Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

दार्चुलाको तिंकरमा मतदान सकियो, छांगरूमा सकिँदै

खबरडबली संवाददाता

दार्चुला । व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ। चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो।

तिंकरमा १३६ जनाले मतदान गरेका छन्। मतदान गर्नेमा ७३ पुरूष र ६३ महिला मतदाता छन्। तिंकरमा मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए।

तिंकर मतदान केन्द्रमा १११ पुरूष र १२० महिला गरी २३१ जना मतदाता थिए। 

व्याँस–१ कैलाशपति आधारभूत विद्यालय छांगरूमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ । दिउँसोसम्म छांगरूमा २०९ ले मतदान गरेका छन् । यस केन्द्रमा ३७५ जना मतदाता छन्।

यी दुवै गाउँका मतदाता एक साताअघि मात्रै भारतीय बाटो हुँदै छांगरू तिंकर बसाई सरेका थिए। यहाँका स्थानीय छ महिना सदरमुकाम खलंगा र छ महिना छांगरू तिंकर बसाई सर्ने गरेका छन्

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपनिर्वाचनको मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ ?

काठमाडौँ । निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको दिन चलाउन पाइने सवारी साधन बारे जानकारी दिएको छ । इलाम(२ को प्रतिनिधिसभा ...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौँ । सरकारले यही वैशाख १६ गते आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।  हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, ...

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् ।  प...

अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका(१३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्व...

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार र आयोजित एक समारोहबिच उक्त सम्झौतामा हस्ताक्षर भएको ह...

२८ जना सहसचिवको सरुवा, कसको कहाँ भयो सरुवा ? (सूचीसहित)

काठमाडौं । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । जसअनुसार भर...

गृहमन्त्रीले गरे ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा बसन्त रजौरे

काठमाडौं । गृहमन्त्रालयले ६ जना एसएसपीको सरुवा गरेको छे । काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा र विभागम...

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री न...

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले सूचना प्रकाशन गरी २०८० वैशाख २ गत...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको विद्युत् बक्यौता राफसाफ गरिदिन अनुरोध गरेको छ । विद्युत्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies