धनुषा । धनुषामा एक वडा अध्यक्षका उम्मेदवारलाई लक्षित गर्दै स्थानीय उच्छृंखल तत्वहरुको एक समूहले पराजित मानसिकताबाट ग्रस्त भई निर्मम कुटपीट गरेकोप्रति नेकपा माओवादी केन्द्र धनुषाका अध्यक्ष देवेन्द्र कुमार यादव दिपकले घोरभत्र्सना गरेका छन् ।
यही बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट धनुषाको कमला नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षका उम्मेदवार रहेका सर्वदेव यादवको घरमै गएर स्थानीयहरुको एक हुलले उनको घरको ढोका फोड्नेदेखि घरपछाडि तर्फबाट माटो खनेर घर भित्र प्रवेश गरेर ज्यान मार्ने योजनासहित आएका सो समूहले उनको बुवालाई निर्ममढंगले कुटपीट गरेको भन्दै जिल्ला अध्यक्ष दिपकले घटनाको निन्दा समेत गरेका छन् ।
अध्यक्ष यादवले घटना घटेको एक दिन वित्दा पनि अहिलेसम्म स्थानीय प्रहरी प्रशासनले घटनामा संग्लन रहेकाहरुलाई पक्राउ गरि कानूनी कारवाही प्रक्रिया समेत अघि नबढाउनु विडम्बना रहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
उनले आततायीहरुको एक समूहले बुधबारको मध्यरातमा हत्या गर्ने योजना अनुसार उम्मेदवारको घरमै पसेर हत्या गर्न प्रयास विफल भएपछि उनका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई आँगनमै सुतिरहेको बेलामा उनको टाउको, ढाडसहित शरीर भरि नै मर्नासन्न हुने गरि खुकुरी, चक्कु र रडले जथाभावी प्रहार गरि गम्भिर घाइते बनाएको थियो । संचारकर्मीहरुसंग कुराकानी गर्दै उनले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।
उनले सर्वदेवको पक्षमा व्यापक जनसमर्थन बढिरहेको देख्न नसकेपछि राजनीतिक प्रतिशोध साँध्नकै लागि उनीमाथि हत्याको योजना बुनेर धारिलो हतियारले आक्रमण गरेको बताए ।
घटना घटेको एक दिन वित्दा पनि स्थानीय प्रहरी प्रशासनले घटनामा संलग्न रहेकाहरुलाई अहिलेसम्म पनि कानूनी कारवाही गर्न नसक्नु दुःखद रहेको उनको भनाई छ ।उनले गाउँ समाजमा उम्मेदवार नै असुरक्षित रहेपछि सर्वसाधारणलाई शान्ति सुरक्षाको व्यवस्था प्रत्याभुति गराउन प्रहरी प्रशासन पूर्णरुपेण असफल भएको समेत आरोप लगाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - ०७:०६
काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ...
मंसिर २५ गते, २०८२ - ०७:०३
पर्सा । सङ्घीय सरकारले २०७७ सालमा पहिलो चरणमा पर्साका चार पालिकासहित मुलुकभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सार्यो । योजन...
मंसिर २५ गते, २०८२ - ०६:५९
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढ...
मंसिर २५ गते, २०८२ - ०६:५४
काठमाडौँ । नेपाली कम्युष्टि पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारको पूर्ण कार्यान्वयनलाई ...
मंसिर २३ गते, २०८२ - ०९:१९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...
मंसिर २३ गते, २०८२ - ०७:४०
वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...
मंसिर २३ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...
मंसिर २३ गते, २०८२ - ०७:३४
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...
मंसिर २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्...
मंसिर २३ गते, २०८२ - ०७:०४
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...




प्रतिकृया लेख्नुहोस्: