Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

ऐतिहासिक नगरी कीर्तिपुरमा विकासको खाका खोज्दै मतदाता

खबरडबली संवाददाता
काठमाडौं। काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरीको रुपमा रहेको कीर्तिपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोलले ढपक्कै छोपेको छ । विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवार मतदातासँग मत माग्न व्यस्त छन् । लामो राजनीतिक इतिहास बोकेको यस नगरलाई थप समृद्ध बनाउने संकल्प बोकेर उम्मेदवार मतदाताको घरदैल्होमा पुग्दा स्थानीयले विगतमा गरिएका प्रतिबद्धता के कति पूरा भए भनेर उम्मेदवारसँग जिज्ञासा राखेका छन् ।
 
त्रिभुवन विश्वविद्यालय नजिकै हुनु, शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति हुन जस्ता कारणले कीर्तिपुरका मतदाता सचेत देखिएका छन् । परम्परागत नेवारी बस्ती र सभ्यतासँग जोडिएको स्थल भएकाले पनि कीर्तिपुरको आफ्नै महत्व र विशेषता छ । भौतिक विकासका दृष्टिले पछाडि परेको भन्दै कीर्तिपुरवासीले स्थानीय तहको निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग जमेर प्रश्न गरेका छन् । भौतिक तथा मानवीय विकासका लागि स्पष्ट कार्ययोजना के छ भनेर उम्मेदवारसँग जिज्ञासा राख्नेमा विजेन श्रेष्ठ पनि एक हुनुहुन्छ ।
 
राजधानी नजिकको नगरपालिका भएर पनि मानवीय र भौतिक विकासमा पछाडि पर्नुको पछाडि ‘बत्ती मुनीको अध्यारो’ भने जस्तै त होइन भन्ने जिज्ञासा राखेको जानकारी दिँदै सुष्मलता महर्जनले निर्वाचनमा विजयी हुने उम्मेदवारले नगरवासीको मनोभावनालाई आत्मसात् गर्नुपर्ने बताउछन् ।
 
निर्वाचित भएर गएपछि जनताको दैनिक समस्यासँग जोडिने जनप्रतिनिधिको खोजीमा देखिन्छन् कीर्तिपुरका मतदाता । पांगा दोबाटोमा भेटिएका स्थानीय मतदाताले एकै स्वरमा रासससँगको कुराकानीमा भने, “विकास र समृद्धि हाम्रो चाहना हो । जनप्रतिनिधि सेवक बन्नुपर्छ । हामी त्यस्तै उम्मेदवारको पक्षमा छौँ ।” नगरका प्रमुख क्षेत्रमा राजनीतिक दलका उम्मेदवारदेखि समर्थकले आआफ्ना पार्टीको पक्षमा मत माग्ने, केही सिर्जनात्मक ढङ्गले प्रचारप्रसार गरिरहेका भेटिन्छ ।
 
आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर भएकाले पनि कीर्तिपुरले निरन्तर परिवर्तनको यात्रा तय गरेको छ । नेवार जातिको मुख्य बसोबास रहेको ऐतिहासिक कीर्तिपुर नगर विसं २०५३ चैत १४ गते तत्कालीन आठ गाविस ९लायकु, चिठु बिहार, पालिफल, बाहिरी गाउँ, पाँगा विष्णुदेवी, पाँगा बालकुमारी, चोभार भुतखेल र चम्पादेवी० गाभेर गठन गरिएको हो । नगरपालिका ऐन, २०४८ अनुसार स्थापना भएको सो नगर मल्ल कालदेखि नै कला र संस्कृतिले धनी छ ।
 
आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाइलामा भाग लिँदै आइरहेको छ । लोकतान्त्रिक आन्दोलनमा कीर्तिपुरले उल्लेखनीय भूमिका खेलेको तथ्य कोही कसैले कसी लगाइदिनुपर्ने पनि छैन । व्यावसायिक रुपले पनि यस नगर विभिन्न औद्योगिक कलकारखानाका साथै सडक यातायत, बजारको व्यवस्था, खानेपानी, बिजुली, सञ्चार उपलब्ध छ । नेपालकै सबैभन्दा पुरानो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा छ । कीर्तिपुर सहरको उत्तरमा काठमाडौँ महानगरपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका पूर्वमा बागमती नदी र ललितपुर महानगरपालिका, पश्चिममा चन्द्रागिरि नगरपालिका पर्दछ । यस कीर्तिपुर नगरपालिकाको कूल क्षेत्रफल १४।७६ वर्ग कि।मी। छ ।
 
कीर्तिपुर नगरमा कीर्तिपुरलगायत पाँगा, चोभार, भाजंगल, टौदह, ट्याँङ्गला फाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, नयाँ बजार र भत्क्यापाटी आदी प्रमुख स्थानका रुपमा परिचित छन् । सहरको अधिकांश भाग कृषि क्षेत्र र जङ्गलले ढाकेको छ । यस नगरमा सडक तथा गल्ली उल्लेखनीय विकास नभएको स्वयं कीर्तिपुर नगरपालिकाले स्वीकार गरेको छ ।
 
कालोपत्रे सडक ३५ किलोमिटर, ग्राभेल सडक ४० किलोमिटर र  कच्ची सडक ३५ किलोमिटर छ । नगरपालिकाले काठमाडाँ चक्रपथलाई उत्तर पट्टी छोएको छ भने दक्षिणकाली जानेमा एक किलोमिटर भन्दा पनि कम दुरीमा छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक सम्पदाले भरिपूणर् यस नगरपालिका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका धरोहरले सम्पन्न छ । यस नगरका बासिन्दा सबैभन्दा बढी कृषि पेशामा निर्भर रहेको देखिएता पनि अधिकांश ज्याला मजदुरीका अलावा घरेलु उद्योग, पसल(व्यवसाय आदि सञ्चालन गरी जीविकोपार्जन गर्दै आइरहेको पाइन्छ । यो नगर खुल्ला दिसामुक्त, पूणर् साक्षर र पूणर्खोपयुक्त घोषणा भइसकेको नगरपालिका हो ।
 
विसं २०४६ को जनआन्दोलनमा कीर्तिपुरको भूमिका महत्वपूणर् र ऐतिहासिक रहेको तथ्य नेपालको इतिहासमा स्वणर् अक्षरमा लेखिएको छ । जनआन्दोलन उत्कर्षमा पुगेका बेला विसं २०४६ चैत २० गते चार जनाको शहादत प्राप्त भएको थियो । प्रहरीको गोलीबाट लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली र राजेन्द्र महर्जनको शहादत भएको थियो । चुनावी चहलपहल बढेसँगै नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आफूलाई श्रेष्ठ सावित गर्ने प्रयास गरिरहेका छन् ।
 
कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि १४ जनाको उम्मेदवारी परेको छ । उपप्रमुखमा ११ जनाको उम्मेदवारी छ । कूल २३७ जनाको उम्मेदवारी परेको छ । कीर्तिपुर नगरपालिकामा सत्तारुढ गठबन्धनका बीचमा सहमति हुन नसकेपछि आआफ्ना उम्मेदवार चुनावी मैदानमा छन् । चुनावी मैदानमा एमालेका केशरत्न बज्राचार्य, नेपाली कांग्रेसका राजकुमार नकर्मी र नेकपा ९माओवादी केन्द्र०का तर्फबाट प्रा डा शिवशरण महर्जन, एकीकृत समाजवादीबाट बटुकृष्ण थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका जितबहादुर विष्ट, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनलगायतले प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ ।
 
उपप्रमुखमा एमालेका बिन्दु महर्जन, कांग्रेस शुभलक्ष्मी शाक्य र माओवादी केन्द्रका सुशिला बस्नेत, एकीकृत समाजवादीका  कमला महर्जनलगायतको उम्मेदवारी परेको छ । वडाध्यक्षका उम्मेदवारमा ५५, वडा सदस्यमा ९१, महिला सदस्यमा ४३ तथा दलित महिला सदस्यमा २३ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्य मध्ये केही निविरोध निर्वाचित भइसक्नुभएको छ । माओवादीका तर्फबाट प्रमुखका उम्मेदवार प्रा डा शिवशरण महर्जनले शैक्षिक उन्नयन, सुशासन, भ्रष्टाचारमुक्त वातावरण, नागरिकको जनजीविकाको विकास, स्वास्थ्य, विकास निर्माण र रोजगारीको व्यवस्थालगायतका विषय नै आफूहरुको प्रमुख एजेण्डा भएको जानकारी दिनुभयो ।  इटागोल ९यतुगः० वडा नम्बर ७ को सम्पर्क कार्यालय उद्घाटनको क्रममा भेटिनुभएका महर्जनले सामाजिक आर्थिक रुपमा कीर्तिपुर र कीर्तिपुरवासीलाई समृद्ध बनाउने आफ्नो एजेण्डा रहेको बताउनुभयो ।
 
विसं २०५५ मा तत्कालीन नेकपा ९माओवादी०को विशेष उपत्यका ब्युरोको बैठक पार्टीका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेता इटागोलमा एकहप्ता बसेकाले पनि यस टोल ९माओवादी० पार्टीको लागि महत्वको रहेको उहाँको भनाइ छ । त्रिभुवन विश्वविद्यालयका केन्द्रीय शिक्षा विभागका प्रमुखको भूमिका निर्वाह गर्नुभएका प्रा डा महर्जनले आफू प्रमुखमा विजय भए आफ्नो पारिश्रमिक तथा तलब सामाजिक सेवामा नै समर्पित गर्ने घोषणा गरिसक्नुभएको छ । कीर्तिपुर क्षेत्रमा विभिन्न सामाजिक, शैक्षिक, सहकारी, यातायात, खानेपानी, सामाजिक कार्यहरुमा उहाँको महत्वपूणर् योगदान छ ।
 
उपप्रमुख पदका उम्मेदवार सुशीला बस्नेत विगतका असफलताबाट पाठ सिक्दै महिलाको अधिकार सुनिश्चित गर्दै कीर्तिपुर नगर र नगरवासीको भाग्य र भविष्य बदल्नका लागि आफूले उम्मेदवारी दिएको बताउनुहुन्छ । कांग्रेसबाट प्रमुखको उम्मेदवार रहनुभएका राजकुमार नकर्मी पनि मतदाताका बीचमा कीर्तिपुरको विकासका विविध योजनाहरु अघि सारेर गएको र सकारात्मक प्रतिक्रिया पाएको बताउनुहुन्छ । उपप्रमुखको उम्मेदवार शुभलक्ष्मी शाक्यले पनि आफूहरु निरन्तर निर्वाचन केन्द्रीत अभियान लिएर जनताको घर दैल्होमा पुगेको जानकारी दिनुभयो ।
 
एमालेका तर्फबाट प्रमुखका उम्मेदवार केशरत्न बज्राचार्य पनि निर्वाचन अभियानमा हुनुहुन्छ । अन्य तथा स्वतन्त्र उम्मेदवार पनि मतदातालाई आकर्षित गर्न लागिपरेका छन् । आर्थिक तथा अन्य औद्योगिक गतिविधिसमेत क्रमशः विस्तारित हुँदै गएको यस नगरका मतदाताले कस्ता उम्मेदवारलाई चयन गर्लान् भन्ने जिज्ञासाको उत्तर भने वैशाख ३० गते नै दिनेछन् ।
 
हालै मात्र सोही नगरको चोभारमा सुक्खा बन्दरगाह सञ्चालनमा आइसकेको छ । काठमाडौँ तराई मधेश द्रूतमार्ग, काठमाडौँ हेटौडा सडकलगायतले आर्थिक विकासलाई अगाडि बढाउन सहयोग पुगेको र यस नगरले खोजेको थप प्रगतिलाई राजनीतिक दलका उम्मेदवारले सम्बोधन गर्नेछमा मतदाता ढुक्क देखिएका छन् । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शंकास्पद गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक ललितपुरबाट पक्राउ

ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९  जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...

पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...

मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का रद्द

फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...

शिक्षा मन्त्रालयको सय दिन: शिक्षा क्षेत्रमा सुशासन र डिजिटल सेवा विस्तारमा जोड

काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...

जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको सूचना पाएका थियौँ: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...

संविधान संशोधनअघि उद्देश्य र नियत स्पष्ट हुनुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...

सभामुख अर्याल र साउदी राजदूतबीच भेट, संसदीय सहकार्य र लगानी विस्तारमा जोड

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...

इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, भद्रकालीमा लामो लाइन

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेना सम्झौता भएको दाबी असत्य: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending