काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गरिएको हो।
ब्राउन युनिभर्सिटी घटनाका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए। उनी सन् २०१७ मा विविधता लटरी भिसा कार्यक्रममार्फत् अमेरिका प्रवेश गरी ग्रीन कार्ड प्राप्त गरेका थिए।
होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा उक्त भिसा योजना रोकिएको जानकारी दिइन्। उनले भनिन्, “अब कुनै अमेरिकीलाई हानि नहोस् भन्ने सुनिश्चित गर्न यस्तो निर्णय गरिएको हो।”
अमेरिकी अधिकारीहरूले बताएका छन् कि नेभेस भालेन्तेले यसै हप्ता म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक नुनो लुरेइरोको हत्या गरेको विश्वास गरिएको छ।
‘ग्रीन कार्ड लटरी’ कार्यक्रमअन्तर्गत अमेरिकामा आप्रवासन दर कम भएका देशका आवेदकहरूबाट प्रत्येक वर्ष अधिकतम ५० हजार भिसा उपलब्ध गराइन्छ। नेपालीहरू पनि यस कार्यक्रममार्फत् अमेरिका प्रवेश गरी ग्रीन कार्ड प्राप्त गर्ने गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिव...
बैशाख ६ गते, २०८३ - १६:४२
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ८ गते (मंगलबार) निर्वाचन हुने भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्याल...
बैशाख ६ गते, २०८३ - १६:२५
विद्यार्थीको हकहितका लागि ‘स्टुडेन्ट काउन्सिल’ जस्ता नयाँ संयन्त्र स्थापना गरिने
बैशाख ६ गते, २०८३ - १६:१८
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई ...
बैशाख ६ गते, २०८३ - १६:०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरेको छ। बैठक पार्टी केन्द्रीय कार्...
बैशाख ६ गते, २०८३ - १५:४५
काठमाडौँ । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ । सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ ।...
बैशाख ६ गते, २०८३ - १५:३०
काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको ...
बैशाख ६ गते, २०८३ - १५:१४
हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ । हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि ...
बैशाख ६ गते, २०८३ - १४:४४
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३:०० बजे वनस्थलीस्थित पा...
बैशाख ६ गते, २०८३ - १४:३६
काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...


प्रतिकृया लेख्नुहोस्: