काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थतन्त्र संकटतिर पुगेको आरोप लगाउँदै गर्दा अर्थ मन्त्रालयले त्यसको अस्वीकार गरेको छ। कोरोना महामारीले अर्थतन्त्रमा केही समस्या देखिएको भएपनि अवस्था सामान्य भएको अर्थ मन्त्रायका प्रवक्ता डुन्डीप्रसाद निरौलाले बताए।
महामारीपछि आयात बढ्दा दबाब मात्रै परेको भन्दै समाधानका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ।
उनले भने, ‘अर्थतन्त्र संकटको डिलमा पुगेको छ भन्नेमा म सहमत छैन, अर्थतन्त्रमा दबाब सिर्जना भएको हो। यसलाई व्यवस्थापन गर्न हाम्रा सम्बन्धित निकायहरू आआफ्ना ठाउँबाट जिम्मेवारी भएर लागिराख्नुभएको छ।
उनले एमालेले आफू सरकारबाट बाहिरिएको झोंक फेर्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाएको मौका छोपेर हल्ला गरेको आरोप लगाए।
‘गभर्नर खाली राखेको त छैन नि कायममुकायम तोकेकै छ नि, उहाँले काम गरिहाल्नुहुन्छ नि उनले भने, ‘निलम्बित गभर्नरको विषयमा अनुसन्धान गर्न समिति गठन भएको छ त्यसले प्रतिवेदन देला अनि के गर्ने भन्ने निर्णय होला।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तीनजना पूर्वअर्थमन्त्रीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर देशको आर्थिक अवस्था जोखिम उन्मुख रहेको बताएका थिए। त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले त नेपाल श्रीलंकाको बाटोमा हिँडिरहेको बताएका थिए।
अहिले युक्रेन रुस युद्धलगायत कारणले डलर र तेलको मूल्य बढेको, कोरोना महामारी सकिएसँगै आयात र व्यापार घाटा बढ्दा आयातमा आधारित अर्थतन्त्र संकटको डिलमा पुगेको अर्थविदहरूले बताइरहँदा मुलुकको सम्पूर्ण अर्थ व्यवस्थाको नेतृत्व गरिरहेको अर्थ मन्त्रालय भने त्यो स्विकार्न तयार छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: