Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता, यी हुन् उम्मेदवारीहरु

खबरडबली संवाददाता

तनहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयनको दोस्रो दिन जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा उम्मेदवारी दर्ता भएको हो ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत दलहरूले आज सबै पालिकामा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरैको उम्मेदवारी परेको छ । 

भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्रिपाठी, उपप्रमुखमा उमा गोतामे, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा धु्रवलाल प्रधान, उपाध्यक्षमा सविता गुरुङ, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा गिरबहादुर थापा, उपाध्यक्षमा पवित्रा गौली, देवघाटको अध्यक्षमा तिलबहादुर थापाको उम्मेदवारी परेको छ । 

म्याग्दे गाउँपालिकाको अध्यक्षमा माया राना, उपाध्यक्षमा पवित्रा घिमिरे, ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्षमा गिनुमाया थापा, भिमाद नगरपालिकाको उपप्रमुखमा मिलन आले, घिरिङ गाउँपालिकाको अध्यक्षमा गङ्गा कुमाल र शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा कृष्णराज पण्डितको उम्मेदवारी परेको छ । कांग्रेसले भिमादको प्रमुख र घिरिङ गाउँपालिकाको उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)लाई छाडेको छ भने शुक्लागण्डकी नगरपालिकाको उपप्रमुख माओवादी केन्द्रलाई छाडेको छ । 

नेकपा (एमाले) र गोविन्दराज जोशी समूहबाट व्यास नगरपालिकाको प्रमुखमा दीपकराज जोशी र उपप्रमुखमा बसुन्धरा घर्तीको उम्मेदवारी दर्ता भएको छ । देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा, उपाध्यक्षमा सावित्री न्यौपाने, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा ऋषि केसी, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र थापा र उपाध्यक्षमा फूलमति थापाको उम्मेदवारी परेको छ । 

भानु नगरपालिकाको प्रमुखमा सीताराम बजगाइँ, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्षमा रत्ना घिमिरे,  शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा मुक्ति तिमिल्सिना, उपप्रमुखमा फूलमाया वाग्ले, भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल, ऋषिङ गाउँपालिकाको अध्यक्षमा हरिराज कँडेल, घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा अधिकारीको उम्मेदवारी दर्ता भएको छ । 

नेकपा (माओवादी केन्द्र)बाट व्यास नगरपालिकाको प्रमुखमा अतिन्द्रकेशरी न्यौपाने, उपप्रमुखमा देवा सुर्खाली, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पूर्णसिं थापा, उपाध्यक्षमा करुणा गुरुङ, म्याग्दे गाउँपालिकाको अध्यक्षमा दिलीपकुमार श्रेष्ठ, उपाध्यक्षमा दुर्गा थापाको उम्मेदवारी दर्ता भएको छ । 

नेपाली कांग्रेसको गठबन्धनबाट शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा माओवादीबाट खुमबहादुर विकको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसकै गठबन्धनबाट भिमाद नगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का काजीमान श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ भने घिरिङ गाउँपालिकाको उपाध्यक्षमा पूर्णबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

काठमाडौं। गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रक...

हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला, २ जना पक्राउ

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आ...

विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔं: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...

सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा प्रदर्शन, रविकिरणसहित पाँच जना पक्राउ

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण ह...

गुल्मी तम्घासको अटो वर्कमा भीषण आगलागी

गुल्मी। रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । बिक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कसी आगलागी भएको हो । अहिले रेसुङा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending