Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व : प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन्। 

उनले शुभकामना सन्देशमार्फत धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र संवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। 

प्रधानमन्त्री देउवाले राज्यले पनि यसको संरक्षण, विकास र प्रवद्र्धनको नीति लिएको उल्लेख गर्दै हाम्रा चाडपर्व, सांस्कृतिक रीतिरिवाज र रहनसहनको संरक्षण र संवद्र्धन गर्न यस पर्वले सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। 

उनले यस दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने तथा सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरे। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

अमेरिकी विदेश मन्त्रालयबाट २०१८ को ‘टिप हिरो’ को रूपमा भएकी थिइन् सम्मानित

भारतका प्रसिद्ध गायक सोनु निगम नेपाल आउँदै

काठमाडौँ । भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन्। यही पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात ...

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उहाँले आफू सहित दुईजना...

गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा

गोरखा । गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ ।  सो सेवा अन्तर्गत गर्भवतीला...

रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

काठमाडौँ । आइतवार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...

इपिएस भाषा परीक्षामा तीन हजार १२६ परीक्षार्थी उत्तीर्ण

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन्।  सन् २०२४ मा इपिएसमा...

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’

पर्सा । नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक चार घण्टा विद्युत् कटौती गरेपछि उद्योगी व्यवसायी समस्यामा परेक...

सुनसहित दुई भारतीय नागरिक पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट पाँच सय ४९ दशमलव दुई ग्राम अवैध सुनसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको उ...

भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त ताम...

आसिफ र आरिफका बुबा भन्छन्- नेपाली क्रिकेटले विश्वकप जितेको हेर्ने धोको छ

जसका दुवै सन्तान ‘एनपीएल’का विजेता र उपविजेता बने

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy