बैशाख १३ गते, २०७९ मगलवार 26th April, 2022 Tue१४:१७:२३ मा प्रकाशित
खबरडबली संवाददाता
बागलुङ । बागलुङमा उल्लासमय वातावरणमा मनोनयन दर्ता सकिएको छ । कतै पञ्चेबाजा त कतै स्थानीय कला संस्कृतिको प्रदर्शन गर्दै बागलुङका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेका हुन् । सोमबार बिहानदेखि सुरु भएको मनोनयन दर्ताको समय साँझ ५ बजे सकिएको भए पनि निर्वाचन अधिकृतको कार्यालय पुगेका सबै उम्मेदवारको दर्ता राति अबेर सकिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बताए ।
उम्मेदवारहरुको अन्तिम नामावली तयार गर्ने काम चलिरहेको छ । प्राप्त सूचनाअनुसार बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनकराज पौडेल र राप्रपाका सञ्जय खड्काले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । बागलुङ नगरपालिकाको निवर्तमान प्रमुख रहनुभएका पौडेलले पदबाट राजीनामा दिएर पुनः प्रमुखमा उम्मेदवारी दर्ता गराएको हो ।
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराए भने उपप्रमुखमा माओवादी केन्द्रका राजु खड्काले उम्मेदवारी दिए। बागलुङ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस विपीबाट धना आचार्य, विवेकशील साझा पार्टीका तर्फबाट सुरज खड्का, नेपाल दलित पार्टीका तर्फबाट भक्तबहादुर विक र नेकपा मालेका तर्फबाट मञ्जु क्षेत्रीले उम्मेदवारी दिएका छन् ।
जैमिनी नगरपालिकामा एमालेका लीला रानाले प्रमुख र उषा पौडेलले उपप्रमुखमा उम्मेदवारी दिए। गठबन्धनका तर्फबाट नरबहादुर पुनले प्रमुख र हरिहर शर्माले उपप्रमुखमा उम्मेदवारी दर्ता गराए । काठेखोला गाउँपालिकामा एमालेका डिलबहादुर कार्कीले अध्यक्ष र कोपिला पुनले उपाध्यक्षमा उम्मेदवारी दिए। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु थापाले अध्यक्ष र राजमोका तिलक थापाले उपाध्यक्षमा उम्मेदवारी दिए ।
गलकोट नगरपालिकामा एमालेका तर्फबाट पूर्णबहादुर काउचाले प्रमुख र रुपा विकले उपप्रमुखमा उम्मेदवारी दिएका छन्। गठबन्धनका निर्वतमान नगरप्रमुख भरत शर्मा गैरेले प्रमुखमा, माओवादी केन्द्रका नेता फमलाल न्युरेले उपप्रमुखमा उम्मेदवारी दर्ता गराए।
बडिगाड गाउँपालिकामा एमालेका युवानेता राजन पाइजाले अध्यक्ष र मीना रायमाझीले उपाध्यक्षमा उम्मेदवारी दिए। गठबन्धनका तर्फबाट कांग्रेस नेत्री गण्डकी थापा अधिकारीले अध्यक्ष र राजमो नेता भीमसेन वनले उपाध्यक्षमा उम्मेदवारी दिए। ढोरपाटन नगरपालिकामा निवर्तमान प्रमुख देवकुमार नेपाली एमालेका तर्फबाट प्रमुख, निर्वतमान उपप्रमुख करमती पुनले उपप्रमुखमा उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका चन्द्र अर्यालले प्रमुख र नेपाली कांग्रेसका कल्याण कायतले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।
ताराखोला गाउँपालिकामा नेकपा एमालेका तर्फबाट ऋषिराम रोकाले अध्यक्ष र थममाया घर्तीले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक ‘हिमाल’ले अध्यक्ष र नेपाली कांग्रेसका भीमबहादुर रोकाले उपाध्यक्षमा उम्मेदवारी दिए। यस्तै, तमानखोला गाउँपालिकामा एमालेका देवेन्द्र छन्त्यालले अध्यक्ष र टेकमाया विकले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जोकलाल बुढा अध्यक्ष र नेकपा एकीकृत समाजवादीका तारानाथ सिर्पालीले उपाध्यक्षमा उम्मेदवारी दिए । बुढा निवर्तमान अध्यक्ष छन् । निसीखोला गाउँपालिकामा एमालेका भूमिराज घर्तीले अध्यक्ष र भेटु चन्दले उपाध्यक्ष तथा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सूर्यमान घर्ती अध्यक्ष र माओवादी केन्द्रका प्रेम घर्तीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराए ।
जिल्लाको बरेङ गाउँपालिकामा एमालेका प्रदीप थापाले अध्यक्ष र दुर्गा कार्कीले उपाध्यक्ष तथा गठबन्धका तर्फबाट कृष्ण पौडेलले अध्यक्ष र नेपाली कांग्रेसका दिलीप पुनले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ।
...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...
प्रतिकृया लेख्नुहोस्: