Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

विज्ञसँग छलफल र सहकार्य गरेर काठमाडौँ महानगरलाई अगाडि बढाउँछु : नेत्री सिंह

खबरडबली संवाददाता

काठमाडौं । गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाकी नगरप्रमुखकी उम्मेदवार सिर्जना सिंहले विज्ञहरूसँगको छलफल र सहकार्य गरेर काठमाडौँ महानगरपालिकालाई अगाडि बढाउने बताएका छिन् ।

आज यहाँ आयोजित ‘बुद्धिजीवी भेला एवं छलफल कार्यक्रम’ मा नगरप्रमुखको उम्मेदवार सिंहले विज्ञको सल्लाहमै काठमाडौँ महानगरलाई अगाडि बढाउने बताइन् । “काठमाडौँ महानगरको विकासका लागि कहाँ के गर्न सकिन्छ । सम्बन्धित विषयका विज्ञसँग छलफल गरेर समृद्ध महानगर निर्माणमा लाग्नेछु”, उनले भनिन् । काठमाडौँलाई समृद्ध महानगर बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी काम गर्ने उनको भनाइ छ ।

नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सवल र समुन्नत पूर्वाधार, सवल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी निर्माण आफ्नो मुख्य एजेण्डा भएको भन्दै सोहीअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । आफू मेयर भएकै दिनदेखि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।

उनले महानगरभित्रका गरिब तथा विपन्न जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सुविधा सम्पन्न महानगर अस्पताल खोलेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नेसमेत बताइन् । “महानगरभित्र सुशासन कायम गर्न भ्रष्टाचारमुक्त काठमाडौँ र प्रविधिको प्रयोग गरेर घरबाटै सेवा लिने वातावरण निर्माण गर्छु”,  उनले भनिन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वकीय सचिवको पद खारेज गर्ने निर्णयमा पुनर्विचार गर्न एमाले सांसदको माग

काठमाडौँ । नेकपा एमालेकी सांसद तथा राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सांसदहरूका स्वकीय सचिवको पद खारेज गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्न आग्रह ...

मौलिक परम्परा र वेशभूषा बिर्सन हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमश: हटाउँदै ज...

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ। बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला ...

मन शुद्ध बनाउन योग र ध्यान आवश्यक : शिक्षामन्त्री पुन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्ने बताएको छन् । विश्व ध्यान दिवसको अवसरमा...

सुस्ताको अस्तित्व जोगाउन मन्त्री घिसिङसँग सुस्तावासीको माग

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहनुभएका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई आइतबार सुस्तावासीको समस्याबारे जानकारी...

टुँडिखेलमा यसरी मनाइयो ‘विश्व ध्यान दिवस’

काठमाडौँ। संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ । यस अवसरमा आज बिहान शिक्षा, विज्ञान ...

रास्वपाको केन्द्रीय समिति बैठकबारे आन्तरिक छलफल, रविलाई ३ बजे स्वागत गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफलमा जुटेको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा...

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै, समावेशी कोटामा हेरफेर

काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै गर्दा समावेशी प्रतिनिधित...

मुस्ताङमा ९५ क्यामरामार्फत हुँदै छ हिउँ चितुवाका सर्वेक्षण

मुस्ताङ। मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको एकिन तथ्याङ्क नभ...

सप्तरीको कञ्चनरुपमा आगलागीपछि झडप: दुई जनामाथि चुलेसी प्रहार, पाँच जना फरार

सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending