Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

म्याग्दीमा निर्वाचन गतिविधि बढ्यो

खबरडबली संवाददाता

बेनी । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका राजनीतिक दल उम्मेदवारको टुङ्गो लगाउन व्यस्त छन् । ६ स्थानीय तह रहेको जिल्लामा निर्वाचनमा भाग लिन राष्ट्रिय मान्यता प्राप्त ६ तथा मान्यता नपाएका १४ राजनीतिक दल दर्ता भएका छन् । 

राजनीतिक दलसँगै केही स्वतन्त्र उम्मेदवारले समेत आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । राजनीतिक दलले वडासमितिमार्फत वडा र पालिका समितिमार्फत पालिकामा उम्मेदवार छनोट गर्न थालेका छन् । जिल्लामा अहिलेसम्म औपचारिक रुपमा पालिकाको प्रमुख र उपप्रमुख पदमा दलहरुले उम्मेदवारको टुङ्गो नलगाए पनि वडामा धमाधम उम्मेदवार छान्न थालेका छन् । 

नेपाली कांग्रेसले १७, नेकपा ९माओवादी केन्द्र०ले १४ र नेकपा ९एमाले०ले १८ वडामा वडा समितिमार्फत सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार छनोट गरेका छन् । केन्द्रीय सत्ता गठबन्धनमा रहेका पाँच दलबीच चुनावी गठबन्धनको घोषणा गरिए पनि भागबन्डाबारे सहमति भइसकेको छैन् । 

वडामा उम्मेदवार छनोटको क्रम बढेको छ । उम्मेदरवार बन्न यसअघिको निर्वाचनमा भन्दा बढी इच्छुक देखिएका छन् । विसं २०७४ को निर्वाचनमा स्थानीय तहको वडा सदस्य, वडाध्यक्ष र स्थानीय तहको प्रमुख–उपप्रमुखमा विजयी भएका अधिकांशबीच नै पुन: उम्मेदवार बन्ने होडबाजी चलेको छ । छनोट भएका वडाका उम्मेदवार अधिकांश दोहोरिएका छन् । 

माओवादी केन्द्रले यसअघि वडाध्यक्षमा निर्वाचित दुईजनालाई पुन:निरन्तरता दिन टुङ्गो लगाएको छ ।  हाल वडाध्यक्ष रहनुभएका बेनी नगरपालिका–३ मा पद्मा पुन र अन्नपूर्ण गाउँपालिका–२ मा ओमप्रसाद फगामीलाई पुन : अध्यक्ष पदको उम्मेद्वार बनाएको छ । लोकप्रिय काम गरेकालाई पुन : उम्मेदवार बनाउन लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले बताए । रघुगङ्गा–२ मा माओवादीबाट वडाध्यक्षमा निर्वाचित हुनुभएका रिम कटुवाल गाउँपालिका अध्यक्षको प्रत्यासी छन् । 

एमालेले वडा कमिटीमार्फत उम्मेदवारको टुङ्गो लगाउन थालेको छ । वडा कमिटी बैठकबाट सर्वसम्मत भए एक जना र सहमति हुननसके बढीमा तीन आकांक्षीको नाम पालिका कमिटी हुँदै जिल्ला कमिटीलाई सिफारिस गर्न निर्देशन दिइएको एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । वडामा यसअघि विजयी भएका जनप्रतिनिधि धेरैजसो पुन:उम्मेद्वार बन्न इच्छुक छन् । बेनी नगरपालिका–६ मा एमालेबाट निर्वाचित वडाध्यक्ष कृष्णसिंह बानियाँ पुन: उम्मेदवार सर्वसम्मत भएका छन्। एमालेबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधि पुन: गाउँपालिकाको नेतृत्वका लागि इच्छुक देखिएका छन् ।

मङ्गला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र उपाध्यक्ष सिर्जना केसीले पुन: सोही पदमा दोहोर्‍याउने गरी उम्मेदवार बन्न पार्टीमा छलफल चलाएका छन् । यस अघि मालिका गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित खरमाया बिटालु यसपटक गाउँपालिका अध्यक्षमै उम्मेदवार बन्ने दौडधुपमा छन् । धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालसमेत पार्टीबाट पुन:उम्मेदवार बन्न इच्छुक छन् ।  

कांग्रेसबाट निर्वाचित जनप्रतिनि पनि पुन: उम्मेदवार बन्ने प्रतिस्पर्धामा छन् । वडा समितिबाट सर्वसम्मत रुपमा उम्मेदवार टुङ्गो लगाएकामध्ये रघुगङ्गा गाउँपालिका–१ बेगमा बिलप्रसाद फगामी, ५ झिँ मा मनबहादुर शेरमञ्जा र वडा नम्बर ८ कुइनेमङ्गलेमा गमान छन्त्याल पुन: वडा अध्यक्षको उम्मेदवार बन्ने निश्चित छ । तीनै जना २०७४ को निर्वाचनमा वडाअध्यक्षमा चुनिएका थिए। 

बेनीनगरपालिका–८ बाट वडाध्यक्षको उम्मेदवारमा यसअघि वडासदस्य रहनुभएका हिमबहादुर भण्डारीलाई कांग्रेसले सर्वसम्मत छनोट गरेको छ । मालिका गाउँपालिका–१ निस्कोटमा वर्तमान वडाध्यक्ष टङ्कप्रसाद पुनलाई नै पुन: उम्मेदवार छनोट गरिएको छ ।

रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी समेत पुन: कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने होडमा छन् । कांग्रेसबाट वडा नं ३ का वडाध्यक्ष जीवनकुमार मल्ल र वडा नं ६ का वडाअध्यक्ष एवं कांग्रेस पालिका समितिका मनकुमार शेरपुञ्जा पनि अध्यक्षको प्रत्यासी छन् । 

अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष कृष्णप्रसाद बरुवाल गाउँपालिका अध्यक्षमा उम्मेदरवार बन्न दौडधुपमा छन् । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका पुन : गाउँपालिका अध्यक्षमा उठ्ने कसरतमा छन् । पार्टीले वडामा सर्वसम्मत रुपमा उम्मेदवार छनोट गर्न नसकेको खण्डमा पालिका समितिहुँदै जिल्ला कार्यसमितिमा आकांक्षीको नाम सिफारिस गर्न निर्देशन दिएबमोजिम उम्मेदवार छनोट भइरहेको कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए ।

जिल्लामा मङ्गोल नेशनल अर्गनाइजेशनले पालिका उम्मेदवार छान्न सुरु गरेको छ । रघुगङ्गा–२ का सागर भण्डारी र अनुरोध रिजालले स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा ८५ हजार ३७५ मतदाता छन् । मतदानका लागि ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: