काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्नुका साथै विभिन्न निकायमा विभिन्न व्यक्तित्वलाई नियुक्ति गरेको छ ।
मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएको हो । मन्त्री कार्कीका अनुसार हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्ति गरिएको छ । बैठकले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको अध्यक्षमा प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहाल र सदस्यमा केशवराज आचार्यलाई नियुक्ति तथा मनोनयन गर्ने निर्णय गरेको छ ।
यस्तै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्य पदमा रञ्जनकृष्ण अर्याल (काठमाडौं) र प्रा भगवानदास मानन्धर ९काठमाडौँ० लाई मनोनयन गरिएको छ भने नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा सुनिल पौडेललाई नियुक्त गरिएको छ ।
यसैगरी सरकारले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासका न्यायाधीश वासुदेव आचार्य, काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल र राजस्व न्यायाधीकरण पोखराको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद राजभण्डारीलाई तोक्ने निर्णय गरेको छ ।
त्यस्तै वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश डा रवि शर्मा अर्याल, भूकम्पबाट प्रभावित संरचनाको पुन:निर्माणसम्बन्धी ऐन, २०७२ को दफा २६ को उपदफा (२) बमोजिमको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश बालेन्द्र रुपाखेती र सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १४:१०
तनहुँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छन् । जामुनेबाट पोखरासम्म पर्...
मंसिर २९ गते, २०८२ - १४:०१
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियाबारे चासो व्यक्त गरेका छन...
मंसिर २९ गते, २०८२ - १३:५२
काठमाडौँ । नेकपा एमालेको बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिउँसो ३ बजेदेखि ...
मंसिर २९ गते, २०८२ - १३:१३
काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भ...
मंसिर २९ गते, २०८२ - १३:०५
लमजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आंकाक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । ...
मंसिर २९ गते, २०८२ - १२:१८
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ । बन्दसत्...
मंसिर २९ गते, २०८२ - ११:५२
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलक...
मंसिर २९ गते, २०८२ - ११:४५
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्य...
मंसिर २९ गते, २०८२ - ११:३२
पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...
मंसिर २९ गते, २०८२ - ११:१३
काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...




प्रतिकृया लेख्नुहोस्: