Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

प्रदेशमा १ मा तीन लाख नयाँ मतदाता थपिए

खबरडबली संवाददाता
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन कार्यालय र राजनीतिक दलहरुलाई भ्याइनभ्याई भइरहेको अवस्था छ । प्रदेश नं १ मा कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कूल १३७ प्रमुख १३७ उपप्रमुख र एक हजार १५७ वडाध्यक्ष तथा चार हजार ६२८ वडा सदस्यहरु निर्वाचित हुने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
 
आगामी स्थानीय तहको निर्वाचनमा प्रदेशभरिमा नयाँ मतदाता तीन लाख ५१ हजार ६१० जनाले पहिलोपटक आफ्ना मताधिकार प्रयोग गर्ने भएका छन् । अघिल्लो निर्वाचनमा कूल २९ लाख ९३ हजार ७७४ जनाले आ–आफ्ना मताधिकार प्रयोग गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि बनेका नयाँ राजनीतिक संरचनामा स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन दोस्रो हो ।
 
आफ्ना मन परेका राजनीतिक दल र प्रतिनिधिहरुलाई मतबाट विजय बनाउने क्रियाकलापमा स्थानीय तहमा नागरिकहरु कस्सिएर लागेको देखिन्छ । अनेक सम्भावना र आकाङ्क्षा बोकेको जनताको आवाज र भावनालाई प्रतिविम्बित गर्न कुनै कसर बाँकी नराख्ने राजनीतिक दलले जनताका माझमा गएर बताइरहेका छन् ।
 
कतिपय उम्मेदवार हुन चाहने तर राजनीतिक दलले टिकट नदिने सम्भावना देखिएपछि दल परिवर्तन गर्ने मानिसहरुको लर्को हेरेर पनि अनुमान लगाउन सकिन्छ कि मुलुक अहिले निर्वाचनमय भएको छ । निर्वाचनलाई भयरहित, निष्पक्ष, स्वतन्त्र बनाउन प्रदेश निर्वाचन कार्यालय विराटनगरले जिल्लामा निर्वाचन अधिकृतको कार्यालयलाई विभिन्न अनुसूची, मतदाता नामावली ९सादा०, दस्तखत नमूना, नमूना मत पठाउने कार्य आजदेखि सुरु गरेको छ ।
 
यसअघि कार्यालय प्रमुख निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, राजनीतिक दललगायत अन्य वर्गमा पनि निर्वाचनमा पालना गर्नुपर्ने आचारसंहिताका विषय गम्भीर छलफल एवं बहस पनि सम्पन्न गरेको छ । प्रदेशका सम्पूर्ण स्थानीय तहमा निर्वाचन अधिकृत खटिएको र भोलि प्रदेशभरि जिल्ला निर्वाचन अधिकृत तथा स्थानीय पालिका निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । प्रदेशमा  १६ लाख ९९ हजार ८०० पुरुष, महिला १६ लाख ४५ हजार ५६१  र २३ अन्य गरी जम्मा ३३ लाख ४५ हजार ३८४ मतदाताले निर्वाचनमा आफ्ना मताधिकार प्रयोग गर्ने भएका छन् ।
 
प्रदेशमा एक हजार ८७७ मतदानस्थल र चार हजार ५१ केन्द्र छन् । प्रदेशमा रहेका १४ जिल्लामा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्ने कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए।
 
जिल्लागत हेर्दा ताप्लेजुङमा पुरुष ४७ हजार ५५ र महिला ४२ हजार २५ गरी ८९ हजार ६८० मतदाताले ७३ मतदानस्थल र १२२ मतदान केन्द्र, पाँचथरमा पुरुष ७३ हजार ५७८ र महिला ६६ हजार ६४८ गरी एक लाख ४० हजार २२४ मतदाता रहेका छन् । जिल्लामा १०१ मतदानस्थल र १७६ मतदान केन्द्र छन् ।
 
इलाममा पुरुष एक लाख ५५ हजार ५५४ र महिला एक लाख नौ हजार १९२, अन्य दुई गरी जम्मा दुई लाख  २४ हजार ७४८ मतदाता, १५१ मतदानस्थल र २८५ मतदान केन्द्र छन् ।
 
यस्तै झापामा पुरुष तीन लाख २१ हजार ५२०, महिला तीन लाख २४ हजार ७०५ र अन्य नौ गरी जम्मा छ लाख ४५ हजार २३४ मतदाता, २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र छन् ।
 
सङ्खुवासभामा पुरुष ६० हजार ६७८, महिला ५७ हजार ५३ गरी जम्मा एक लाख १७ हजार ७३१ मतदाताका लागि १०३ मतदानस्थल र  १६२ मतदान केन्द्र निर्धारण गरिएको छ ।
 
तेह्रथुममा पुरुष ३६ हजार ९७३ महिला ३५ हजार ९२२ गरी जम्मा ७२ हजार ८९५ मतदाता, ५७ मतदानस्थल र   ९५ मतदान केन्द छन् । भोजपुरमा पुरुष ६५ हजार २२१, महिला ७० हजार ७०४ र अन्य एक गरी जम्मा एक लाख २५ हजार ९२६ मतदाताका लागि ८७ मतदानस्थल १६० मतदान केन्द्र तोकिएको छ । 
 
यस्तै धनकुटामा पुरुष ५७ हजार ७१६, महिला ५८ हजार २४८ जना गरी जम्मा एक लाख १५ हजार ९६४ मतदाता, ११८ मतदानस्थल र  १५९ मतदान केन्द्र कायम भएको बताइएको छ ।
 
मोरङमा पुरुष तीन लाख ६३ हजार ४४८, महिला तीन लाख ५१ हजार ७६९, अन्य छ गरी जम्मा सात लाख १५ हजार २२३ मतदाताका लागि जनाले तीन सय मतदानस्थल ३०० र केन्द्र ८२० कायम भएको छ ।
 
सुनसरीमा पुरुष दुई लाख ६९ हजार १४६, महिला दुई लाख ७५ हजार ७१७  र अन्य दुई गरी जम्मा पाँच लाख ३४ हजार ७६५ मतदाताका लागि १६६ मतदान स्थल र ५८१ केन्द्र निर्धारण भएको छ ।
 
सोलुखुम्बुमा पुरुष ४१ हजार २६०, महिला ३८ हजार ७५९ गरी जम्मा ८० हजार १९ जनाका लागि १२२ मतदानस्थल र १३४ केन्द्र व्यवस्था गरिएको छ ।
 
खोटाङमा पुरुष ७५ हजार छ र महिला ६८ हजार ७४६ गरी एक लाख ४३ हजार ७५२ जनाका लागि १३६ मतदानस्थल र १९४ केन्द्र तोकिएको छ ।
 
ओखलढुङ्गामा पुरुष ५९ हजार १६२, महिला ५७ हजार ९२२ र अन्य एक गरी एक लाख ७० हजार ८५ मतदाताका लागि ७९ मतदानस्थल र १५० केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
 
यसैगरी उदयपुरमा पुरुष एक लाख १२ हजार ८८५, महिला एक लाख १० हजार २५१ र अन्य दुई गरी दुई लाख २३ हजार ३८ जनाले ९८ मतदानस्थल र २५८ मतदान केन्द्र प्रयोग गर्ने भएका छन् ।
 
प्रदेशमामा सबैभन्दा ज्यादा मतदाता मोरङ जिल्लामा  सात लाख १५ हजार २२३ रहेको छ भने सबैभन्दा कम  तेह्रथुममा ७२ हजार ८९५ रहेको सूचना अधिकार्रीले बताउनुभएको छ ।
 
एक मात्र महानगरपालिका रहेको प्रदेशको विराटनगर महानगरपालिमा पुरुष ७० हजार ५२४, महिला ६२ हजार ७१८ गरी एक लाख लाख ३३ हजार १४२ मतदाताका लागि मतदानस्थल २९ र मतदान केन्द्र १४० छन् ।
 
मोरङ जिल्लामा एक लाख ४० हजार नयाँ मतदाता थपिएका छन् । जसमा  पुरुष ७१ हजार ९५४, महिला ६८ हजार ७६४ र अन्य छ छन् भने विराटनगर महानगरपालिकामा २०७४ सालको स्थानीय तहको  निर्वाचनभन्दा यस वर्ष पुरुष नौ हजार ९९८ र महिला नौ हजार ३९३ गरी १९ हजार ३९१ जना मतदाता थप भएको  सूचना अधिकारी तीर्थले बताउनुभयो ।
 
निर्वाचनलाई उत्साहमय बनाउन तथा स्वतन्त्र, भयरहित, निष्पक्ष, मितव्ययी एवं धाँधलीरहित सम्पन्न गर्नका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुले मतदानस्थल र मतदान केन्द्रहरुको अनुगमन एवं निरीक्षण गरी सुरक्षाका सबै उपाय अपनाउने मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताउनुभयो ।
 
उहाँले निर्वाचनका दिन मतदान केन्द्र र मतदानस्थललाई भयरहित एवं सुरक्षाको पूर्ण अनुभूति दिलाउन तीन घेरामा जनपद प्रहरी, सशस्त्र र नेपाली सेना रहने तथा कुनै अप्रिय घटना हुने सम्भावना भएमा आधा घण्टाभित्र सेनासहितका सुरक्षा टोली पुग्ने तयारीका साथ अघि बढिरहेको जानकारी दिनुभयो ।
 
प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले आगामी निर्वाचनका लागि सबै कार्यक्रम र तालिकाहरु सार्वजनिक भइसकेको जानकारी दिँदै निर्वाचनमा नागरिकदेखि राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय र मतदातासमेतले निर्वाचन आचारसंहिता पालनामा इमान्दारिता देखाउनुपर्र्नेमा जोड दिए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: