Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

आन्दोलनमा योगदान दिनेलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान प्रदान

खबरडबली संवाददाता

काठमाडौं । वरिष्ठ साहित्यकार वैरागी काईँलाले विभिन्न तीन स्रष्टालाई लोकतान्त्रिक जनआन्दोलनमा निर्वाह गरेको भूमिकाको स्मरणसहित आज ‘स्रष्टा चैत्र ३०’ सम्मान प्रदान गरिएको छ ।

आन्दोलनमा साहित्य क्षेत्रको योगदानलाई स्मरण गर्न १७ जना युवा साहित्यकारको पहलमा विसं २०६३ मा स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्थाले आयोजना गरेको कार्यक्रममा यसवर्षको सम्मान साहित्यकारहरू वासुदेव अधिकारी र विवश पोखरेललाई तथा वर्ष २०७७ को सम्मान शार्दूल भट्टराईलाई प्रदान गरिएको हो । गत वर्ष घोषितमध्ये अर्का सम्मानित कृष्ण धरावासी मुलुक बाहिर भएकाले उनलाई पछि सम्मान गरिने जनाइएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काईँलाले परिवर्तनका लागि धक्का दिन स्रष्टाहरू समर्थ रहे पनि परिवर्तनपछि स्रष्टाहरूको हविगत उस्तै रहेकामा चिन्ता व्यक्त गरे। उनले राजनीतिक परिवर्तन भए पनि समाजको आन्तरिक संरचनाका पक्षमा परिवर्तन ल्याउन नसकिएको उल्लेख गर्दै जनताका अधिकारमाथि कतैबाट आक्रमण भएमा स्रष्टाहरू प्रतिकारमा उत्रनुपर्नेमा जोड दिए।

कार्यक्रममा वरिष्ठ कवि एवं राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले सानासाना ९विपन्न० नागरिकमा समस्यालाई बुझ्न र पहिचान गरेर सृजनमा उतार्न स्रष्टाहरूलाई आग्रह गर्नुभयो भने समालोचक डा ज्ञानु पाण्डेले आन्दोलनको भाव बोकेका स्रष्टाहरूलाई सम्मानित गरिएकामा खुसी व्यक्त गरे। कार्यक्रममा हालै निर्वाचित प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा मधुसुदन गिरी, नेपाली लेखक सङ्घका सहअध्यक्ष डा रत्नमणि नेपाल, प्रलेसका उपाध्यक्षहरू समीर सिंह, नमुना शर्मा, कोषाध्यक्ष बाबा बस्नेत, बागमती प्रदेश अध्यक्ष डा हरिप्रसाद सिलवाल, केन्द्रीय सदस्य वैरागी जेठा, नेपाली लेखक सङ्घका महासचिव सोझो गाउँले ९भरत भण्डारी०, केन्द्रीय सदस्य राधिका गुरागाईँलगायतलाई बधाई तथा शुभकामना दिइएको थियो ।

प्रलेसका अध्यक्ष डा गिरीले प्रलेसको विस्तारित बैठकपछि विस्तृत कार्ययोजनासहित आफूहरू अघि आउने जनाए भने नेपाली लेखक सङ्घका सहअध्यक्ष डा नेपालले साहित्यमा प्रगतिशील र अप्रगतिशीलको विभेद् हटाएर स्वतन्त्रताका लागि साझा मोर्चामा रहनुपर्ने आग्रह गरे।

‘स्रष्टा चैत्र ३०’ का अध्यक्ष मनोज न्यौपानेले नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका लागि स्रष्टाहरूले निरन्तर खबरदारी गर्ने बताए। संस्थाका संस्थापक अध्यक्ष आरएम डङ्गोलले स्रष्टा आन्दोलनको अभिलेख र अबको कार्यदिशाबारे बहस चलाउनुपर्नेमा जोड दिए । लोकतान्त्रिक जनआन्दोलनका क्रममा विसं २०६२ चैत ३० गते गुरुकुल ९आरोहण० बाट स्रष्टाहरूले कफ्र्यु तोडेर निकालेको जुलुस पुरानो वानेश्र चोकपुग्दा तत्कालीन सरकारले दमन गरेको दिनलाई स्रष्टाहरूले स्मरण गर्दै आएको संस्थाका उपाध्यक्ष प्रकाश सिलवालले जनाए ।

यसअघि सो सम्मानबाट वैरागी काइँला, आनन्ददेव भट्ट, डा तुल्सीप्रसाद भट्टराई, निनु चापागाई, किरण मानन्धर, देशभक्त खनाल, डा बेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, डा अमर गिरी, हरिगोविन्द लुईँटेल, श्याम तमोट, नन्दकृष्ण जोशी, उत्तमकृष्ण मजगैँया, किसान प्रेमी, अशेष मल्ल, विमल निभा, राम विनय, विजय बजियम, सुलोचना मानन्धर, मातृका पोखरेल, वियोगी बुढाथोकी, डा दुवसु क्षेत्री, पुरुषोत्तम दाहाल, पुरुषोत्तम सुवेदी सम्मानित भइसक्नुभएकोे छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending