काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थतन्त्र संकटतिर पुगेको आरोप लगाउँदै गर्दा अर्थ मन्त्रालयले त्यसको अस्वीकार गरेको छ। कोरोना महामारीले अर्थतन्त्रमा केही समस्या देखिएको भएपनि अवस्था सामान्य भएको अर्थ मन्त्रायका प्रवक्ता डुन्डीप्रसाद निरौलाले बताए।
महामारीपछि आयात बढ्दा दबाब मात्रै परेको भन्दै समाधानका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ।
उनले भने, ‘अर्थतन्त्र संकटको डिलमा पुगेको छ भन्नेमा म सहमत छैन, अर्थतन्त्रमा दबाब सिर्जना भएको हो। यसलाई व्यवस्थापन गर्न हाम्रा सम्बन्धित निकायहरू आआफ्ना ठाउँबाट जिम्मेवारी भएर लागिराख्नुभएको छ।
उनले एमालेले आफू सरकारबाट बाहिरिएको झोंक फेर्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाएको मौका छोपेर हल्ला गरेको आरोप लगाए।
‘गभर्नर खाली राखेको त छैन नि कायममुकायम तोकेकै छ नि, उहाँले काम गरिहाल्नुहुन्छ नि उनले भने, ‘निलम्बित गभर्नरको विषयमा अनुसन्धान गर्न समिति गठन भएको छ त्यसले प्रतिवेदन देला अनि के गर्ने भन्ने निर्णय होला।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तीनजना पूर्वअर्थमन्त्रीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर देशको आर्थिक अवस्था जोखिम उन्मुख रहेको बताएका थिए। त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले त नेपाल श्रीलंकाको बाटोमा हिँडिरहेको बताएका थिए।
अहिले युक्रेन रुस युद्धलगायत कारणले डलर र तेलको मूल्य बढेको, कोरोना महामारी सकिएसँगै आयात र व्यापार घाटा बढ्दा आयातमा आधारित अर्थतन्त्र संकटको डिलमा पुगेको अर्थविदहरूले बताइरहँदा मुलुकको सम्पूर्ण अर्थ व्यवस्थाको नेतृत्व गरिरहेको अर्थ मन्त्रालय भने त्यो स्विकार्न तयार छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: