Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

काठमाडौँमा शान्तिपूर्ण मतदानपछि मतदाताको गुनासोः जीतेपछि उम्मेदवारले सात तलामाथिबाटै चिन्दिन भन्छन्’’

खबरडबली संवाददाता

काठमाडौँ । “भोट माग्दा भद्र र इमान्दार हुने उम्मेदवारले  जीतेपछि सात तलामाथिबाटै चिन्दिन भन्छन्”, स्थानीयबासी बुद्धिमाया श्रेष्ठले भनिने ।  काठमाडौँ महानगरपालिकाको वडा नं १६ स्थित नेपाल युवक माध्यमिक विद्यालयमा आफ्नो मताधिकार प्रयोग गर्न आएकी ७७ वर्षीया उहाँले मत माग्ने समयमा नागरिकलाई चिनेझै गर्ने उम्मेदवारलाई  जीतेपछि पनि त्यस्तै व्यवहार गर्न सुझाव दिइन् । 
 
जीत जसको भए पनि खासै समस्या छैन तर मत माग्ने बेलामा जसरी नागरिकलाई भगवान् झै गर्छन् त्यसैगरी विकासको काममा   जनतामाथि घात नगर्नुस् भन्दै बुद्धिमायाले आक्रोस पनि व्यक्त गर्नुभयो । यो उमेरसम्म आइपुग्दा धेरै पटक मतदान गरियो मतदान अघि नेताले जनतासामु गरेको वाचा पूरा गरेनन् उल्टो मतदातामाथि नै घात गर्ने काम हुँदै आएको उहाँको गुनासो थियो । 

जनप्रतिनिधिसँग त्यति धेरै माग पनि छैन, दुःखी जनतालाई खान र बस्नका लागि सामान्य व्यवस्था  गर्नसक्नेलाई काम गर्ने वातावरण सिर्जना गरिदिएहुन्थ्यो भन्दै बुद्धिमायाले प्रतिनिधिमूलक पात्रका रुपमा नागरिकको अपेक्षा सुनाउनुभयो । वडा नं १६ की अनिता दलीले पनि आफूले मतदान गरिसकेको बताउँदै इमान्दारपूर्वक मतदाताको मतको सदुपयोग गर्न उम्मेदवारलाई आग्रह गर्नुभयो । “मत माग्ने बेलामा जस्तै व्यवहार जीतपछि पनि गर्नुस् र विकासमा केन्द्रित हुनुस्’’, उहाँले भन्नुभयो । 

वडा नं १७ स्थित पूजा शाहीको पनि खासै फरक माग छैन । जनप्रतिनिधिले काठमाडौँ सहरको फोहर दीर्घकालिनरुपमा समाधान गर्न र महिलाका लागि केही विशेष कार्यक्रम ल्याएहुन्थ्यो,  जसले जीते पनि नगरवासीको फाइदाका लागि  काम गर्नुस् उहाँले शुभकामना दिँदै भन्नुभयो । यसअघि झैँ हामीले पीडा खेप्न नपरोस् भन्दै कामपा वडा २८ का विश्वराज रेग्मीले मतदान केन्द्रमै भन्नुभयो, “नेताको व्यवहार निर्वाचनअघिकै  झैँ भए नगरको मुहार फेरिथ्यो ।” 

मत माग्ने समयमा गरेका सबै वाचा नविर्सन र कुर्सी पाएपछि  चुनावअघिका वाचालाई विकासको एजेण्डा बनाउने नेता चुन्नुपर्छ कामपा वडा नं २८ स्थित बागबजार पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेपछि उहाँले सो कुरा बताउनुभएको होे । विगतका निर्वाचनमा जस्तै यस वर्ष पनि निर्वाचनअघि र पछिको सङ्कल्पमा परिवर्तन नगर्न नगरवासीले खबरदारी गर्न थालेका छन् । स्थानीय तहको  निर्वाचनका लागि कामपामा १५६ मतदानस्थल र ३६३ केन्द्र निर्धारण गरिएको छ । तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् ।

काठमाडौँमा शान्तिपूर्ण मतदान 

स्थानीय तहका लागि आज बिहानदेखि सुरु भएको मतदान काठमाडौँमा शान्तिपूर्णरुपमा अगाडि बढिरहेको छ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनुभएका सिर्जना सिंहले वडा नं १६ स्थित नेपाल युवक माध्यमिक विद्यालयमा आज बिहान ८ बजे मतदान गरिसक्नुभएको छ । अन्य मतदाता पनि मतदान गर्नका लागि लामबद्ध भएका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका केशव स्थापितले वडा नं २८को बागबजारस्थित पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्नुभयो  । उक्त मतदान केन्द्रमा पनि शान्तिपूर्णरुपमा मतदान जारी छ । 

यी दुई केन्द्रका साथै अन्य मतदान केन्द्रमा पनि मतदाताले लामबद्ध भएर जनप्रतिनिधि छान्ने तयारीमा रहेका छन् ।  यसअघि नै मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन आज पानी पर्ने पूर्वसङ्केत गरेकाले मतदाताले हातमा छाता बोकेर मतदान केन्द्रमा पुगेको देखिन्छ ।   

आज पहिलो पटक स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न हुन लागेको छ । सरकारले गत माघ २४ गते आजका लागि  निर्वाचन निर्वाचनको तयारी गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन कार्यक्रम यही वैशाख ११ गतेदेखि सुरु भएकामा यही वैशाख ११ र १२ गते मनोनयनको कार्यक्रम सञ्चालन गरिएको थियो । स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्णरुपमा सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म चल्नेछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री न...

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले सूचना प्रकाशन गरी २०८० वैशाख २ गत...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको विद्युत् बक्यौता राफसाफ गरिदिन अनुरोध गरेको छ । विद्युत्...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भे...

बैशाख २४ गते सार्वजनिक बिदा

काठमाडौँ । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले विहिबार बसेको बैठकको निर्णय अनुसार प...

नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले विहिबार सूचना प्रकाशित गर्दै प्राविधिक-हवाई-विव...

१४ सयले बढ्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हज...

छैटौँ सातामा ‘महजात्रा’: ५१ औँ दिनतर्फ लम्किदै

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । अर्थात् फिल्म ...

‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपूत भित्रिएका छन् । शुक्रबार निर्माण टिमले फिल्ममा उनी कलाकारको रुपमा अनुबन्धित भएको जानकारी ...

काठमाडौँमा फेरी बढ्यो वायु प्रदूषण, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालि...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies