Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

आर्थिक संकट विरुद्ध एकजुट हुन सबै दलहरूलाई श्रीलंकाका राष्ट्रपतिको अपिल

खबरडबली संवाददाता

कोलम्बो । देशमा देखिएको आर्थिक सङ्कटका विरुद्धमा एकजुट हुन श्रीलङ्काका राष्ट्रपतिले सबैलाई अपिल गरेका छन्। 

राष्ट्रपति गोटाबाय राजापक्षले मुलुकको सङ्कट सबैको साझा सङ्कट भएकाले सबैले संयुक्त प्रयासबाट समाधान गर्नुपर्नेमा जोड दिएका हुन्। 

विश्व श्रमिक दिवसको अवसरमा सन्देश प्रकाशित गर्दै उनले आर्थिक सङ्कट समाधान नहुँदासम्म श्रमिकहरूको हक अधिकार पनि सुनिश्चित गर्न नसकिने भएकाले पहिला मुलुकको आर्थिक सङ्कट समाधान गर्नुपर्नेमा जोड दिए। 

मुलुकमा आइपर्ने कुनै पनि ठूला समस्याहरूको समाधान कुनै व्यक्ति वा संस्थाले मात्रै समाधान गर्न नसक्ने भएकाले सबै एकजुट हुनुपर्ने उनको भनाई छ । 

श्रीलङ्कामा देखिएको आर्थिक सङ्कट समाधानको नेतृत्व लिन सरकार तयार रहेको र त्यस सबै पक्षको पर्याप्त साथ चाहिने उनले बताए। 

राष्ट्रपति राजापाक्षले मुलुकको सङ्कट समाधानका लागि सरकारसँगै मुख्य रुपमा दलहरू पनि जिम्मेबार र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। 

श्रीलङ्कामा पछिल्लो समय आर्थिक र राजनीतिक सङ्कट उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण बस्तु तथा सेवाको अभाव हुने र अत्यधिक मूल्य वृद्धि भएपछि राजनीतिक सङ्कट पनि उत्पन्न भएको हो । 

बस्तु तथा सेवाको अभाव र मूल्य वृद्धिको विरुद्धमा आम नागरिक आन्दोलित भएपछि तत्कालीन सरकारका सबै मन्त्रीहरूले राजीनामा दिएपछि राजनीतिक सङ्कट देखिएको थियो। 

अहिले सरकारमा अन्य नेताहरूलाई लगिएको भएपनि राजनीतिक सन्तुलन मिल्न बाँकी नै रहेको छ भने सबैलाई समेटेर संयुक्त सरकार बनाउन राष्ट्रपति राजापाक्षले प्रयास गरिरहेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending