Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

बैतडीमा कतै गठबन्धन, कतै प्रतिस्प्रर्धा

खबरडबली संवाददाता

बैतडी । स्थानीय तहको निर्वाचनका लागि बैतडीमा आज विभिन्न दलहरूले मनोनयन दर्ता गराएका छन् । यहाँका प्रमुख राजनीतिक दलहरूले कतै गठबन्धन गरेर मनोनयन दर्ता गरेका छन् भने कतै मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै मनोनयन गरेका छन् । नेकपा (एमाले) राप्रपासँग तालमेल गरेर चुनावी मैदानमा उत्रिएको छ ।

नेपाली कांग्रेसले जिल्लाका सबै १० वटै स्थानीय तहमा आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ । कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार जिल्लाको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको प्रमुखमा गजेन्द्रसिंह रावल र उपप्रमुखमा कौशिला चन्दको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । यो नगरपालिकामा गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका थिए । 

जिल्लाको पाटन नगरपालिकाको प्रमुखमा गौरीसिंह रावलको उम्मेदवारी दर्ता भएको छ । यो पालिकामा नेपपा (माओवादी केन्द्र)सँग चुनावी तालमेल गरेको कांग्रेसले उपप्रमुख माओवादीको भागमा पारेको छ । यस्तै मेलौली नगरपालिकाको प्रमुखमा प्रेमबहादुर चन्द र उपप्रमुखमा पार्वती विष्टको मनोनयन दर्ता भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिकाको प्रमुखमा दीपकबहादुर बम र उपप्रमुखमा मीना धानुकको उम्मेदवारी दर्ता भएको छ । 

यस्तै सुर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्द र उपाध्यक्षमा मञ्जु बोहराको उम्मेदवारी दर्ता भएको कार्यालय सचिव विष्टले बताए। जिल्लाको शिवनाथ गाउँपालिकामा कर्णसिंह साउँदको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्ष भने माओवादीको भागमा परेको छ । यसैगरी पञ्चेश्वरको गाउँपालिकाको अध्यक्षमा रमेशसिंह भण्डारीको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ । 

यस्तै दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशीको मनोनयन दर्ता भएको छ भने उपाध्यक्ष माओवादीको भागमा परेको छ । यस्तै डिलाशैनी गाउँपालिकाको उपाध्यक्षमा भगीरथ बोहराको उम्मेदवारी दर्ता भएको छ भने अध्यक्ष माओवादीको भागमा परेको छ । जिल्लाको सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र उपाध्यक्षमा सुमित्रा ऐरको उम्मेदवारी दर्ता भएको छ । यो पालिकामा धामीले गएको स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेका थिए । उपाध्यक्षमा पनि कांग्रेसले नै जितेको थियो । 

नेकपा (एमाले)ले पनि सबै पालिकामा उम्मेदवारी दर्ता गराएको जनाएको छ । उपसचिव लोकेन्द्र भण्डारीका अनुसार डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदका लागि अक्कल राना र उपाध्यक्ष पदका लागि लीला जोशीको उम्मेदवारी दर्ता भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको प्रमुखमा पुस्करराज जोशी (लख्खाभाइ) र उपप्रमुख सरस्वती नेपालीको उम्मेदवारी दर्ता भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले मनोनयन दर्ता गरेका हुन् । 

यस्तै जिल्लाको पाटन नगरपालिकाको प्रमुखमा नारायण भण्डारी र उपप्रमुखमा भट्टको उम्मेदवारी दर्ता भएको छ । मेलौली नगरपालिकाको प्रमुखमा जगदीश नायक र उपप्रमुखमा चन्द्रकला साउँदको उम्मेदवारी दर्ता भएको छ । यस्तै पुरचौँडी नगरपालिकाको प्रमुखमा कर्णबहादुर कुँवर र उपप्रमुखमा जानकी साउदले उम्मेदवारी दर्ता गराएका छन् । 

सिगास गाउँपालिकाको अध्यक्षमा जस्वीर बोहरा र उपाध्यक्षमा धाना धामीले उम्मेदवारी दर्ता गराएका छन् । शिवनाथ गाउपालिकाको अध्यक्षमा हजारी साउद र उपाध्यक्षमा शकुन्तला साउदले एमालेबाट उम्मेदवारी दर्ता गराएका हुन् । सुर्नया गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका लागि अमरबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन् । सुर्नयामा एमालेले राप्रपासँग तालमेल गरेको छ । उसलाई उपाध्यक्ष पद दिइएको छ । 

दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पदमा चक्र कार्की र उपाध्यक्षमा पार्वती कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । दुवैले गत चुनावमा पनि दोगडाकेदारबाट जितेका थिए । पञ्चेश्वर गाउँपालिकामा गोरखबहादुर चन्द र विना भट्टले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले पनि गएको स्थानीय तहको चुनावमा जित हासिल गरेका थिए ।

माओवादी केन्द्रले पनि जिल्लाको पुर्चौँडी र मेलौलीमा माओवादी एक्लै चुनावी मैदानमा उत्रेको छ । पुर्चौँडीको प्रमुखमा विक्रम कुँवर (प्रतीक) र उपप्रमुखमा नन्दा शाहको उम्मेदवारी दर्ता भएको छ । यस्तै मेलौलीको प्रमुखमा भीमबहादुर चन्द (भूकम्प) र उपप्रमुखमा मनिषा दयालको उम्मेदवारी दर्ता भएको छ । 

माओवादी केन्द्रका जिल्ला संयोजक शङ्कर भण्डारीका अनुसार जिल्लाको दशरथचन्द नगरपालिकामा एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेको माओवादीले प्रमुखमा प्रेमसिंह थापाको मनोनयन दर्ता गराएको छ । यस्तै पाटनमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले उपप्रमुखमा कमलसिंह बोहराको मनोनयन दर्ता गराएको छ । यस्तै शिवनाथको उपाध्यक्षमा नरेन्द्र साउँद, दोगडाकेदारको उपाध्यक्षमा नवराज भट्ट (कुसुम) र सुर्नयाको उपाध्यक्षमा दिलाराम भट्ट उम्मेदवारी दर्ता गराएको छ । 

यस्तै डिलाशैनीको अध्यक्षमा लोकेन्द्र राना (शीतल)को उम्मेदवारी दर्ता भएको छ । जिल्लाको सिगास गाउँपालिकाको अध्यक्ष राजेन्द्र साउँद र उपाध्यक्षमा लक्ष्मी चन्दको उम्मेदवारी दर्ता भएको छ । चन्द एमालेबाट असन्तुष्ट बनेर माओवादी केन्द्रमा प्रवेश गरेको जनाइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेना सम्झौता भएको दाबी असत्य: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...

सुनुवाइको लागि प्रस्तावित व्यक्तिको विवरणलाई समितिमा मात्रै सीमित नगरौँ: पद्या अर्याल

काठमाडौँ। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिको विवरण समितिमा मात्रै सीमित नराखी समयमै सार्वजनिक ...

रास्वपाको निर्वाचन र लेखा आयोगमा पुरानै टिमलाई निरन्तरता, अनुशासन आयोगमा नयाँ नियुक्ति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोग र लेखा आयोगमा पुरानै टिमलाई जिम्मेवारी निरन्तरता दिएको छ। पार्टी केन्द्रीय समितिको ब...

नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारको प्रतिबद्ध छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न आफू प्रतिबद्ध ...

कैलालीमा विद्यालयबाट फर्कने क्रममा बेपत्ता बालिकाको शव खोलामा फेला

धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरकी छ वर्षीया बालिका मनिषा विकको शव खोलामा फेला परेको छ। उनी विद्यालयबाट एक्लै घर फर्कने क्रममा बेपत्ता भएक...

वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं। आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुस...

बाँकेका आठ स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु

बाँके। बाँके जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज ...

क्रिप्टोकरेन्सी कारोबारबाट ट्रम्पको करिब १ अर्ब डलर आम्दानी

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब १ अर्ब डलर आम्दानी गरेको विवरण सा...

त्रिशूली नदीमाथिको पुलको लट्ठामा हिँडिरहेका युवकको सकुशल उद्धार

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने पुलजीप र चितवनको मुग्लिन बजार जोड्ने त्रिशूली नदीमाथिको पुरानो पुलको सुरक्षा लट्ठामा जोखिमपूर्ण रूपमा ...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। काठमाडौंको बनस्थलीस्थित पार्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending