Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

बालेनलाई 'अन्तर्राष्ट्रिय ठग' भनेपछि आयोगले फेरि सोध्यो केशव स्थापितलाई स्पष्टीकरण

आयोग रमिते, उम्मेदवारदेखि मन्त्रीसम्म आचारसंहिता उल्लंघन गर्नेमा

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि स्पष्टीकरण सोधेको छ। 

काठमाडौं महानगर स्वतन्त्र उम्मेदवार बालेन साहलाई अराजनीतिक टिप्पणी गरेपछि स्थापितलाई आयोगले स्पष्टीकरण सोधेको हो। 

स्थापिलतले बालेनलाई एउटा फुच्चे भन्ने बालेन साह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ भन्ने अभिव्यक्तिप्रति आयोगले स्थापितसँग २४ घण्टे स्पष्टीकरण पेस गर्न भनेको छ ।

सोमबार जारी आयोगको पत्रमा भनिएको छ, 'आचारसंहिता, २०७८ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणको खण्ड (ढ) र खण्ड (थ) मा रहेको व्यवस्था साथै दफा १२, जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा पालना गर्नुपर्ने आचरणको खण्ड ९प० अनुकूल नभएकाले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरढण पेस गर्नुहुन निर्णायानुसार अनुरोध छ ।'

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ र १३ साथै स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ३१ र ३२ बमोजिमको योग्यता पुगेको व्यक्ति उमेदवार हुन पाउने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ ।

यसअघि, सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति पनि आयोगले स्पष्टीकरण सोधेको थियो ।

आयोगले मंगलबार उम्मेदवारदेखि प्रधानाध्यापक र मन्त्रीसम्मसँग स्पष्टीकरण मागेको छ। आयोगले सत्ता घटक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित प्रदेशका मन्त्री, जनप्रतिनिधि, उम्मेदवार र प्रधानाध्यापकसँग २४ घण्टादेखि तीन दिनसम्म समय दिएर स्पष्टीकरण माग गरेको छ। 

निर्वाचन आचारसंहिता प्रतिकुल गतिविधि गरेको भन्दै आयोगले बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई २४ घण्टे स्पष्टीकरण मागेको छ। 

आयोगले रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेलाई पनि २४ घण्टे स्पष्टीकरण मागेको छ। 

आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै मेलम्ची नगरपालिका १० का अध्यक्ष उम्मेदवार अमृत खनाललाई पनि २४ घण्टे स्पष्टीकरण पेश गर्न आदेश दिएको छ।

निर्वाचन आयोगले माओवादी केन्द्रसँग पनि आचारसंहिता प्रतिकुल गतिविधि गरेको भन्दै तीन दिनभित्र आधार प्रमाणसहित जवाफ माग गरेको छ। 

नेपाली कांग्रेस सानेपा ललितपुरसँग पनि आयोगले तीन दिनको समय दिएर जानकारीसहितको जवाफ मागेको छ। 

निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, तथा भयमुक्त बनाउन यसअघि दलले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने प्रतिवद्धता गरेको समेत आयोगले स्मरण गराएको छ। 

यसअघि पनि आयोगले आचारसंहिताविपरीतको अभिव्यक्ति दिएको भन्दै कांग्रेसका नेता शशांक कोइराला, नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिका पदका उम्मेदवार केशव स्थापित, नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र नेकपा एकीकृत समाजवादी पार्टीसँग स्पष्टीकरण मागेको थियो। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending