Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

बागलुङमा उल्लासमय वातावरणमा मनोनयन दर्ता

खबरडबली संवाददाता
बागलुङ । बागलुङमा उल्लासमय वातावरणमा मनोनयन दर्ता सकिएको छ । कतै पञ्चेबाजा त कतै स्थानीय कला संस्कृतिको प्रदर्शन गर्दै बागलुङका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेका हुन् । सोमबार बिहानदेखि सुरु भएको मनोनयन दर्ताको समय साँझ ५ बजे सकिएको भए पनि निर्वाचन अधिकृतको कार्यालय पुगेका सबै उम्मेदवारको दर्ता राति अबेर सकिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बताए ।
 
उम्मेदवारहरुको अन्तिम नामावली तयार गर्ने काम चलिरहेको छ । प्राप्त सूचनाअनुसार बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनकराज पौडेल र राप्रपाका सञ्जय खड्काले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । बागलुङ नगरपालिकाको निवर्तमान प्रमुख रहनुभएका पौडेलले पदबाट राजीनामा दिएर पुनः प्रमुखमा उम्मेदवारी दर्ता गराएको हो ।
 
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराए भने उपप्रमुखमा माओवादी केन्द्रका राजु खड्काले उम्मेदवारी दिए। बागलुङ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस विपीबाट धना आचार्य, विवेकशील साझा पार्टीका तर्फबाट सुरज खड्का, नेपाल दलित पार्टीका तर्फबाट भक्तबहादुर विक र नेकपा मालेका तर्फबाट मञ्जु क्षेत्रीले उम्मेदवारी दिएका छन् ।
 
जैमिनी नगरपालिकामा एमालेका लीला रानाले प्रमुख र उषा पौडेलले उपप्रमुखमा उम्मेदवारी दिए। गठबन्धनका तर्फबाट नरबहादुर पुनले प्रमुख र हरिहर शर्माले उपप्रमुखमा उम्मेदवारी दर्ता गराए । काठेखोला गाउँपालिकामा एमालेका डिलबहादुर कार्कीले अध्यक्ष र कोपिला पुनले उपाध्यक्षमा उम्मेदवारी दिए। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु थापाले अध्यक्ष र राजमोका तिलक थापाले उपाध्यक्षमा उम्मेदवारी दिए । 
 
गलकोट नगरपालिकामा एमालेका तर्फबाट पूर्णबहादुर काउचाले प्रमुख र रुपा विकले उपप्रमुखमा उम्मेदवारी दिएका छन्। गठबन्धनका निर्वतमान नगरप्रमुख भरत शर्मा गैरेले प्रमुखमा, माओवादी केन्द्रका नेता फमलाल न्युरेले उपप्रमुखमा उम्मेदवारी दर्ता गराए। 
 
बडिगाड गाउँपालिकामा एमालेका युवानेता राजन पाइजाले अध्यक्ष र मीना रायमाझीले उपाध्यक्षमा उम्मेदवारी दिए। गठबन्धनका तर्फबाट कांग्रेस नेत्री गण्डकी थापा अधिकारीले अध्यक्ष र राजमो नेता भीमसेन वनले उपाध्यक्षमा उम्मेदवारी दिए। ढोरपाटन नगरपालिकामा निवर्तमान प्रमुख देवकुमार नेपाली एमालेका तर्फबाट प्रमुख, निर्वतमान उपप्रमुख करमती पुनले उपप्रमुखमा उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका चन्द्र अर्यालले प्रमुख र नेपाली कांग्रेसका कल्याण कायतले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।
 
ताराखोला गाउँपालिकामा नेकपा एमालेका तर्फबाट ऋषिराम रोकाले अध्यक्ष र थममाया घर्तीले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक ‘हिमाल’ले अध्यक्ष र नेपाली कांग्रेसका भीमबहादुर रोकाले उपाध्यक्षमा उम्मेदवारी दिए। यस्तै, तमानखोला गाउँपालिकामा एमालेका देवेन्द्र छन्त्यालले अध्यक्ष र टेकमाया विकले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जोकलाल बुढा अध्यक्ष र नेकपा एकीकृत समाजवादीका तारानाथ सिर्पालीले उपाध्यक्षमा उम्मेदवारी दिए । बुढा निवर्तमान अध्यक्ष छन् । निसीखोला गाउँपालिकामा एमालेका भूमिराज घर्तीले अध्यक्ष र भेटु चन्दले उपाध्यक्ष तथा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सूर्यमान घर्ती अध्यक्ष र माओवादी केन्द्रका प्रेम घर्तीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराए ।
 
जिल्लाको बरेङ गाउँपालिकामा एमालेका प्रदीप थापाले अध्यक्ष र दुर्गा कार्कीले उपाध्यक्ष तथा गठबन्धका तर्फबाट कृष्ण पौडेलले अध्यक्ष र नेपाली कांग्रेसका दिलीप पुनले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेना सम्झौता भएको दाबी असत्य: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...

सुनुवाइको लागि प्रस्तावित व्यक्तिको विवरणलाई समितिमा मात्रै सीमित नगरौँ: पद्या अर्याल

काठमाडौँ। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिको विवरण समितिमा मात्रै सीमित नराखी समयमै सार्वजनिक ...

रास्वपाको निर्वाचन र लेखा आयोगमा पुरानै टिमलाई निरन्तरता, अनुशासन आयोगमा नयाँ नियुक्ति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोग र लेखा आयोगमा पुरानै टिमलाई जिम्मेवारी निरन्तरता दिएको छ। पार्टी केन्द्रीय समितिको ब...

नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारको प्रतिबद्ध छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न आफू प्रतिबद्ध ...

कैलालीमा विद्यालयबाट फर्कने क्रममा बेपत्ता बालिकाको शव खोलामा फेला

धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरकी छ वर्षीया बालिका मनिषा विकको शव खोलामा फेला परेको छ। उनी विद्यालयबाट एक्लै घर फर्कने क्रममा बेपत्ता भएक...

वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं। आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुस...

बाँकेका आठ स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु

बाँके। बाँके जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज ...

क्रिप्टोकरेन्सी कारोबारबाट ट्रम्पको करिब १ अर्ब डलर आम्दानी

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब १ अर्ब डलर आम्दानी गरेको विवरण सा...

त्रिशूली नदीमाथिको पुलको लट्ठामा हिँडिरहेका युवकको सकुशल उद्धार

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने पुलजीप र चितवनको मुग्लिन बजार जोड्ने त्रिशूली नदीमाथिको पुरानो पुलको सुरक्षा लट्ठामा जोखिमपूर्ण रूपमा ...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। काठमाडौंको बनस्थलीस्थित पार्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending