काठमाडौं । नेपालको प्रमुख निर्यातजन्य उत्पादनमध्ये एक चिया उद्योग यतिबेला गम्भीर संकटमा परेको छ। भारतले लागू गरेको नयाँ कार्य सञ्चालन मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित हुँदा उद्योग, किसान र श्रमिक सबै मारमा परेका छन्। तर समस्या समाधानका लागि सरकारले अहिलेसम्म प्रभावकारी पहल गर्न नसकेको भन्दै आलोचना बढेको छ।
मे १२ मा भारतीय चिया बोर्ड र वाणिज्य विभागले जारी गरेको नयाँ मापदण्डपछि नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको हो। यसको प्रत्यक्ष असर झापा, इलामलगायत चिया उत्पादन हुने जिल्लामा देखिन थालेको छ। केही उद्योग बन्द भइसकेका छन् भने अन्य उद्योग पनि बन्द हुने संघारमा पुगेका छन्।
यो संकटले केवल उद्योगीलाई मात्र होइन, करिब ६० हजार श्रमिक तथा कर्मचारीको रोजगारीलाई समेत जोखिममा पारेको छ। उद्योग बन्द हुँदा किसानले हरियो पत्तीको उचित मूल्य पाउन सकेका छैनन् भने श्रमिकको आम्दानीसमेत प्रभावित हुन थालेको छ।
वार्षिक १२ देखि १४ अर्ब रुपैयाँको कारोबार गर्ने नेपाली चिया क्षेत्रले करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात गर्दै आएको छ। निर्यात अवरुद्ध हुँदा गोदाममा चिया थन्किन थालेको छ, जसले गुणस्तर र बजार दुवैमा असर पार्ने खतरा बढाएको छ।
उद्योगीहरू उत्पादन बिक्री नहुने, किसानलाई भुक्तानी गर्नुपर्ने, श्रमिकको तलब, बैंक ऋण, विद्युत् महसुल र कर तिर्नुपर्ने दोहोरो दबाबमा छन्। यदि समस्या लामो समयसम्म समाधान नभए धेरै उद्योग स्थायी रूपमा बन्द हुने जोखिम देखिएको छ।
गतिशील लोकतान्त्रिक पार्टीले नेपाल सरकारलाई तत्काल भारतसँग उच्चस्तरीय कूटनीतिक संवाद गरी निर्यातमा देखिएको अवरोध हटाउन, चिया किसान र उद्योगको संरक्षणका लागि विशेष राहत कार्यक्रम ल्याउन तथा वैकल्पिक अन्तर्राष्ट्रिय बजार खोज्न आग्रह गरेको छ।
पार्टीका कृषि तथा पशुपक्षी विभाग संयोजक डा. रामचन्द्र खनालले चिया क्षेत्रको संकटलाई सामान्य व्यापारिक समस्या नभई राष्ट्रिय अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने बताएका छन्।
उनले ६० हजारभन्दा बढी श्रमिकको भविष्य, हजारौँ किसानको जीविका र अर्बौँ रुपैयाँको निर्यात व्यापार जोगाउन सरकारले तत्काल ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - १९:३९
काठमाडौं । सांसद हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ‘निमित्त प्रधानमन्त्री’ भन्दै प्रतिनिधिसभामा व्यङ्ग्य गरेका छन्। बिहीबार संसद् ब...
आषाढ़ ४ गते, २०८३ - १९:३७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणलाई डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने भएको छ। यस अभियानको औप...
आषाढ़ ४ गते, २०८३ - १९:३३
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नेपाली सेनालाई खटाएको भनी संसद्मा उठेका प्रश्नको जवाफ दि...
आषाढ़ ४ गते, २०८३ - १९:३१
काठमाडौं । नेपालको प्रमुख निर्यातजन्य उत्पादनमध्ये एक चिया उद्योग यतिबेला गम्भीर संकटमा परेको छ। भारतले लागू गरेको नयाँ कार्य सञ्चालन मापदण्डका कारण न...
आषाढ़ ४ गते, २०८३ - ०७:४८
दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले चौथो ‘बिश्वकर्मा भलिबल कप–२०२६’ आयोज...
आषाढ़ ४ गते, २०८३ - ०७:३६
जनकपुरधाम । चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका मधेसवासीको दैनिकी कठिन बन्दै गएको छ। दिनहुँ हुने अघोषित विद्युत् कटौतीले जनजीव...
आषाढ़ ४ गते, २०८३ - ०७:३०
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज टोरन्टो रंगशालामा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। ...
आषाढ़ ४ गते, २०८३ - ०७:२७
बाँके । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी छोड्न थालेपछि बाँकेका किसान खुसी भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप...
आषाढ़ ४ गते, २०८३ - ०७:१५
काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...
आषाढ़ ४ गते, २०८३ - ०७:१०
काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...



प्रतिकृया लेख्नुहोस्: