काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन तथा निर्यात प्रवद्र्धनका लागि औद्योगिक उत्पादन बढाउन सरकारलाई सुझाव दिएको छ ।नेपाल चेम्बर अफ कमर्सले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर मुलुकको व्यावसायिक क्षेत्रको समग्र विकासका लागि निर्यात प्रवद्र्धनलाई बढाउनुपर्ने बताएको हो ।
चेम्बरले कृषि क्षेत्रको प्रवद्र्धनमार्फत आत्मनिर्भर अर्थतन्त्र, औद्योगिक जनशक्तिको उत्पादन, विदेशबाट आर्जन सीपलाई उत्पादनमूलक क्षेत्रमा रुपान्तरणका लागि व्यवस्था, आयातलाई व्यवस्थित गरी निर्यात प्रवद्र्धन गर्नेलगायत सुझाव मन्त्रीलाई दिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए।
उनले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । “सरकारलाई जस्तोसुकै परिस्थितिमा पनि निजी क्षेत्रले सहयोग गर्दै आएको छ, आगामी दिनमा पनि हातेमालो गर्न तयार छ”, उनले भने । अर्थतन्त्रलाई लयमा फर्काउन तथा निर्यात प्रवद्र्धनका लागि औद्योगिक उत्पादन बढाउनुको जरुरी रहेको चेम्बरले जनाएको छ ।
चेम्बरले विदेशमा सिकेको सीपलाई उत्पादनमूलक क्षेत्रमा रुपान्तरण गरी अर्थतन्त्रलाई पुनरुत्थान गर्न सकिने बताएको छ । यस्तै विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी प्रवाह गर्न पिपिपी अवधारणामा सञ्चालन हुने जलविद्युत् तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका लागि बैंङकिङ च्यानलबाट आउने कुल विप्रेषणको १० प्रतिशत रकम विपे्रषण आप्रवाह कोष खडा गरी सो कोषमार्फत उक्त परियोजनाको आइपिओ र एफपिओमा लगानी गर्न सुरक्षण प्रदान गर्नुपर्ने जनाएको छ ।
चेम्बरले पछिल्लो समय व्यापार घाटाको मुख्य कारण बनेको इन्धनको आयात न्यूनीकरणका लागि विद्युतीय उपकरणको प्रयोग अधिकतम बढाउने गरी नीतिगत व्यवस्था हुनुपर्ने बताएको छ ।
भेटका क्रममा मन्त्री बडूले मुलुकको आर्थिक समृद्धि र विकासको साझा लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए। उनले औद्योगिक क्षेत्र भाडामा लिएर पनि प्रयोग नभएको पाइएकाले त्यस्ता क्षेत्रमा उद्योग चलाउने वातावरण बनाउने बताए । मन्त्री बडूले उच्चस्तरीय प्रयोगशाला निर्माण तथा उद्योगमा दक्ष जनशक्ति उत्पादनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने स्पष्ट पारे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: