इलामको माई नगरपालिका–१ सन्दुवा निवासी ३६ वर्षीय तीर्थ गिरीलाई लुटपाट गरेको आरोपमा मेचीनगरका दुई युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो मेचीनगर–६ पिङ्की ठ्याकस्थित सडकमा दुई जनाले गिरीलाई रोकेर आफूहरू सादा पोसाकका प्रहरी भएको परिचय दिएका थिए। त्यसपछि उनीहरूले गिरीसँग रहेको मोबाइल फोन, नगद ६ सय रुपैयाँ, नागरिकता, स्वास्थ्य बिमाका कागजात तथा सुनको फुली जबरजस्ती लिएर फरार भएका थिए।
घटनापछि पीडितले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएसँगै प्रहरी टोली परिचालन गरिएको थियो। हुलियाका आधारमा खोजी गर्दै जाँदा प्रहरीले मेचीनगर–६ भानुटोलस्थित ३३ वर्षीय प्रलाद कार्कीको डेरा कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा कोठाबाट खैरो हिरोइनजस्तो देखिने १ ग्राम ९१० मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। त्यहीँबाट पीडितको नागरिकता र लुटिएको सुनको फुलीसमेत फेला परेको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रलाद कार्की र मेचीनगर–७ कञ्चनजङ्घा टोलका २२ वर्षीय विशाल बास्कोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवै जनाविरुद्ध डाँका तथा लागुऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत झापाबाट म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: