काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै जिल्लामा चुनावी माहोल बढ्दै गएको छ । जिल्लाको तीन गाउँपालिकामा ३८४ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
भूमे गाउँपालिका–३ मा एक महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। पालिका र वडामा आवश्यक पद भने १६१ छ ।
निर्वाचन कार्यालयले निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेका छन् । जिल्लामा साना–ठूला गरी नौवटा राजनीतिक दलले चुनावमा भाग लिएका छन् । उम्मेदवारको मनोनय दर्ता भएसँगै आ–आफ्ना पक्षमा मत माग्न नेता तथा कार्यकर्ता उत्साहपूर्वक घरदैलो कार्यक्रमलाई अघि बढाइरहेका छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, राप्रपा, नेपाल मजदुर किसान पार्टी, नेशनल मङ्गोल अगनाइजेशन र राष्ट्रिय जनमोर्चा पार्टीले साथै केही स्वतन्त्र व्यक्तिले निर्वाचनमा भाग लिएका निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था पूरा भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए।
शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने साझा दायित्व भएकाले सबै क्षेत्रबाट सहयोग पाउनेमा आफूहरू आशावादी भएको सरकारी अधिकारीले जनाएका छन् । निर्वाचन लक्षित जिल्लाका विभिन्न ठाउँमा सुरक्षा निकाय खटिने क्रम जारी छ । जिल्लामा ३५ मतदानस्थल तथा ४९ वटा मतदान केन्द्र छन् ।
जिल्लामा राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारलाई तीव्र पारेका छन् । चुनावमा भाग लिने ती दलहरूले पालिकादेखि वडास्तरसम्म प्रचार–प्रसार अभियानलाई तीव्र पारेका हुन् । माओवादीले तीनवटै पालिका तथा ३१ वटै वडामा चुनावी प्रचारलाई तीव्र पार्नुका साथै पालिका तथा वडास्तरबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेर घरदैलो कार्यक्रममार्फत मत माग्न थालेको छ ।
यस्तै कांग्रेसले पनि चुनावी अभियान सुरु गरेको छ । चुनावी घोषणापत्र निर्माणको काम अन्तिम चरणमा पुगेको कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवं कार्यालय सचिव लीलाराम बुढाले बताए।
एमालेले पनि घोषणापत्र सार्वजनिक गरेर चुनावी अभियानलाई तीव्र पारेको छ । यस्तै एकीकृत समाजवादीले पनि भेटघाट तथा घरदैलो अभियान सुरु गरेको छ । राप्रपाले पनि चुनावी प्रचारप्रसार तथा घरदैलो अभियान कार्यक्रमलाई तीव्र पारेको छ ।
साथै जिल्लास्थित अन्य दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरूले पनि चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गर्दै हिँडेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - ०८:४३
चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...
फाल्गुन २२ गते, २०८२ - ०८:४१
काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...
फाल्गुन २२ गते, २०८२ - ०८:३७
काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...
फाल्गुन २२ गते, २०८२ - ०८:३४
काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...
फाल्गुन २२ गते, २०८२ - ०८:२८
काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...
फाल्गुन २२ गते, २०८२ - ०८:१२
कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...
फाल्गुन २२ गते, २०८२ - ०८:१०
दमौली । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...
फाल्गुन २२ गते, २०८२ - ०८:०७
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...
फाल्गुन २२ गते, २०८२ - ०८:०४
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...
फाल्गुन २२ गते, २०८२ - ०७:४५
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...



प्रतिकृया लेख्नुहोस्: