Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

बाँकेमा डुबान–कटान समस्या सुल्झाउनेलाई भोट

खबरडबली संवाददाता
बाँके । बाँकेको राप्ती तटीय क्षेत्रका स्थानीयले बस्ती डुबान र कटानको समस्या सुल्झाउन माग गरेका छन् । स्थानीय निर्वाचन नजिकिँदै गर्दा राप्ती नदी प्रभावित क्षेत्रका स्थानीयले उम्मेदवारसँग डुबान र कटानको समस्या दिर्घकालीनरुपमा समाधान गर्न माग गरेका हुन् । 
 
बर्सेनि डुबान र कटानको समस्या झेल्दै आएका उनीहरुले निर्वाचनमा मत माग्न आउने राजनीतिक दलका नेता तथा उम्मेदवारलाई जमिन कटान र बस्ती डुबानमा पर्ने समस्याको दिगो समाधानका लागि तटबन्धको व्यवस्था गरिदिन माग गरेका छन् । “बर्सेनि हुने डुबान र कटानको समस्या समाधानका लागि काम गर्न सक्नेलाई मात्रै हामीले भोट दिने विचार गरेका छौँ”, डुडुवा गाउँपालिका–१ होलियाका राजकुमार शुक्लाले भने । उनले आफुहरू राप्ती नदीबाट हुने डुबान र कटानबाट धेरै पीडित भएकाले अहिलेसम्म सरोकारवाला निकायले समस्याको समाधानार्थ कुनै पहल नगरेको बताए ।
 
लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिका सचिवसमेत रहनुभएका शुक्लाले अहिले चुनावका बेला घरघरमा आएर भोट मागे पनि चुनाव जितेपछि गाउँपालिका अध्यक्ष र सांसद फर्केर गाउँ नजाने गरेको गुनासो गर्नुभयो । बाँकेको नेपाल–भारत सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियमविपरीत बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा बर्सेनि बाढी र डुबानको पीडा झेल्दै आएका छन् । 
 
शुक्लाका अनुसार, बाँकेका होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँ क्षेत्रका झण्डै पाँच हजार घरधुरीका करिब २४ हजार नागरिक बाढीबाट प्रभावित हुने गरेका छन् । स्थानीय निर्वाचनमा सबैजसो दलले आफ्नो प्रतिबद्धतापत्रमा राप्ती तटीय क्षेत्रमा हुँदै आएको डुबान तथा कटान नियन्त्रण गर्ने उल्लेख गरेका छन् । कार्यान्वयनमा भने चुनौति देखिँदै आएको छ । 
 
डुडुवा गाउँपालिकाका अध्यक्षका उम्मेदवार नरेन्द्रकुमार चौधरीले जनतालाई डुबान र कटानको समस्याबाट जोगाउन तटबन्ध गरिने प्रतिबद्धता जनाउनुभएको छ । बितेको पाँच वर्षमा डुबान र कटान रोक्न धेरै प्रयास गरिएको बताउँदै डुडुवा गाउँपालिकामा समग्र विकासको लागि आफुले पुनःगाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो । 
यस्तै राप्ती नदी र डुडुवा खोलाले डुडुवा गाउँपालिकाका विभिन्न वडामा खेतीयोग्य जमिन कटान र बस्ती बर्सेनि डुबान हुर्ने समस्याको दिगो समाधान गर्नेगरी आफूले योजना बनाएको डुडुवा गाउँपालिकामा नेकपा एमालेबाट उपाध्यक्षका उम्मेदवार शकील खानले बताउनुभयो । उहाँले गाउँपालिकामा आउने बजेटबाट मात्रै तटबन्धन कार्य सम्भव नहुने भएकाले प्रदेश र केन्द्रीय सरकारसँग समन्वयका आधारमा काम गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रको डुबान र कटानबाट हुने क्षतिलाई तत्कालका लागि न्यूनीकरण गर्न सकिन्छ, ठूलो बजेटलाई प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गर्नेछौँ ।” 
 
राप्ती नदीमा आउने बाढीका कारण राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दासमेत पीडित हुँदै आएका छन् । राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका स्थानीय अगुवा लालबहादुर थापाले बितेको पाँच वर्षमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले बाढीपीडितको समस्या समाधानका लागि काम गर्न नसकेकाले यो निर्वाचनमा जनताको काम गर्ने व्यक्तिलाई मतदान गर्ने बताउनुभयो । 
 
“अन्य पूर्वाधार विकास गर्दै गरौंला तर बस्ती डुवान र कटानबाट जोगाउन अबको जनप्रतिनिधि गम्भीर बन्नैपर्छ”, थापाले भन्नुभयो । उहाँले डुवान र कटानको सममस्या सुल्झाउन प्रतिबद्धता जनाउनेलाई मात्रै भोट दिन स्थानीय ‘एकमत’ भएको बताए
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending