Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

सञ्चारसँग सम्बन्धित नीति तथा कानून समयसापेक्ष निर्माण तथा परिमार्जन हुँदैछ : मन्त्री कार्की

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना, सञ्चार तथा प्रविधिसँग सम्बन्धित नीति तथा कानून समयसापेक्ष निर्माण तथा परिमार्जन गर्ने तयारी भइरहेको बताएका छन् । 

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७९ को अवसरमा सञ्चार मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विकास र विस्तारबाट समुन्नत राष्ट्र निर्माणको आधार गर्ने बाटोमा सरकार अगाडि बढिरेहको जानकारी दिए। 

उनले भने, “आइसिटीको क्षेत्रमा भएको विकाससँगै बढेको चुनौतीको सामना गर्नसमेत सरकारले नीतिगत व्यवस्था गर्ने कार्य अगाडि बढाएको छ, आइसिटीलाई व्यवस्थित गर्नका लागि सरकारले नीतिगत, कानूनी र संरचनागत तथा प्रक्रिया निर्माण, परिमार्जन र सुधारका कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ ।” 

डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई तीव्रताका साथ अगाडि बढाइएको बताउँदै मन्त्री कार्कीले विभिन्न निकायबाट प्रदान गरिएका सार्वजनिक सेवालाई नागरिक एप्समा आबद्ध गर्ने कार्य भइरहेको जानकारीसमेत दिए । व्यवस्थित तथा सुरक्षित साइबर स्पेसका लागि साइबर सुरक्षा नीतिको कार्य अगाडि बढाउनुका साथै साइबर सुरक्षा केन्द्र स्थापनाको कार्यलाई प्राथमिकतामा राखिएको र संवेदनशील पूर्वाधारलाई २४सै घण्टा निगरानी गर्ने गरी पूर्वाधार तथा जनशक्तिको व्यवस्था गरिएको उनको भनाइ छ । 

मन्त्री कार्कीले सञ्चालनमा रहेका डाटा सेन्टरको पुनरावलोकन गर्नुका साथै डाटा सेन्टर स्थापना कार्य अगाडि बढाउँदै ब्रोडब्याण्ड सेवा विस्तारको कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको र मुलुकका सबै सामुदायिक माध्यमिक विद्यालय, स्वास्थ्य केन्द्र र स्थानीय तहमा ब्रोडब्याण्ड सेवा विस्तार गर्नुका साथै आधारभूत विद्यालयमा उच्च गतिको इन्टरनेट सेवा पु¥याउने कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो । एक हजार सामुदायिक, प्राथमिक र माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरी सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । मन्त्री कार्कीले भने, “आजको युग, सूचना तथा सञ्चार प्रविधिको युग हो, सञ्चार तथा सूचना प्रविधिको प्रयोग, विकास र विस्तारमा समग्र देशको विकासको परिकल्पना गर्न कठिन छ, सूचना तथा सञ्चार प्रविधि आजको आवश्यकता मात्रै नभएर अपरिहार्यता पनि हो ।”

 मानवजीवनलाई सहज, सरल र समृद्ध बनाउनका लागि सूचना तथा सञ्चार प्रविधिले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले आइसिटीको प्रयोगको विकास र विस्तारले सार्वजनिक सेवा थप प्रभावकारी, विश्वसनीय, सुरक्षित, सरल, सहज र गुणस्तरीययुक्त भई सामाजिक तथा आर्थिक विकासको माध्यमबाट दिगो विकास र गरिबी न्यूनीकरणका लक्ष्य हासिल गरी समग्र देश विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

वर्तमान सरकारको विगतको अनुभव, विगतका नीति तथा समयसँगै बदलिएको सोचअनुरूप आइसिटीको क्षेत्रमा गुणात्मक विकास गरिने नीति लिइएको उनले बताए । 

सरकारका मुख्य सचिव शङ्कर वैरागीले सूचना, सञ्चार प्रविधिको सदुपयोग भन्दा पनि दुरुपयोग बढी भइरहेको बताउँदै प्रविधिलाई सिर्जनात्मक कार्यमा प्रयोग गर्न आग्रह गर्नुभयो । सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को सपना पूरा गर्ने गरी आफ्ना क्रियाकलापलाई तीव्रता दिँदै आएको बताउनुभयो । 

सरकारले आइसिटी क्षेत्रमा विशेष योगदान पु¥याएवापत लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष इञ्जिनीयर पङ्कज जलानलाई ‘आइसिटी अवार्ड–२०७९’ प्रदान गरेको छ । त्यसैगरी रोजाकिरण बाशुकला (भक्तपुर), शिवजङ्ग चौलागाईं (सिन्धुली) लाई सोही अवार्ड प्रदान गरिएको छ । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ । 

त्यसैगरी सोही अवार्ड ‘नेपाली सेवा सैनिक मुख्यालय’ र ‘इङ्ग्रील्स प्रालि’ ललितपुरलाई प्रदान गरिएको छ । त्यसैगरी रु ७० हजार राशिसहित विआइसी टेक्सोलोजी प्रालिलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शंकास्पद गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक ललितपुरबाट पक्राउ

ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९  जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...

पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...

मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का रद्द

फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...

शिक्षा मन्त्रालयको सय दिन: शिक्षा क्षेत्रमा सुशासन र डिजिटल सेवा विस्तारमा जोड

काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...

जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको सूचना पाएका थियौँ: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...

संविधान संशोधनअघि उद्देश्य र नियत स्पष्ट हुनुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...

सभामुख अर्याल र साउदी राजदूतबीच भेट, संसदीय सहकार्य र लगानी विस्तारमा जोड

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...

इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, भद्रकालीमा लामो लाइन

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेना सम्झौता भएको दाबी असत्य: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending