तनहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयनको दोस्रो दिन जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा उम्मेदवारी दर्ता भएको हो ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत दलहरूले आज सबै पालिकामा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरैको उम्मेदवारी परेको छ ।
भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्रिपाठी, उपप्रमुखमा उमा गोतामे, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा धु्रवलाल प्रधान, उपाध्यक्षमा सविता गुरुङ, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा गिरबहादुर थापा, उपाध्यक्षमा पवित्रा गौली, देवघाटको अध्यक्षमा तिलबहादुर थापाको उम्मेदवारी परेको छ ।
म्याग्दे गाउँपालिकाको अध्यक्षमा माया राना, उपाध्यक्षमा पवित्रा घिमिरे, ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्षमा गिनुमाया थापा, भिमाद नगरपालिकाको उपप्रमुखमा मिलन आले, घिरिङ गाउँपालिकाको अध्यक्षमा गङ्गा कुमाल र शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा कृष्णराज पण्डितको उम्मेदवारी परेको छ । कांग्रेसले भिमादको प्रमुख र घिरिङ गाउँपालिकाको उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)लाई छाडेको छ भने शुक्लागण्डकी नगरपालिकाको उपप्रमुख माओवादी केन्द्रलाई छाडेको छ ।
नेकपा (एमाले) र गोविन्दराज जोशी समूहबाट व्यास नगरपालिकाको प्रमुखमा दीपकराज जोशी र उपप्रमुखमा बसुन्धरा घर्तीको उम्मेदवारी दर्ता भएको छ । देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा, उपाध्यक्षमा सावित्री न्यौपाने, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा ऋषि केसी, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र थापा र उपाध्यक्षमा फूलमति थापाको उम्मेदवारी परेको छ ।
भानु नगरपालिकाको प्रमुखमा सीताराम बजगाइँ, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्षमा रत्ना घिमिरे, शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा मुक्ति तिमिल्सिना, उपप्रमुखमा फूलमाया वाग्ले, भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल, ऋषिङ गाउँपालिकाको अध्यक्षमा हरिराज कँडेल, घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा अधिकारीको उम्मेदवारी दर्ता भएको छ ।
नेकपा (माओवादी केन्द्र)बाट व्यास नगरपालिकाको प्रमुखमा अतिन्द्रकेशरी न्यौपाने, उपप्रमुखमा देवा सुर्खाली, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा पूर्णसिं थापा, उपाध्यक्षमा करुणा गुरुङ, म्याग्दे गाउँपालिकाको अध्यक्षमा दिलीपकुमार श्रेष्ठ, उपाध्यक्षमा दुर्गा थापाको उम्मेदवारी दर्ता भएको छ ।
नेपाली कांग्रेसको गठबन्धनबाट शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा माओवादीबाट खुमबहादुर विकको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसकै गठबन्धनबाट भिमाद नगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का काजीमान श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ भने घिरिङ गाउँपालिकाको उपाध्यक्षमा पूर्णबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - १५:४९
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...
आषाढ़ १७ गते, २०८३ - १५:३३
काठमाडौँ। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिको विवरण समितिमा मात्रै सीमित नराखी समयमै सार्वजनिक ...
आषाढ़ १७ गते, २०८३ - १५:१९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोग र लेखा आयोगमा पुरानै टिमलाई जिम्मेवारी निरन्तरता दिएको छ। पार्टी केन्द्रीय समितिको ब...
आषाढ़ १७ गते, २०८३ - १४:५१
काठमाडौं। सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न आफू प्रतिबद्ध ...
आषाढ़ १७ गते, २०८३ - १४:३६
धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरकी छ वर्षीया बालिका मनिषा विकको शव खोलामा फेला परेको छ। उनी विद्यालयबाट एक्लै घर फर्कने क्रममा बेपत्ता भएक...
आषाढ़ १७ गते, २०८३ - १४:२८
काठमाडौं। आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुस...
आषाढ़ १७ गते, २०८३ - १३:५७
बाँके। बाँके जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज ...
आषाढ़ १७ गते, २०८३ - १३:४५
न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब १ अर्ब डलर आम्दानी गरेको विवरण सा...
आषाढ़ १७ गते, २०८३ - १३:३७
तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने पुलजीप र चितवनको मुग्लिन बजार जोड्ने त्रिशूली नदीमाथिको पुरानो पुलको सुरक्षा लट्ठामा जोखिमपूर्ण रूपमा ...
आषाढ़ १७ गते, २०८३ - १३:२५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। काठमाडौंको बनस्थलीस्थित पार्ट...



प्रतिकृया लेख्नुहोस्: