Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

शीर्ष नेता अभियानमा निस्केपछि एकाएक बढ्यो निर्वाचनको माहोल

खबरडबली संवाददाता

काठमाडौं । सत्ता गठबन्धनले एकपछि अर्को आक्रामक अभियान बढाएपछि देशव्यापी रुपमा स्थानीय तहको निर्वाचनको माहोल एकाएक बढेको छ । यही वैशाख ३० गतेका लागि तय भएको निर्वाचनको मिति आउन केही दिन मात्रै बाँकी रहँदा देशभर नै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसमेत अभियानमा केन्द्रित छन् । 

ठबन्धनले बिहीबार भरतपुर महानगरमा संयुक्त चुनावीसभाको आयोजना ग¥यो । यस्तै, शुक्रबार काठमाडौँ महानगरलाई केन्द्रमा राखेर रत्नपार्कमा संयुक्त रुपमा सभामार्फत मतदातासमक्ष मत माग्यो । गठबन्धनका तर्फबाट आज पनि देशका विभिन्न स्थानमा चुनावी सभाहरू आयोजना गरिएको छ । 

बुटवल, तनहुँ, जनकपुरधाममा संयुक्त चुनावी सभा भएका छन् । सत्तारूढ गठबन्धनका तर्फबाट शीर्ष नेताहरूले एकाएक चुनावी माहोल तताउने गरी अभियान केन्द्रित गरेपछि मतदातामा पनि सकारात्मक प्रभाव परेको छ । 

जनकपुरमा आयोजित संयुक्त सभामा गठबन्धनमा आबद्ध पार्टीका शीर्ष नेताहरूले ‘रोड शो’ आयोजना गरी मतदातालाई सक्रिय रुपमा निर्वाचनमा सहभागी हुन आह्वान गरे। 

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सभालाई सम्बोधन गरे।। त्यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका नेता जितेन्द्र देव लगायतका नेताले जनकपुरमा रोड शो आयोजना मात्रै गर्नु भएन, गठबन्धन किन आवश्यक प¥यो भन्ने बारेमा आफ्नो धारणासमेत राखे। 

कार्यक्रममार्फत गठबन्धनका शीर्ष नेताले आफ्नो पक्षमा मतसमेत मागे। संविधान, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वका लागि आफूहरुले साझा मोर्चा बनाएको उल्लेख गर्दै उनीहरूले सक्रियताका साथ निर्वाचनमा सहभागी हुन आग्रहसमेत गरे। 

गठबन्धनका तर्फबाट शीर्ष नेता नै देशव्यापी रुपमा चुनावी अभियानमा निस्केपछि एकाएक निर्वाचनको माहोल बढेको र मतदाता पनि योग्य उम्मेदवार छनोट गर्ने दिनको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । निर्वाचन आयोगले पनि मतदानका लागि आवश्यक तयारी युद्धस्तरमा अगाडि बढाएको छ ।  

गठबन्धनले ६ वटा महानगर, ११ उपमहानगरलगायत देशभर नै संयुक्त उम्मेदवार खडा गरेका छन् । चितवनको भरतपुरमा रेणु दाहाल प्रमुख र चित्रसेन अधिकारी उपप्रमुखको उम्मेदवार छन्।  काठमाडौँ महानगरको प्रमुखमा सिर्जना सिंह र उपप्रमुखमा रामेश्वर श्रेष्ठ उम्मेदवार छन्। 

तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताए। उनले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको उल्लेख गरे। 

सभापति देउवाले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने दाबी गरे। 

प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव हुन्छ भन्ने कुरा कमैले पत्याएको भन्दै देश चुनावमा होमिएको बताए। “धेरैलाई चुनाव हुन्छ र भन्ने भ्रम थियो, तर देशमा चुनावको माहोल छ”, देउवाले भने ।  

प्रधानमन्त्री देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट जनताले मुक्ति पाएको भन्दै केपी ओलीको नेतृत्वमा संसद् अवरुद्ध गरी सरकारलाई काम गर्न नदिइएको बताए। 

त्यसअघि बुटवलमा आयोजित सभामा पनि प्रधानमनत्रीले गठबन्धनको आवश्यकता र अमेरिकी सहयोग परियोजनाका सन्दर्भमा आफ्नो मन्तव्यलाई केन्द्रित गरे। त्यति मात्रै नभई उहाँले बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

हालै संसद्बाट अनुमोदन भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विनाब्याजको अमेरिकी अनुदानको परियोजना भएको स्पष्ट पारे। 

स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी सङ्ख्यामा उम्मेदवारी परेको मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित संयुक्त चुनावी सभाको राजनीतिक महत्व रहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, “मधेस र मधेसी जनताको सुखदुःखको पार्टी नै माओवादी हो ।” 

निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ४० हजार ९२४ उम्मेदवारी परेको जनाएको छ । अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा झन्डै दोब्बर उम्मेदवारी परेको छ । मधेस प्रदेशमा नगरपालिकाको प्रमुखमा एक हजार ४२० जनाको उम्मेदवारी, उपप्रमुख ६३८, गाउँपालिकाका अध्यक्ष ८९३, उपाध्यक्ष ४७९ उम्मेदवारी परेको छ । मधेसमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी कूल १३६ स्थानीय तह छन् । 

गठन्धनले आइतबार मात्रै देशका तीन स्थानमा संयुक्त चुनावी सभा आयोजना गरेका छन् । कास्कीको पोखरा महानगरपालिकामा आइतबार बिहान ११ बजे सभा आयोजना गरिएको छ । दिउँसो दाङको घोराही र तुल्सीपुरमा संयुक्त कार्यक्रम हुनेछन् । 

यस्तै, २६ गते धनगढी र २७ गते बाराबो जितपुर सिमरामा चुनावी अभियानअन्तर्गत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । 

चुनावी सभालाई जनकपुरमा सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन गरिएको बताए। 

उनले शीर्ष नेताहरूको साझा प्रयासका कारण देशभर नै निर्वाचनको माहोल बढेर गएकामा प्रसन्नता व्यक्त गर्दै इमान्दार भएर अभियानमा लाग्नसमेत सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे। 

त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओली पनि चुनावी अभियानमा सक्रिय रहनुभएको सो पार्टीले जनाएको छ । स्वतन्त्र उम्मेदवारले पनि आ–आफ्नो एजेन्डा लिएर अभियानमा केन्द्रित भएका छन् । यसले अपेक्षित रुपमा नै चुनावी अभियान सक्रिय रुपमा अगाडि बढेको छ । 

नेपालको संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई सुदृढ मात्रै गर्दैन जनताले घरआँगनमा नै आफ्नो सरकार पाउँछन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending