Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

गठबन्धनको निर्णय नमान्नेलाई कारबाही हुन्छ : गृहमन्त्री खाण

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सरकार गृहमन्त्री बालकृष्ण खाण जनताका अधिकार सशक्त बनाउन स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको बताएका छन्। गृहजिल्ला रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आज आयोजित पत्रकार भेटघाटमा उनले जनताको नजिकको सरकार भएकाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गरे। 

“शान्तपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको समुचित प्रबन्ध गरेको छौँ, आवश्यक परे हवाइगस्ती गर्छौं”, उनले भने । गृहमन्त्री खाणले पहिले स्थानीय तहको निर्वाचन विभिन्न चरण हुने गरे पनि अहिले एकैपटकमा एकैदिन गर्न लागिएकाले सुरक्षा चुनौती हुनसक्ने भएकाले सुरक्षा निकायसँगको समन्वयमा उचित प्रबन्ध गरिएको बताए। 

राजनीतिक नेपाल कम्युनिष्ट पार्टीलगायतका अन्य केही दलले निर्वाचनमा पहिलो पटक भग लिने बताउँदै उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गरे। नेपाली कांग्रेसका नेता खाणले आसन्न निर्वाचनमा गठबन्धन दलको निर्णय नमान्नेलाई कारबाही गरिनेसमेत बताए । निर्वाचनमा गठबन्धन दलबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने छुट कसैलाई नभएको उनको भनाइ छ ।

“अहिले गठबन्धन हुन्छ हुँदैन भन्ने सवाल महत्वपूर्ण होइन, कतिपय ठाउँमा गठबन्धन होला कतिपयमा स्थानमा छुट्टाछुट्टै हुन सक्ला तर केन्द्रले जे निर्णय गर्छ, त्यसको पालना गर्नुपर्छ”, उनले भने । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा सर्वोच्चले गरेको फैसलाबारे पत्रकारले राखेको जिज्ञासाबारे गृहमन्त्री खाणले न्यायालयको निर्णयको सम्मान गर्ने बताए। 

चैत २५ गतेदेखि निलम्वनमा परेका अधिकारीलाई मङ्गलबार  न्यायाधीश हरि फुयाँलको एकल इजलासले मङ्गलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लाहोरमा शिक्षण केन्द्रको छत भत्किँदा १४ बालबालिकाको मृत्यु, ८ घाइते

पाकिस्तान। पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत भत्किँदा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु ...

जर्मन कम्पनी म्यूलबैर र भेरिडोजले नै छाप्ने भए पासपोर्ट

काठमाडौं। केही दिनदेखिको अन्योल अन्त्य गर्दै नेपाल सरकारले जर्मनीका म्यूलबैर र भेरिडोज म्पनीमार्फत नेपाली राहदानी (पासपोर्ट) छपाइ प्रक्रिया अघि बढाउने...

चार सरकारी निकाय सचिवविहीन, प्रधानमन्त्री कार्यालयमा अझै ६ सचिव जगेडामा

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य मंगलबार रातिदेखि अनिवार्य अवकाशमा गएपछि सचिवको दरबन्दी रहेका ...

इन्धनको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा घटाउन व्यवसायीको माग

काठमाडौं । इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि स्वचालित प्रणालीअनुसार तत्काल समायोजन गर्न यातायात व्यवसायीले सरकारसँग माग गरेका छन्। ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदैछ ।  ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदैछ ।  ...

मनसुनजन्य विपद् जोखिम सामना गर्न सेनाको तीन चरणको तयारी, हेलिकप्टरदेखि बेली ब्रिजसम्म स्ट्यान्डबाई

काठमाडौं । मनसुनजन्य विपद्को जोखिम बढ्दै गएपछि नेपाली सेनाले बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको प्रभावकारी प्रतिकार्यका लागि तीन चरणको विशेष पूर्...

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमाा हुँदैछ कारोबार ?

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा रु ६०० र चाँदी रु १५ ले घटेको छ ।  नेपाल सुनचाँदी ...

श्रीमानको विद्युतीय पासोमा श्रीमती परेपछि...

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्...

भोजपुरमा सडक अनुगमनमा खटिएका सब–इन्जिनियरमाथि कुटपिट, ६ जना पक्राउ

भोजपुर । भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बाँसिखोरा–बालाङखा–रानिटार सडक निर्माण आयोजनाको स्थलगत अनुगमनमा खटिएका पूर्वाधार विकास कार्यालय भोजपुरका सब–इन्जि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending