Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति विरोध

खबरडबली संवाददाता

बागलुङ । सभ्यता बोकेको कालीगण्डकी नदी संरक्षणको मुद्दा दलका चुनावी प्रतिबद्धतापत्रमा नसमेटिएकामा ‘कालीगण्डकी बचाऔँ अभियान’ले आपत्ति जनाएको छ । 

मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा गर्नु र मौनता साँध्नु दलको कमजोरी रहेको उसको ठहर छ ।

अभियानका संयोजक आरके अदीप्त गिरीले त्यसप्रति आफूहरूको गम्भीर आपत्ति रहेको बताए । उनका अनुसार यस क्षेत्रमा रहेका स्थानीय तहका उम्मेदवार र तिनका दल कालीगण्डकी संरक्षणप्रति उदासिन देखिएका छन् ।

“पर्यावरणका विषयमा दलहरूको दृष्टिकोण के हो ? संरक्षणको के योजना छ रु यी विषय त चुनावी प्रतिबद्धतापत्रमा आउनुप¥यो नि”, संयोजक गिरीले भने, “मनलाग्दी दोहनले कालीगण्डकीलगायत नदीहरू सङ्कटमा छन्, यिनलाई कसले जोगाउने ?”

उनले कालीगण्डकी नदीमात्रै नभएर एक सभ्यता पनि भएकाले यसको संरक्षणको विषयलाई सोलोडोलोरूपमा बुझ्न नहुने बताए । “कालीगण्डकी एउटा सभ्यता हो, आफैँमा यो देशकै ठूलोमध्येको एक नदी हो”, संयोजक गिरीले भने, “ढुङ्गागिट्टी उत्खननका नाममा यसमाथि अनियन्त्रित दोहन चलिरहेको छ, नागरिक तहदेखि राज्य संयन्त्र कालीगण्डकी संरक्षणमा गम्भीर बन्नुपर्छ ।”

कतिपय उम्मेदवारका घोषणापत्रमा भने खोलानालाई जोडेर जलाधारण व्यवस्थापन, जैविक विविधतालगायत विषयलाई प्रतिबद्धतापत्रमा समेटेको पाइएको छ । बागलुङ नगरपालिकाको चुनावमा प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका उम्मेदवारको प्रतिबद्धतापत्रमा ‘कालीगण्डकी नदी दोहन नियन्त्रण गरी नदीको पवित्रता, जैविक विविधता तथा शालिग्राम संरक्षणलाई अभियानका रूपमा अघि बढाइने’, उल्लेख छ ।

नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टीका साझा उम्मेदवारको प्रतिबद्धतापत्रमा भने कालीगण्डकी संरक्षणको मुद्दा कतै समावेश छैन । बरु कालीगण्डकीको सहायकखोला काठेखोलामा बहुआयामिक पर्यटन प्रवद्र्धन जलविहार परियोजना सञ्चालनको प्रतिबद्धता जनाइएको छ । 

अभियानले चुनावपछि कालीगण्डकी आसपासका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि र सरोकार भएका पक्षलाई राखेर पर्यावरण संरक्षणसँगै मौलिक विकाससम्बन्धी बहस थाल्ने तयारी गरेको छ ।

मानवीय अतिक्रमणबाट मुक्त गरी कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन अभियानले रचनात्मक दबाब बढाउँदै आएको छ । दुई वर्षअघि जन्मेको अभियानमार्फत ‘नदी सप्तक’ कविता शृङ्खला पनि चलिरहेको छ । 

अभियानले नदीमाथि लेखिएका रचनालाई ‘पोस्टर कविता’का रूपमा अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरूपमा सम्प्रेषण गरिरहेको छ । ‘नदी सप्तक’ ९४औँ शृङ्खलामा पुगिसकेको अभियानले जनाएको छ । 

कालीगण्डकी संरक्षण अभियानमा टेवा दिन गायक कर्ण दासको स्वरमा ‘ए कालीगण्डकी...’ गीत पनि सार्वजनिक गरिएको संयोजक गिरीले बताउनुभयो । उक्त गीतलाई कालीगण्डकी नदीको सभ्यता र महिमा बोल्ने मानक गीतका रूपमा लिन सकिने उनको भनाइ छ । 

संयोजक गिरीले प्रकृति र मानवताप्रेमी जो–कोहीले कालीगण्डकीमाथिको निर्मम दोहनको खुलेर विरोध गर्नुपर्ने धारणा राख्नुभयो । गिट्टी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने, ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने उनको तर्क छ । 

कालीगण्डकी दोहनले नदीको सौन्दर्य र सभ्यतामात्र नासिने नभई समग्र मानव–प्रकृति चक्रलाई दुःखान्त स्थितिमा पु¥याउने भएकाले संरक्षण अभियान चलाउनुपरेको संयोजक गिरीले बताए । 

धार्मिक, सांस्कृतिक गरिमा, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरुपमा बग्न दिनुपर्ने अभियानकर्मीहरूको माग छ । विश्वमै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ । 

हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकी देशको मध्यभागको प्रमुख नदी–प्रणाली हो । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending