काठमाडौं। केही दिनदेखिको अन्योल अन्त्य गर्दै नेपाल सरकारले जर्मनीका म्यूलबैर र भेरिडोज म्पनीमार्फत नेपाली राहदानी (पासपोर्ट) छपाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
विशेष अदालतमा राहदानी खरिदसम्बन्धी भ्रष्टाचार मुद्दा दायर भएपछि पासपोर्ट छपाइ प्रक्रिया प्रभावित भएको थियो। हाल मौज्दातमा रहेका करिब ५० हजार पासपोर्ट सकिएपछि नयाँ ठेक्का पाएका यी दुई कम्पनीले नियमित रूपमा राहदानी छपाइ सुरु गर्नेछन्।
परराष्ट्र मन्त्रालयका एक उच्चपदस्थ अधिकारीका अनुसार विशेष अदालतमा मुद्दा विचाराधीन रहे पनि राहदानी आपूर्तिमा कुनै अवरोध नआउने गरी आवश्यक सहमति भइसकेको छ। त्यसैले नयाँ ठेक्का कार्यान्वयनमा कानुनी प्रक्रियाले तत्काल असर नपार्ने मन्त्रालयको भनाइ छ।
राहदानी विभागका अनुसार ठेक्का पाएका दुवै कम्पनीले उपकरण जडान तथा डाटा व्यवस्थापनलगायत आवश्यक प्राविधिक तयारी पूरा गरिसकेका छन्।
दुई कम्पनीमध्ये भेरिडोज ले करिब ५ लाख राहदानी बुकलेट छापिसकेको विभागले जनाएको छ। यसबापत कम्पनीले करिब ४२ करोड रुपैयाँ भुक्तानी प्राप्त गर्ने निश्चित भएको छ।
यस्तै म्यूलबैर ले राहदानी छपाइका लागि आवश्यक उपकरण जडान, प्रणाली व्यवस्थापन तथा मर्मतसम्भारको जिम्मेवारी सम्हालेको छ। कम्पनीले अधिकांश प्राविधिक काम सम्पन्न गरिसकेको र राहदानी उत्पादन सुरु भएसँगै सम्झौताअनुसार भुक्तानी प्रक्रिया अघि बढ्ने जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - १७:४९
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...
श्रावण ८ गते, २०८३ - १७:३७
काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...
श्रावण ८ गते, २०८३ - १७:०४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...
श्रावण ८ गते, २०८३ - १६:४७
विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...
श्रावण ८ गते, २०८३ - १६:२६
गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...
श्रावण ८ गते, २०८३ - १६:०९
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...
श्रावण ८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...
श्रावण ८ गते, २०८३ - १५:५८
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...
श्रावण ८ गते, २०८३ - १५:५२
दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...
श्रावण ८ गते, २०८३ - १५:०७
काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...



प्रतिकृया लेख्नुहोस्: