Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

नयाँ वर्षको पहिलो कारोबार : ओरालो यात्रामा नेप्से परिसूचक

खबरडबली संवाददाता

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ३० अङ्कले ओरालो लागेको छ । नयाँ वर्षको पहिलो कारोबार सकारात्मक हुने अनुमान विपरीत आज नेप्से परिसूचकमा गिरावट देखिएको हो ।  

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.६० अङ्कले ओरालो लागेर दुई हजार ३८५.६४ मा ओर्लिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१२ अङ्कले ओरालो लागेर ४५०.९७ मा ओर्लेको छ ।

नेप्से परिसूचकको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ । कूल २३३ कम्पनीको ३४ लाख सात हजार २७२ कित्ता शेयर रु एक अर्ब ४४ करोड सात लाख २३ हजार १८२ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ८४ अर्ब १२ करोड २८ लाख ६० हजारको हाराहारीमा सीमित भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ८.८९, व्यापार ६.३९, होटल तथा पर्यटन ६३.२४, विकास बैंक ६६, जलविद्युत् ४२.८८, निर्जीवन बीमा १२०.६५, उत्पादन ८८.८, अन्य ३४.०१, लघुवित्त ४४.७४, जीवन बीमा २००.८७, सामूहिक लगानी कोष ०.०४ र लगानी १.५ अङ्कले ओरालो लागे ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु चार करोड ९९ लाख ४७ हजार ३८१ बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर  रु चार करोड ८६ लाख २५ हजार ३०४, ग्लोबल आइएमई बैंकको ऋणपत्र रु चार करोड २५ लाख ३५ हजार, हिमालयन डिस्टिलरी रु चार करोड एक लाख ३९ हजार ७९४ र नबिल बैंक रु तीन करोड ४९ लाख १७ हजार २७५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार नेष्डो समृद्धि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । जाल्पा सामुदायिक लघुवित्त ४.०३, सामुदायिक लघुवित्त ३.९८, उन्नति सहकार्य लघुवित्त ३.३३ र एनआइसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए । नेप्सेका अनुसार आज २४ कम्पनीको शेयर मूल्य मात्रै उकालो लागेको थियो ।

त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्य १० प्रतिशतले घट्दा नकारात्मक सर्किट लाग्यो । इमर्जिङ नेपाल ७.५८, राष्ट्र उत्थान लघुवित्त ६.०७, समालिङ पावर कम्पनी ५.६९ र नयाँ सारथी लघुवित्तका लगानीकर्ताले ५.४१ प्रतिशतले गुमाए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

भृकुटीमण्डपमा व्यंग्यात्मक नारा: ‘केपी ओली के भन्छ, ईश्वर पोखरेल ले भन्छ'

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनमा आज मतदान हुने भएको छ। मतदान नजिकिँदै जाँदा महाधिवेशनस्थलमा चुनावी माहोल थप त...

डेढ महिनादेखि ७ एसएसपी पद रिक्त, दरबन्दी मिलान प्रक्रियाले बढुवा ढिलाइ

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का ७ पद डेढ महिनादेखि रिक्त रहे पनि अझै बढुवा हुन सकेको छैन। गत कात्तिक ९ गते एसएसपी भुपे...

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending