काठमाडौं । नेकपा एमालेका काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि स्पष्टीकरण सोधेको छ।
काठमाडौं महानगर स्वतन्त्र उम्मेदवार बालेन साहलाई अराजनीतिक टिप्पणी गरेपछि स्थापितलाई आयोगले स्पष्टीकरण सोधेको हो।
स्थापिलतले बालेनलाई एउटा फुच्चे भन्ने बालेन साह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ भन्ने अभिव्यक्तिप्रति आयोगले स्थापितसँग २४ घण्टे स्पष्टीकरण पेस गर्न भनेको छ ।
सोमबार जारी आयोगको पत्रमा भनिएको छ, 'आचारसंहिता, २०७८ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणको खण्ड (ढ) र खण्ड (थ) मा रहेको व्यवस्था साथै दफा १२, जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा पालना गर्नुपर्ने आचरणको खण्ड ९प० अनुकूल नभएकाले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरढण पेस गर्नुहुन निर्णायानुसार अनुरोध छ ।'
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ र १३ साथै स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ३१ र ३२ बमोजिमको योग्यता पुगेको व्यक्ति उमेदवार हुन पाउने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ ।
यसअघि, सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति पनि आयोगले स्पष्टीकरण सोधेको थियो ।
आयोगले मंगलबार उम्मेदवारदेखि प्रधानाध्यापक र मन्त्रीसम्मसँग स्पष्टीकरण मागेको छ। आयोगले सत्ता घटक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित प्रदेशका मन्त्री, जनप्रतिनिधि, उम्मेदवार र प्रधानाध्यापकसँग २४ घण्टादेखि तीन दिनसम्म समय दिएर स्पष्टीकरण माग गरेको छ।
निर्वाचन आचारसंहिता प्रतिकुल गतिविधि गरेको भन्दै आयोगले बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई २४ घण्टे स्पष्टीकरण मागेको छ।
आयोगले रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेलाई पनि २४ घण्टे स्पष्टीकरण मागेको छ।
आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै मेलम्ची नगरपालिका १० का अध्यक्ष उम्मेदवार अमृत खनाललाई पनि २४ घण्टे स्पष्टीकरण पेश गर्न आदेश दिएको छ।
निर्वाचन आयोगले माओवादी केन्द्रसँग पनि आचारसंहिता प्रतिकुल गतिविधि गरेको भन्दै तीन दिनभित्र आधार प्रमाणसहित जवाफ माग गरेको छ।
नेपाली कांग्रेस सानेपा ललितपुरसँग पनि आयोगले तीन दिनको समय दिएर जानकारीसहितको जवाफ मागेको छ।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, तथा भयमुक्त बनाउन यसअघि दलले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने प्रतिवद्धता गरेको समेत आयोगले स्मरण गराएको छ।
यसअघि पनि आयोगले आचारसंहिताविपरीतको अभिव्यक्ति दिएको भन्दै कांग्रेसका नेता शशांक कोइराला, नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिका पदका उम्मेदवार केशव स्थापित, नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र नेकपा एकीकृत समाजवादी पार्टीसँग स्पष्टीकरण मागेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - ०७:३९
जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...
मंसिर २५ गते, २०८२ - ०७:३५
काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...
मंसिर २५ गते, २०८२ - ०७:३२
महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...
मंसिर २५ गते, २०८२ - ०७:३०
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी ...
मंसिर २५ गते, २०८२ - ०७:२६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...
मंसिर २५ गते, २०८२ - ०७:२२
बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...
मंसिर २५ गते, २०८२ - ०७:१८
काठमाडौँ । चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...
मंसिर २५ गते, २०८२ - ०७:०६
काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ...
मंसिर २५ गते, २०८२ - ०७:०३
पर्सा । सङ्घीय सरकारले २०७७ सालमा पहिलो चरणमा पर्साका चार पालिकासहित मुलुकभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सार्यो । योजन...
मंसिर २५ गते, २०८२ - ०६:५९
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढ...




प्रतिकृया लेख्नुहोस्: