Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पर्यटकीय पूर्वाधारमा लगानी गर्न मन्त्री आलेको आग्रह

खबरडबली संवाददाता

कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निकट भविष्यमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएकाले सुविधा सम्पन्न पर्यटकीय पूर्वाधारमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन्।

होटल सङ्घ पोखराको आयोजनामा आजदेखि फेवाताल किनार लेक–साइडमा सुरु भएको १७औँ संस्करणको फेवा नव वर्ष महोत्सवको उद्घाटन गर्दै उनले निर्माणाधीन अन्तरराष्ट्रिय  विमानस्थल सञ्चालनसँगै पर्यटकको चाप बढ्ने भएकाले नयाँ नयाँ पर्यटकीय गन्तव्य खोजी गर्नुपर्ने बताए।

उनले भने, “क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रारम्भपछि तपाई पर्यटन व्यवसायीहरुले नयाँ नयाँ गन्तव्य खोज्नुपर्ने हुन्छ । भोलिका दिनमा हामी यहाँबाट सिधै अष्ट्रेलिया, जापान र मुम्बई जान्छौँ, त्यहाँका पर्यटक आएपछि हामीले कहाँ राख्ने ? उच्च क्वालिटीका पर्यटकलाई सोही अनुसारका सेवा दिनुपर्दछ । पूर्वाधारका लागि तपाईहरू अगाडि बढ्नुहोस् ।”

मन्त्री आलेले अबको पाँच महिनाभित्रमा विमानस्थल उद्घाटन गरिने जानकारी दिए। “पोखरा क्षेत्रीय विमानस्थल छिटो सुचारु गर्नका लागि हामीले निरन्तर ताकेता गरिरहेका छौँ”, पर्यटनमन्त्री आलेले भने, “हाल ९३ प्रतिशत काम सकिएको छ । अबको पाँच महिनाभित्रमा भव्य उद्घाटन गर्ने तयारीमा हामी छौँ ।”

मन्त्री आलेले विमानस्थलको समस्याका रुपमा रहेको रिठेपानी डाँडा कटान गर्ने काम सुरु गर्न छिटो छरितो रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० बाट निर्णय गराएर काम अघि बढाइने बताउँदै ल्याण्डफिल साइट व्यवस्थापनमा लाग्न स्थानीय सरकारलाई आग्रह गरे ।

पोखरा पर्यटकको आकर्षक गन्तव्य रहेकाले पर्यटन व्यवसायीको मागअनुसार पोखरालाई  पर्यटकीय राजधानी घोषणाको योजनामा  सरकार रहेको मन्त्री आलेले बताए । उनले भने, “यति बेला आगामी वर्षको बजेटको तयारीमा सरकार लागेको छ । पोखरालाई पर्यटन राजधानीको रुपमा नामकरण गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेर पास गर्ने र आउने नीति कार्यक्रममा त्यसलाई ल्याउने गरी काम गर्नेछौँ ।”

होटल सङ्घ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले कोभिडका कारण सुस्ताएको नेपालको पर्यटन जुर्मुराउन थालेको र आन्तरिक पर्यटनले भरथेग गरेको बताए। उनले छिमेकी मुलुक भारत र चीनका पर्यटक ल्याउनका लागि ती देशमा प्रवद्र्धनात्मक कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने बताए। उनले भने, “भारतमा यति बेला चर्को गर्मी बढेको र स्कुल तथा विद्यालयहरू बन्द हुँदा धेरै पर्यटक नेपाल आउन लालायित छन् । चिनियाँहरू पनि बुद्ध पूर्णिमामा नेपाल आउने इच्छा जाहेर गरेर सरकारबाट सहजीकरणको पर्खाइमा छन् । सरकारले यी देशबाट धेरैभन्दा धेरै पर्यटक ल्याउन पहल गर्नुपर्दछ ।” 

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यद्वय दीपक कोइरला, राजीव पहारी, होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईलगायतले पर्यटन प्रवद्र्धनमा महोत्सव फलदायी हुने बताए । कोरोनाबाट शिथिल बनेको पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुन: उत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजना गरिएको हो ।

नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धनको उद्देश्यसहित नेपाली नयाँ वर्षका अवसर पारेर आयोजना गरिएको महोत्सव वैशाख १ गतेसम्म लेक–साइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्मको मुख्य सडकमा सञ्चालन हुने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर। बागमती प्रदेश सभाका विपक्षी दलहरुले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् । जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन...

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश जारी

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदे...

ओली र पोखरेललाई मतदान गर्न लाग्यो ४० मिनेट समय

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अनियमितताको रहस्य बाहिरिँदै, अख्तियारले माग्यो विवरण

पश्चिम  नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending