काठमाडौं । धेरैपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । सधँै राताम्ये हुने शेयर बजारले हरियो रङ देखाउँदा पनि लगानीकर्ता खुसी हुने वातावरण बनेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको हो । कूल १३.३७ अङ्कले उकालो लागेर नेप्से दुई हजार ३५७.२४ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६१ अङ्कले उकालो लागेर ४४७.७६ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने बढ्न सकेन । कूल २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता शेयर रु एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३२ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार मङ्गलबार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ६.०३, व्यापार ०.८७, होटल तथा पर्यटन ३१.१४, विकास बैंक ३२.८९, जलविद्युत् ११.२४, वित्त ७.८६, निर्जीवन बीमा ६२.४४, उत्पादन २४.६२, अन्य १९.४५, लघुवित्त ३३.१९, जीवन बीमा ९७.६६, सामूहिक लगानी कोष ०.०८ र लगानी ०.४ अङ्कले उकालो लागेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ४३ अर्ब ८३ करोड ५३ लाख ६४ हजार ९९२ बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड ३० लाख ६७ हजार ३८५ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु चार करोड ३५ लाख ९० हजार ५७२, महालक्ष्मी विकास बैंक रु तीन करोड ८३ लाख २१ हजार, अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ५५ लाख ७३ हजार ३६९ र अपि पावर कम्पनी रु तीन करोड ३८ लाख ४४ हजार ४८१ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रहे ।
हरियाली छाएको बजारमा नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेञ्चर लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । मेगा म्युचुअल फण्ड एक ५.४२, शिवश्री हाइड्रोपावर ४.२९ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३.८९ प्रतिशतले कमाए ।
त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ८.८२, कालिका लघुवित्त वित्तीय संस्था ३.६४, प्रुडेन्सियल इन्स्योरेन्स २.९९, एनआइसी एशिया ब्लालेन्स फण्ड २.४१ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले २.३८ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...
पौष ८ गते, २०८२ - १४:२३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक बोलाएका छन्। राष्ट्रपतिले नेपाली कांग्रेस सभापति शेरबहादुर ...
पौष ८ गते, २०८२ - १४:०८
काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छन् । सर...
पौष ८ गते, २०८२ - १३:४७
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बसाउने भएको छ। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ ब...
पौष ८ गते, २०८२ - १३:४२
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली क...




प्रतिकृया लेख्नुहोस्: