Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति विरोध

खबरडबली संवाददाता

बागलुङ । सभ्यता बोकेको कालीगण्डकी नदी संरक्षणको मुद्दा दलका चुनावी प्रतिबद्धतापत्रमा नसमेटिएकामा ‘कालीगण्डकी बचाऔँ अभियान’ले आपत्ति जनाएको छ । 

मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा गर्नु र मौनता साँध्नु दलको कमजोरी रहेको उसको ठहर छ ।

अभियानका संयोजक आरके अदीप्त गिरीले त्यसप्रति आफूहरूको गम्भीर आपत्ति रहेको बताए । उनका अनुसार यस क्षेत्रमा रहेका स्थानीय तहका उम्मेदवार र तिनका दल कालीगण्डकी संरक्षणप्रति उदासिन देखिएका छन् ।

“पर्यावरणका विषयमा दलहरूको दृष्टिकोण के हो ? संरक्षणको के योजना छ रु यी विषय त चुनावी प्रतिबद्धतापत्रमा आउनुप¥यो नि”, संयोजक गिरीले भने, “मनलाग्दी दोहनले कालीगण्डकीलगायत नदीहरू सङ्कटमा छन्, यिनलाई कसले जोगाउने ?”

उनले कालीगण्डकी नदीमात्रै नभएर एक सभ्यता पनि भएकाले यसको संरक्षणको विषयलाई सोलोडोलोरूपमा बुझ्न नहुने बताए । “कालीगण्डकी एउटा सभ्यता हो, आफैँमा यो देशकै ठूलोमध्येको एक नदी हो”, संयोजक गिरीले भने, “ढुङ्गागिट्टी उत्खननका नाममा यसमाथि अनियन्त्रित दोहन चलिरहेको छ, नागरिक तहदेखि राज्य संयन्त्र कालीगण्डकी संरक्षणमा गम्भीर बन्नुपर्छ ।”

कतिपय उम्मेदवारका घोषणापत्रमा भने खोलानालाई जोडेर जलाधारण व्यवस्थापन, जैविक विविधतालगायत विषयलाई प्रतिबद्धतापत्रमा समेटेको पाइएको छ । बागलुङ नगरपालिकाको चुनावमा प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका उम्मेदवारको प्रतिबद्धतापत्रमा ‘कालीगण्डकी नदी दोहन नियन्त्रण गरी नदीको पवित्रता, जैविक विविधता तथा शालिग्राम संरक्षणलाई अभियानका रूपमा अघि बढाइने’, उल्लेख छ ।

नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टीका साझा उम्मेदवारको प्रतिबद्धतापत्रमा भने कालीगण्डकी संरक्षणको मुद्दा कतै समावेश छैन । बरु कालीगण्डकीको सहायकखोला काठेखोलामा बहुआयामिक पर्यटन प्रवद्र्धन जलविहार परियोजना सञ्चालनको प्रतिबद्धता जनाइएको छ । 

अभियानले चुनावपछि कालीगण्डकी आसपासका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि र सरोकार भएका पक्षलाई राखेर पर्यावरण संरक्षणसँगै मौलिक विकाससम्बन्धी बहस थाल्ने तयारी गरेको छ ।

मानवीय अतिक्रमणबाट मुक्त गरी कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन अभियानले रचनात्मक दबाब बढाउँदै आएको छ । दुई वर्षअघि जन्मेको अभियानमार्फत ‘नदी सप्तक’ कविता शृङ्खला पनि चलिरहेको छ । 

अभियानले नदीमाथि लेखिएका रचनालाई ‘पोस्टर कविता’का रूपमा अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरूपमा सम्प्रेषण गरिरहेको छ । ‘नदी सप्तक’ ९४औँ शृङ्खलामा पुगिसकेको अभियानले जनाएको छ । 

कालीगण्डकी संरक्षण अभियानमा टेवा दिन गायक कर्ण दासको स्वरमा ‘ए कालीगण्डकी...’ गीत पनि सार्वजनिक गरिएको संयोजक गिरीले बताउनुभयो । उक्त गीतलाई कालीगण्डकी नदीको सभ्यता र महिमा बोल्ने मानक गीतका रूपमा लिन सकिने उनको भनाइ छ । 

संयोजक गिरीले प्रकृति र मानवताप्रेमी जो–कोहीले कालीगण्डकीमाथिको निर्मम दोहनको खुलेर विरोध गर्नुपर्ने धारणा राख्नुभयो । गिट्टी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने, ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने उनको तर्क छ । 

कालीगण्डकी दोहनले नदीको सौन्दर्य र सभ्यतामात्र नासिने नभई समग्र मानव–प्रकृति चक्रलाई दुःखान्त स्थितिमा पु¥याउने भएकाले संरक्षण अभियान चलाउनुपरेको संयोजक गिरीले बताए । 

धार्मिक, सांस्कृतिक गरिमा, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरुपमा बग्न दिनुपर्ने अभियानकर्मीहरूको माग छ । विश्वमै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ । 

हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकी देशको मध्यभागको प्रमुख नदी–प्रणाली हो । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending