कैलाली । कैलालीको भजनी नगरपालिका–६ का लालबहादुर चौधरी यतिबेला मङ्सिरमा लगाएको गहुँ भित्र्याउने चटारोमा छन्। स्थानीय तहको निर्वाचनका लागि नेताहरू गाउँमा आउन थाले पनि लालबहादुरलाई कुनै पनि पार्टीका नेतालाई भेट्ने फुर्सद छैन । राजनीतिक दलका नेताहरू चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानसँग पार्टीका नेताको भेट हुन सकेको छैन । त्यसैले पनि होला यतिबेला राजनीतिक दलका चुनावमुखी प्रचारप्रसार पनि कम भएको देख्न सकिन्छ ।
लालबहादुर मात्रै नभई उनका सबै परिवार गहुँ भित्र्याउन व्यस्तमात्रै छैनन् अर्कोतिर चैतेधान रोप्ने कामले पनि फुर्सद छैन । “कामको निकै चटारो छ, गहुँ भित्र्याउने चटारो एकातिर छ भने चैतेधान रोप्ने चटारो अर्कोतिर”, लालबहादुरले भने, “मौसम राम्रो छ, यहीँ मौका छोपेर खेतमा लगाएको गहुँ भित्र्याउन सकेपछि मात्रै अरु कुराका बारेमा सोच्न सकिने छ ।”
उनले धानबाली बाढीका कारण सबै तहसनहस भएको बताउँदै गहुँ बेचेर धान रोप्दा लागेको खर्च तिर्नुपर्ने बाध्यता भएको सुनाए। भजनी–३ का दलबहादुर साउद गहुँखेती भित्र्याएर अहिले चैतेधान रोप्नमा व्यस्त छन् । वर्षात्को समयमा बढी डुबान हुने क्षेत्रको जग्गा भएका कारण उहाँले वर्षात्मा धान रोप्न पाएनन् । मङ्सिरमा लगाएको गहुँ भित्र्याएर चैतमा रोपेको धान जेठको अन्तिममा भित्र्याउने गरी धान रोपाइँ भइरहेको दलबहादुर बताउछन् ।
“काम नगरेर साँझ बिहानको गुजारा कसरी गर्ने रु वर्षात्मा खेतमा कुनै खेती हुँदैन, त्यहीँ भएर पनि यो अहिलेको समय हाम्रा लागि निकै महत्वपूर्ण छ”, दलबहादुरले भने, “हामीलाई चुनावको भन्दा बढी चिन्ता गहुँबाली भित्र्याउने र धान रोप्नेको छ, समय भयो भने भोट हाल्न जानुपर्ला होइन भने कामभन्दा ठूलो हाम्रा लागि चुनाव होइन ।” उनले यसभन्दा पहिले पनि भोट माग्न आएकालाई भोट दिए पनि नेताहरूबाट पाएको आश्वासन पूरा नभएको गुनासो गरे।
कैलालीकै टीकापुर नगरपालिका–७ का लालवीर चौधरीले प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै गहुँ काट्ने काममा किसान लागेको बताएका छन् । “नेताहरू चुनावी प्रचारका क्रममा टोल कमिटी गठनदेखि आफ्नो पक्षमा माहोल बनाउन आउँछन्, अब यो समयमा हामीलाई पनि चुनावी प्रचारका लागि आग्रहसमेत गर्छन्”, चौधरीले भने, “हामी भने बिहानदेखि साँझ अबेरसम्मै खेतमा काम गरिरहेका छौँ, वर्षभरि खाने अन्न भित्र्याउनुभन्दा ठूलो पार्टीको चुनावी प्रचारप्रसार हाम्रा लागि हुन सक्दैन ।”
टीकापुर–४ का रामभजन चौधरी पनि गहुँ भित्र्याउन दिनरात नभनी खेतमा सक्रिय रहेको बताउछन् । उनले एक बिघा क्षेत्रफलमा गहुँखेती गरेका छन्। “एक बिघा जति अधियाँमा गहुँ पनि लगाएको छु, त्यहीँ गहुँ भित्र्याउन अहिले भ्याइनभ्याइ छ”, उनले भने, “सबै परिवार नै अहिले गहुँ काट्नमा व्यस्त छौँ, निर्वाचनमा नेताले किसानलाई आश्वासनमात्रै दिन्छन्, हाम्रा दु:ख कसैले देख्ने होइन, खेतीका बेला सिँचाइका लागि पानी हुँदैन, भोट माग्दा आउँदा कुरा ठूला गर्छन् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...
चैत्र २ गते, २०८२ - १६:४३
ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...


प्रतिकृया लेख्नुहोस्: