Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

श्रीलंकामा राजपक्ष परिवार र सांसदका घरमा आगजनी, हिंसा चर्किएपछि देशभरि कर्फ्यू

सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली चलाउन आदेश

खबरडबली संवाददाता

काठमाडौं । श्रीलंकामा आक्रोशित भिडले महिन्दा राजपक्षको तथा उनललाई समर्थन गर्ने कैयौँ सांसदहरूका घरमा आगो लगाइदिएपछि अहिले त्यहाँ कर्फ्यू जारी गरिएको छ।

सरकार समर्थकहरूबाट आक्रमण भएको भन्दै आक्रोशित भिडले राजपक्षसँग निकट सम्बन्ध भएका व्यक्ति तथा नेताहरूका सम्पत्तिमाथि आक्रमण गरेका थिए।

श्रीलङ्कामा आर्थिक सङ्कट व्यवस्थापन गर्न सरकार असफल भएको भन्दै प्रदर्शन चर्किएपछि सोमवार राष्ट्रपति गोटाबय राजपक्षका दाइ तथा पूर्वराष्ट्रपति महिन्दा राजपक्षले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए।

तर उनको राजीनामापछि पनि प्रदर्शनकारीहरू संयमित भएका छैनन्। राजपक्ष आफ्नो निवासभित्रै रहेका बेला प्रदर्शनकारीहरू उनको निवासमा प्रवेश गर्ने प्रयास गरेका थिए।

सोमवारयता श्रीलङ्कामा चर्किएको प्रदर्शनमा सात जनाको मृत्यु भइसकेको छ भने १९० जना घाइते भएका छन्।

कर्फ्यू लम्बियो

हिंसात्मक प्रदर्शन साम्य बनाउन अधिकारीहरूले बुधवार बिहानसम्मका लागि उक्त देशभरि कर्फ्यू आदेश लम्ब्याएका छन्। धेरै प्रदर्शनकारीहरूले महिन्दा राजपक्षका भाइ समेत रहेका राष्ट्रपति गोटाबय राजपक्षको राजीनामा पनि माग गरिरहेका छन्।

श्रीलङ्कामा मूल्यवृद्धि र विद्युत् आपूर्ति कटौतीको विरोधमा गत महिनाबाटै प्रदर्शन चर्किएको छ।

सरकारका समर्थकहरू र प्रदर्शनकारीहरूबीच महिन्दा राजपक्षको निवास टेम्पल ट्रीबाहिर सोमवार हिंसात्मक झडप भएको थियो। उनीहरूबीच मुख्य प्रदर्शनस्थल गल फेश ग्रीनमा पनि झडप भएको थियो।

प्रहरीको घेरा तोडेर प्रदर्शनकारीहरूमाथि लाठीसहित आक्रमण गरेका सरकार समर्थकहरूमाथि प्रहरी र दङ्गा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।

श्रीलङ्का

घटनापछि क्रुद्ध बनेका प्रदर्शनकारीहरू सरकार समर्थकहरूमाथि जाइ लागेका थिए। उनीहरूले सत्ताधारी दलका सांसदहरूमाथि पनि आक्रमण गरेका थिए।

उनीहरूको तारोमा परेका एक सांसदले आफ्नो कारमा भिडले आक्रमण गरेपछि दुई जनामाथि गोली प्रहार गरेर आफूले आत्महत्या गरेको श्रीलङ्का प्रहरीले जनाएको छ।

प्रदर्शनकारीहरूको भिडले राति राजपक्ष, विभिन्न मन्त्री र सांसदहरूका घरमा आगो लगाएका थिए। राजपक्ष परिवारले विवादास्पद सङ्ग्रहालय बनाएको दक्षिण श्रीलङ्कास्थित हम्बन्टोटा गाउँमा रहेको उनीहरूको पैतृक घरमा पनि आगजनी गरिएको छ।

आगो लगाएर हर्षोल्लास

सामाजिक सञ्जालमा राखिएका भिडिओमा घरमा आगो दन्किँदा मानिसहरूले हर्षोल्लास गरिरहेको देखिन्छ।

राष्ट्रपति निवासछेउछाउका क्षेत्रमा पनि आगजनी भएको विवरणहरू आएका छन्। आफ्नो घरमा भएको आक्रमणमा परेका एक नगरविधायकको अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

महिन्दा राजपक्ष आफू निकटस्थ समर्थकहरूसँग छलफलमा रहेका बेला प्रदर्शनकारीहरूले उनको निवासको भित्री परिसरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए।

श्रीलङ्कामा कर्फ्यू

निवास परिसरमा राखिएको एउटा बसमा आगजनी गरेपछि प्रहरीले प्रदर्शनकारीहरूले तितरबितर पार्न अश्रुग्यास प्रहार तथा हवाई फायर गरेको थियो।

घटनापछि राजपक्षले कोलम्बो छोडेका छन्। उनी कहाँ गए भन्ने जानकारी गोप्य राखिएको छ।कोलम्बोको सबै क्षेत्रमा स्थिति तनावग्रस्त बनेको छ। लाठी र रड लिएका मानिसहरूले विमानस्थल जाने र आउने सडकमा अवरोध सिर्जना गरेका छन्।

प्रायः प्रहरी र सुरक्षाकर्मीहरूको देखा परिरहने स्थानहरूमा पनि अहिले उनीहरूको उपस्थिति देखिएको छैन।

सबैभन्दा खराब आर्थिक सङ्कट

श्रीलङ्काले सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयता सबैभन्दा खराब आर्थिक सङ्कट बेहोरिरहेको छ। महँगी बढ्दा जीवनयापन गर्न लाग्ने खर्च धान्नै नसकिने भएपछि मानिसहरू आक्रोशित भएका छन्।

देशको विदेशी मुद्रा सञ्चिति रित्तो भएको छ भने मानिसहरूले खाना, औषधि र इन्धनजस्ता अत्यावश्यक सामग्री पाउन सकिरहेका छैनन्। सरकारले आपत्कालीन आर्थिक सहयोगका लागि आग्रह गरिरहेको छ।

सरकारले कोरोनाभाइरस महामारीका कारण यस्तो परिस्थिति आएको दाबी गरेको छ। पर्यटन श्रीलङ्कामा विदेशी मुद्रा कमाउने ठूला माध्यममध्ये एक हो।  तर धेरै विज्ञहरूले आर्थिक व्यवस्थापनको पाटोमा दोष देखाएका छन्।

प्रदर्शनकारीमाथि गोली चलाउन आदेश

श्रीलंकामा सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली हान्ने आदेश दिइएको छ।  त्यहाँको रक्षामन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिमा नोक्सान पु¥याउने वा कसैको ज्यानका लागि खतरा बन्ने व्यक्तिलाई देख्ने वित्तिकै गोली हान्ने आदेश दिइएको जनाएको हो। 

अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा विरोध प्रदर्शन हिंस्रक बन्दै गएको छ। रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेरथका अनुसार सार्वजनिक सम्पत्ति लुट्ने वा नोक्सान पु¥याउने व्यक्तिलाई देख्ने वित्तिकै गोली हान्न सुरक्षाकर्मीलाई आदेश दिइएको हो। 

प्रदर्शनकारीले सत्तारुढ दलका नेताहरुको घरलाई निशाना बनाउँदै आगजनी गरिरहेका छन्। राष्ट्रपतिको आधिकारिक आवास क्षेत्र वरपरका घरमा पनि आगजनी गरिएपछि ठूलो संख्यामा प्रहरी र सेनाको आपतकालीन शक्ति तैनाथ गरिएको छ। 

आर्थिक संकटले श्रीलंकामा इन्धन, खानेकुरा, औषधीलगायतका आधारभूत वस्तुको चरम अभाव छ। जसका कारण विगत एक महिनाभन्दा अघिदेखि श्रीलंकन नागरिक राजपाक्षे परिवारविरुद्ध कोलम्बोका सडकमा प्रदर्शन गरिरहेका छन्। 

प्रदर्शनकारीले भयानक आर्थिक संकटका लागि जिम्मेबार रहेको भन्दै राष्ट्रपति गोटबाया राजपाक्षेले राजीनामा दिनुपर्ने माग गरेका छन्। तर सोमबार उनका भाइ प्रधानमन्त्री महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिए पनि प्रदर्शन शान्त हुन सकेको छैन्।

प्रहरीकाअनुसार अहिलेसम्म प्रदर्शनका कारण आठ जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढी घाइते भएका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको संख्या बढ्दै

हुम्ला । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ ।  ताक...

काभ्रेको तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे । विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाउन सुरु गरिएको छ ।  पहिलो च...

सार्वजनिक पदमा बस्नेले आफ्ना सन्तान सरकारी विद्यालयमै पढाउनुपर्ने

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ ।  जिल्लाक...

मन्त्री पुनको सम्बोधन- जलवायु परिवर्तनले पारेको प्रभावको क्षतिपूर्ति विकसित राष्ट्रले नेपाललाई दिनुपर्छ

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन्। ...

सुदूरपश्चिममा नेकपा एसका दीर्घ सोडारीलाई मुख्यमन्त्री बन्न एमालेको अड्को

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्।  गत मंगलबार मुख्यमन्त्रीका ल...

दुबईमा अहिलेसम्मकै भारी वर्षाले बाढीको चपेटा, राजमार्ग अवरुद्ध

काठमाडौं । कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा...

पश्चिम जापानमा शक्तिशाली भूकम्प

काठमाडौं । दक्षिणपश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ । यद्यपि भूकम्पबा...

अंग्रेजीमा नामकरण गरिएका निजी विद्यालयको नाम फेर्ने बालेनको पहल

काठमाडौं । नाम परिवर्तनका सन्दर्भमा निजी विद्यालयका सञ्चालकले काठमाडौँ महानगरपालिकामा धमाधम सम्पर्क गर्न थालेका छन् । अङ्ग्रेजीमा नामकरण गरिएका विद्या...

बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम...

कोशीमा अन्योल- राजीनामा नदिने मुख्यमन्त्रीको अडान, मध्यावधिको टर्ला संकट ?

काठमाडौं । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बैठक बस्नेछ। चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकप...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies