काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले पत्रपत्रिका वर्गीकरणसम्बन्धी मापदण्ड समय सान्दर्भिक र वैज्ञानिक बनाई कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण गराइएको छ ।
सङ्गठनले अन्यायमा परेर पुनःवर्गीकरणको माग राखेर आएका सञ्चारमाध्यमलाई विनापूर्वाग्रह वर्गीकरणमा समावेश गरी राहत दिन र अनलाइनलाई पनि वर्गीकरणमा गर्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको हो ।
सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डलले सञ्चारग्रामस्थित काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई भेट गरी विगत दुई वर्षका पत्रपत्रिका वर्गीकरण पूर्णरुपमा न्यायोचित गर्नुपर्ने र पुनरावलोकनमा परेका निवेदनमाथि सुनुवाइको नतिजा चाँडै सार्वजनिक गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएको हो ।
विभिन्न समयमा भएका लोकतान्त्रिक आन्दोलनमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको, जनतालाई सही सूचना र विचार प्रदान गर्ने माध्यम आमसञ्चार नै भएको उल्लेख गरिएको ध्यनाकर्षणपत्रमा लोकतन्त्रको स्थापनापछि राज्यले लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन दिने नीति बनाउन भनिएको छ ।
अध्यक्ष श्रेष्ठले विगतमा काउन्सिलले गरेको वर्गीकरण पक्षपातपूर्ण भएको गुनासो आइरहेका अवस्थामा वर्गीकरण न्यायपूर्ण हुनुपर्ने आवाज श्रमजीवी पत्रकारले उठाइरहेकाले पनि वर्गीकरणलाई निष्पक्ष तथा थप प्रभावकारी बनाई सञ्चारमाध्यमको संरक्षण गर्नु काउन्सिलको दायित्व भएको बताए । उनले नतिजा प्रकाशनमा ढिलो हुँदा चालु आर्थिक वर्षका लागि वर्गीकरणको फर्म भर्ने निवेदनको सूचना निकाल्न ढिलाई भएकाले सूचना चाँडै निकाल्न काउन्सिलको ध्यानाकर्षण गराए ।
सङ्गठनको गत चैत १२ र १३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको विस्तारित बैठकमा पनि वर्गीकरण पक्षपातपूर्ण भएकाले व्यवस्थित गर्न सुझाव गरिएको थियो ।
उक्त पत्र बुझेपछि काउन्सिलका अध्यक्ष बस्नेतले सङ्गठनले लामो अध्ययन र अनुसन्धान गरी उपलब्ध गराएको सुझावले समग्र सञ्चार जगतको कल्याण हुने बताउँदै वर्गीकरणलाई विवादरहित बनाउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: