Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भरतपुर महानगरको प्रमुखमा कांग्रेसबाट २५ जना आकांक्षी

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट दुई दर्जन बढी आकांक्षी देखिएका छन् । प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाले महानगर नगर समितिमा नाम दर्ता गराएका छन् । 

महानगर प्रमुखका लागि केन्द्रीय सदस्य, पूर्वसांसद, बहालवाला जनप्रतिनिधि, पार्टीको जिल्ला तथा नगरको चुनावमा पराजित उम्मेदवारदेखि विजयी नेता आकांक्षी देखिएका छन् । कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरुङ, प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठ, उपप्रमुख पार्वती शाह ठकुरी, पूर्व जिल्ला सचिव उत्तम जोशी, निवर्तमान कोषाध्यक्ष शङ्कर कँडेल, प्रदेश कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, महानगर सभापति चित्रसेन अधिकारी र निर्वतमान महानगर सभापति भरत अधिकारी आकांक्षी छन् ।

यस्तै पूर्व सांसद जगन्नाथ पौडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, नीलकण्ठ रिजाल, गौरीकुमारी श्रेष्ठ, मीना कुमारी खरेल, सुवोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, प्रा डा केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा सूर्यकान्त घिमिरे, हीरामणि अधिकारी र घनश्याम दवाडी समेत महानगर प्रमुखको आकांक्षी छन् ।

यस्तै, उपप्रमुख पदका लागि २४ जना आकांक्षी छन् । टङ्कनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्णबहादुर गुरुङ, राजीव न्यौपाने, वीरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल र रवी भद्र शर्मा खनाल आकांक्षी छन् ।

यस्तै सो पदका लागि अन्य आकांक्षीमा  निर्मलराज पौडेल, सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरुङ, विनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र बिदुर केसी छन् । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले क्षेत्रबाट सिफारिस भई आएका नामलाई पार्टीको विधान अनुसार केन्द्रमा पठाइने बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending