काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताको भावना तथा चाहनाअनुसार पार्टीले राजसंस्थाको विचार त्यागेको बताएका छन् । आज आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले राजनीतिक दलले समयसापेक्ष आफ्नो दर्शन, मान्यता र विचारका साथै योजना परिवर्तन गर्ने र सोहीअनुसार आफ्नो पार्टीले पनि राजसंस्था त्यागेको बताए ।
राष्ट्र निर्माणमा वैकल्पिक विचार र पार्टी बनाउने उद्देश्यले आफूहरू सङ्गठित भएको बताउँदै उनले भने, “फरक विचार कसैका विरुद्ध होइन, प्रजातन्त्रको विशेषता र सौन्दर्य भनेको वैचारिक विविधता हो ।” मुलुकमा अहिलेको निर्वाचन प्रणाली महँगो भएकाले राजनीतिक क्षेत्रमा अनेक विकृति आएको तर्क गर्दै अध्यक्ष थापाले प्रत्यक्ष निर्वाचनबाट कार्यकारी प्रधानमन्त्री र दलहरू पूर्ण समानुपातिक प्रणालीबाट आउन सक्ने व्यवस्थाको खाँचो औँल्याए ।
देश विकासका लागि राजनीतिक स्थिरता आवश्यक भएको बताउँदै उनले खुला बजारसहितको उदारवादी अर्थ व्यवस्था र सम्वद्र्धनवाद राप्रपा नेपालको महत्वपूर्ण वैचारिक आधार भएको स्पष्ट पारे । ‘वर्तमानका चुनौती र विकल्प’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले पारदर्शी र सुशासनसहितको प्रशासनको महत्वबारे प्रकाश पारेका थिए। उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिबाट मुलुकमा देखिएको अर्थ व्यवस्थाका सङ्कटका साथै राजनीतिक स्थिरताबारे सुझाव सङ्कलन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: