काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको भावना विपरित गएर संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् । उनले जनताले सङ्घर्ष गरेर स्थापित गरेका परिवर्तनका मुद्दा कार्यान्वयन हुन नदिने अनेकन खालका षड्यन्त्र विगतमा पनि भएको र अहिले पनि त्यस्ता प्रवृत्ति कायम रहेकाले प्रतिवाद गर्नुपर्ने बताए ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाले नुवाकोटका नेता माधव पाण्डेलगायतलाई माओवादी प्रवेश गराउँदै प्रचण्डले यसअघि पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध कडा सङ्घर्ष गर्नु आवश्यक रहेको बताए।
देशको समृद्धि र आर्थिक विकासको नेतृत्वकर्ताका रूपमा माओवादी नै जनताको बीचमा स्थापित भएको उनको भनाइ छ । मधेसी, थारु, आदिवासी, जनजातीलगायत सबै समुदायको पहिचान र अधिकार माओवादीकै कारण स्थापित भएको तथ्य पेश गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा माओवादीलाई मत दिने आधार समेत जनतामा स्पष्ट रहेको बताए।
यस्तै, माओवादीको पूर्व स्थायी समितिका उपलब्ध सदस्य र प्रदेश इन्चार्जको अनौपचारिक बैठकमा समसामयिक राजनीतिक परिस्थिति र स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेलसम्बन्धी विषयमा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले पछिल्ला राजनीतिक विषयमा बैठकलाई जानकारी गराएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
सो अवसरमा गठबन्धनमा सहभागी सबै राजनीतिक दललाई एकताबद्ध बनाएर चुनावमा केन्द्रित गर्न पार्टीको तर्फबाट अधिकतम पहल गर्ने तथा परिणाम देखिने गरी चुनावमा सिङ्गो पार्टी पङ्क्तिलाई केन्द्रित गर्ने विषयमा छलफल भएको थियो ।
स्थानीय तहको चुनाव नजिकिएसँगै देशव्यापी रूपमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर बढेको उल्लेख गर्दै पूर्वस्थायी समिति सदस्य तथा प्रदेश इन्चार्जहरूको बैठकमा माओवादी केन्द्रमा एकीकृत हुने प्रक्रियालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको थियो ।
बैठकमा पार्टी विस्तारका लागि प्रदेशमा पहल बढाउने विषयमा समेत छलफल भएको थियो । पार्टी प्रवेश गर्ने सबैको राजनीतिक पृष्ठभूमि र योगदानको मूल्याङ्कन गरी उचित भूमिका दिने सम्बन्धमा आवश्यक मापदण्ड बनाउने निर्णय भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...
चैत्र २ गते, २०८२ - १६:४३
ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...


प्रतिकृया लेख्नुहोस्: