Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

म्याग्दीमा निर्वाचन गतिविधि बढ्यो

खबरडबली संवाददाता

बेनी । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका राजनीतिक दल उम्मेदवारको टुङ्गो लगाउन व्यस्त छन् । ६ स्थानीय तह रहेको जिल्लामा निर्वाचनमा भाग लिन राष्ट्रिय मान्यता प्राप्त ६ तथा मान्यता नपाएका १४ राजनीतिक दल दर्ता भएका छन् । 

राजनीतिक दलसँगै केही स्वतन्त्र उम्मेदवारले समेत आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । राजनीतिक दलले वडासमितिमार्फत वडा र पालिका समितिमार्फत पालिकामा उम्मेदवार छनोट गर्न थालेका छन् । जिल्लामा अहिलेसम्म औपचारिक रुपमा पालिकाको प्रमुख र उपप्रमुख पदमा दलहरुले उम्मेदवारको टुङ्गो नलगाए पनि वडामा धमाधम उम्मेदवार छान्न थालेका छन् । 

नेपाली कांग्रेसले १७, नेकपा ९माओवादी केन्द्र०ले १४ र नेकपा ९एमाले०ले १८ वडामा वडा समितिमार्फत सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार छनोट गरेका छन् । केन्द्रीय सत्ता गठबन्धनमा रहेका पाँच दलबीच चुनावी गठबन्धनको घोषणा गरिए पनि भागबन्डाबारे सहमति भइसकेको छैन् । 

वडामा उम्मेदवार छनोटको क्रम बढेको छ । उम्मेदरवार बन्न यसअघिको निर्वाचनमा भन्दा बढी इच्छुक देखिएका छन् । विसं २०७४ को निर्वाचनमा स्थानीय तहको वडा सदस्य, वडाध्यक्ष र स्थानीय तहको प्रमुख–उपप्रमुखमा विजयी भएका अधिकांशबीच नै पुन: उम्मेदवार बन्ने होडबाजी चलेको छ । छनोट भएका वडाका उम्मेदवार अधिकांश दोहोरिएका छन् । 

माओवादी केन्द्रले यसअघि वडाध्यक्षमा निर्वाचित दुईजनालाई पुन:निरन्तरता दिन टुङ्गो लगाएको छ ।  हाल वडाध्यक्ष रहनुभएका बेनी नगरपालिका–३ मा पद्मा पुन र अन्नपूर्ण गाउँपालिका–२ मा ओमप्रसाद फगामीलाई पुन : अध्यक्ष पदको उम्मेद्वार बनाएको छ । लोकप्रिय काम गरेकालाई पुन : उम्मेदवार बनाउन लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले बताए । रघुगङ्गा–२ मा माओवादीबाट वडाध्यक्षमा निर्वाचित हुनुभएका रिम कटुवाल गाउँपालिका अध्यक्षको प्रत्यासी छन् । 

एमालेले वडा कमिटीमार्फत उम्मेदवारको टुङ्गो लगाउन थालेको छ । वडा कमिटी बैठकबाट सर्वसम्मत भए एक जना र सहमति हुननसके बढीमा तीन आकांक्षीको नाम पालिका कमिटी हुँदै जिल्ला कमिटीलाई सिफारिस गर्न निर्देशन दिइएको एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । वडामा यसअघि विजयी भएका जनप्रतिनिधि धेरैजसो पुन:उम्मेद्वार बन्न इच्छुक छन् । बेनी नगरपालिका–६ मा एमालेबाट निर्वाचित वडाध्यक्ष कृष्णसिंह बानियाँ पुन: उम्मेदवार सर्वसम्मत भएका छन्। एमालेबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधि पुन: गाउँपालिकाको नेतृत्वका लागि इच्छुक देखिएका छन् ।

मङ्गला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र उपाध्यक्ष सिर्जना केसीले पुन: सोही पदमा दोहोर्‍याउने गरी उम्मेदवार बन्न पार्टीमा छलफल चलाएका छन् । यस अघि मालिका गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित खरमाया बिटालु यसपटक गाउँपालिका अध्यक्षमै उम्मेदवार बन्ने दौडधुपमा छन् । धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालसमेत पार्टीबाट पुन:उम्मेदवार बन्न इच्छुक छन् ।  

कांग्रेसबाट निर्वाचित जनप्रतिनि पनि पुन: उम्मेदवार बन्ने प्रतिस्पर्धामा छन् । वडा समितिबाट सर्वसम्मत रुपमा उम्मेदवार टुङ्गो लगाएकामध्ये रघुगङ्गा गाउँपालिका–१ बेगमा बिलप्रसाद फगामी, ५ झिँ मा मनबहादुर शेरमञ्जा र वडा नम्बर ८ कुइनेमङ्गलेमा गमान छन्त्याल पुन: वडा अध्यक्षको उम्मेदवार बन्ने निश्चित छ । तीनै जना २०७४ को निर्वाचनमा वडाअध्यक्षमा चुनिएका थिए। 

बेनीनगरपालिका–८ बाट वडाध्यक्षको उम्मेदवारमा यसअघि वडासदस्य रहनुभएका हिमबहादुर भण्डारीलाई कांग्रेसले सर्वसम्मत छनोट गरेको छ । मालिका गाउँपालिका–१ निस्कोटमा वर्तमान वडाध्यक्ष टङ्कप्रसाद पुनलाई नै पुन: उम्मेदवार छनोट गरिएको छ ।

रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी समेत पुन: कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने होडमा छन् । कांग्रेसबाट वडा नं ३ का वडाध्यक्ष जीवनकुमार मल्ल र वडा नं ६ का वडाअध्यक्ष एवं कांग्रेस पालिका समितिका मनकुमार शेरपुञ्जा पनि अध्यक्षको प्रत्यासी छन् । 

अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष कृष्णप्रसाद बरुवाल गाउँपालिका अध्यक्षमा उम्मेदरवार बन्न दौडधुपमा छन् । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका पुन : गाउँपालिका अध्यक्षमा उठ्ने कसरतमा छन् । पार्टीले वडामा सर्वसम्मत रुपमा उम्मेदवार छनोट गर्न नसकेको खण्डमा पालिका समितिहुँदै जिल्ला कार्यसमितिमा आकांक्षीको नाम सिफारिस गर्न निर्देशन दिएबमोजिम उम्मेदवार छनोट भइरहेको कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए ।

जिल्लामा मङ्गोल नेशनल अर्गनाइजेशनले पालिका उम्मेदवार छान्न सुरु गरेको छ । रघुगङ्गा–२ का सागर भण्डारी र अनुरोध रिजालले स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा ८५ हजार ३७५ मतदाता छन् । मतदानका लागि ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending