन रु सोही जिज्ञासाको समाधान गर्ने उद्देश्यका साथ आफूहरुले काम गरेको मार्कको भनाइ छ ।

मार्कसँगै नयाँ बाटोको खोज्न  लागिपरेका शेर्पाले अघिल्लो वर्ष नै पाँच हजार ५०० मिटर बराबरको उचाइसम्म नयाँ वैकल्पिक मार्ग पहिचान गरेको जानकारी दिए । बाह्र पटक सगरमाथाको शिखरमा पुग्नुभएका शेर्पाले नयाँ बाटो हेलिकोप्टरबाट पनि हेरेको जानकारी दिए । “वैकल्पिक मार्ग विद्यमान मार्गभन्दा सुरक्षित छ भन्ने हाम्रो दाबी छ”, उनले भने ।  
 
विद्यमान बाटो सगरमाथा आधार शिविर हुँदैछ हजार ६५ मिटर उचाइमा रहेको पहिलो शिविर पुग्ने गरेका छन् । यसमा खोँच र हिमनदीको किनारै किनार हिँड्नुपर्छ । कुन बेला हिमपहिरो आउँछ भन्ने कुनै ठेगान हुँदैन । सोही कारण आरोही उज्यालो नहुँदै यात्रा गर्ने गरेका छन् । नयाँ वैकल्पिक मार्ग तय भएपछि त्यो जोखिम हट्नेछ । पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समितिका संयोजक राजाराम गिरीका अनुसार कोरोना कहरका कारण समस्यामा परेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा ल्याउन सगरमाथाको नयाँ बाटोले पनि काम  गर्नेछ । सगरमाथा आरोहण गरौँ भनेर आउने आरोहीलाई यसले नयाँ आत्मविश्वास पैदा गर्ने उनको भनाइ छ । सो बाटोलाई नेपाल सरकारले मान्यता दिनुपर्नेछ ।

मार्कलगायतको समूहले पहिचान गरेको बाटो कम जोखिमपूर्ण भएको निश्चित भएपछि व्यावसायिक रुपमा आरोहणका लागि अनुमति दिइने उहाँको भनाइ छ । सन् २०१९ को वसन्त ऋतुमा एक हजार २४ जनाले आरोहणको अनुमति लिएको भए पनि ६४४ जनाले शिखर चुमेका थिए । त्यसपछि कोरोनाका कारण आरोहण पूर्णतया बन्द हुन पुग्यो । यस पटक हालसम्म १७६ जनाले आरोहणको अनुमति लिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले जनाएको छ ।

हिमाल आरोहणका लागि अनुमतिपत्र जारी गर्ने पर्यटन विभागका अनुसार बुधबार सम्म ८८४८।८६ मिटर उचाइको विश्वकै सर्वोच्च शिखर आरोहणका लागि १७६ जनाले अनुमति लिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: