काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई पार्टीको निर्णय मानदिन आग्रह गरेका छन् ।
नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले निर्वाचनमा होमिएका बेला पार्टीको निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् ।
उनले त्यसरी उम्मेदवारी दिँदा पार्टीका कर्मठ नेताहरुको हितमा नहुने उनले भन्दै स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । महामन्त्री थापाले पार्टीभित्र गठबन्धन गरेर चुनावमा जाने कुरामा फरक मत रहे पनि अहिले पार्टीको निर्णय अनुसार मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । ‘गठबन्धन बनाएर निर्वाचनमा जाने विषयमा पार्टीभित्र फरक मत मात्रै होइन ठूलो भिन्न मत पनि छ । यसका बारेमा संघर्ष पनि भयो । त्यो संघर्ष छ र भोलिको दिनमा पनि रहन्छ । तर राजनीतिक दल भनेकै आफ्नो मतलाई दलको मत बनाउन कोसिस गर्ने हो । दलको मत बन्न सकेन भने पनि आफ्नो मतलाई दलको मत बनाउन कोसिस गरिरहन्छु भनेर दलले गरेको निर्णयलाई स्वीकार गर्ने हो । हामी पार्टीलाई जिताउन चाहन्छौं, पार्टीको निर्णयलाई कार्यान्वयन गराउन चाहन्छौं । तर यसपछि फेरि छलफल हुन्छ । फेरि बहस हुन्छ । यो विषय ओझेलमा राखिन्न । एउटा, एउटा विषयमा छलफल हुन्छ । तालमेलको विषयमा छलफल हुन्छ । सैद्धान्तिक विषयमा छलफल हुन्छ,' नेता थापाले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...
मंसिर ३० गते, २०८२ - १४:३८
काठमाडौं । एमालेको आगामी महाधिवेशनअन्तर्गत भोलि (मंगलबार) हुने निर्वाचनमा नयाँ नेतृत्व चयन हुने तयारी छ। अध्यक्ष पदका मुख्य प्रतिस्पर्धी केपी शर्मा ओल...
मंसिर ३० गते, २०८२ - १४:०९
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ। एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर...
मंसिर ३० गते, २०८२ - १३:५७
काठमाडौँ । एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले आफूले व्यक्तिगत रूपमा उम्मेदवारी दिएको बताएका छन्। भट्टराईले आफ्नो समूहब...




प्रतिकृया लेख्नुहोस्: