काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले आज शिष्टाचार भेटघाट गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा गृहमन्त्री खाणले भौतिक पूर्वाधार क्षेत्रको विकासमा दक्षिण कोरियाले पु¥याएको योगदानका लागि धन्यवाद व्यक्त गरे । उनले उच्च शिक्षा अध्ययन गर्न सानो सङ्ख्यामा भए पनि नेपाली विद्यार्थी कोरिया जाने गरेको र इपीएसको माध्यमबाट रोजगारीका लागि नेपालीलाई कोरिया लगेकोमा दक्षिण कोरिया सरकार, कोरियाली जनता र कोरियाका उद्योगीलाई धन्यवाद दिए ।
पछिल्लो समय नेपालको विविधतायुक्त संस्कृति तथा भूगोलको अवलोकन गर्न कोरियाली पर्यटक नेपाल आउने गरेका छन् । भौतिक विकास र प्रविधि क्षेत्रमा कोरियाले गरेको ठूलो विकासको प्रशंसा गर्दै गृहमन्त्री खाणले कोरियाली गाडी, मेसिन र मोबाइललगायतका कोरियाली प्रविधियुक्त सामान नेपालले आयात गरेर उपभोग गरिरहेको बताए । उनले नेपालमा कोरियाली लगानीमा सञ्चालित विकास योजना निर्वाधरूपमा अघि बढाउने वातावरण सरकारले निर्माण गरिरहेको जानकारी गराए।
भेटमा दक्षिण कोरियाका राजदूत चोङ–सुकले कोभिड–१९ का कारण रोकिएको इपीएस अब सुरु हुने चरणमा रहेको जानकारी गराए। त्यस्तै कोभिडकै कारण कोरियाली पर्यटक पछिल्ला वर्षमा कम भएको र अब पुरानै अवस्थामा पर्यटक आउने सम्भावना बढेको राजदूत चोङ–सुकले बताए। अब वर्षमा करिब ३० हजार कोरियाली पर्यटक नेपाल आउने आकलन राजदूतावासले गरेको उहाँको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ११:४७
काठमाडौं । मनसुनजन्य विपद्को जोखिम बढ्दै गएपछि नेपाली सेनाले बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको प्रभावकारी प्रतिकार्यका लागि तीन चरणको विशेष पूर्...
आषाढ़ १७ गते, २०८३ - ११:२१
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा रु ६०० र चाँदी रु १५ ले घटेको छ । नेपाल सुनचाँदी ...
आषाढ़ १७ गते, २०८३ - ११:०२
गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्...
आषाढ़ १७ गते, २०८३ - १०:५१
भोजपुर । भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बाँसिखोरा–बालाङखा–रानिटार सडक निर्माण आयोजनाको स्थलगत अनुगमनमा खटिएका पूर्वाधार विकास कार्यालय भोजपुरका सब–इन्जि...
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...



प्रतिकृया लेख्नुहोस्: