Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

भक्तपुरको तीन नगरमा कांग्रेसको अग्रता, एकमा नेमकिपाको

खबरडबली संवाददाता
भक्तपुर । भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन् । 
 
नेकपा एमाले विजयी हासिल गर्दै आएको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नेपाली कांग्रेसले र भक्तपुर नगरमा नेमकिपाले अग्रता लिएको हो । राति १ बजेदेखि मतगणना सुरु गरिएको सूर्यविनायक नगरको वडा नं १ सिरुटारको मतगणनामा नगर प्रमुखमा कांग्रेसका निशान ढुङ्गेलले ४६३ मत ल्याउँदा एमालेका उम्मेदवार वासुदेव थापाले ४२८ मत प्राप्त गरेका छन् । 
 
यस्तै सूर्यविनायकको उपप्रमुखमा एमालेको उम्मेदवार सरिता भट्टराईले ४३२ मत ल्याएर अग्रता कायम गरेका छन् भने गठबन्धनबाट नेकपा ९एकीकृत समाजवादी०का श्यामसुन्दर बस्नेत २२६ मतसहित प्रतिस्पर्धामा छन्। वडाध्यक्षमा एमाले ३९०, कांग्रेसले २७० र राप्रपाले ३०६ मत प्राप्त गरेका छन् ।  
 
त्यसैगरी चाँगुनारायणमा धेरै विवादकाबीच बिहान ११ः३० बजेबाट वडा नं १ र २ बाट सुरु भएको मत गणनाअनुसार नेपाली कांग्रेसले सुरुदेखिनै अग्रता लिएको छ । चाँगुनारायण नगरको पछिल्लो मतगणना अनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले १२९ मत प्राप्त गर्दा एमालेका वीणा बाँस्तोलाको १२० मत ल्याएका छन् । 
 
त्यस्तै उपप्रमुखमा एमालेका रमेश बुढाथोकीको १२९ मत आउँदा कांग्रेसका सुभद्रा काफ्लको ११४ मत प्राप्त गर्नुभएको छ । वडाध्यक्षतर्फ दुबै वडामा एमालेले अग्रता लिएको जनाइएको छ । निर्वाचन अधिकृतको व्यवस्थापनको कमजोरीका कारण हिजोनै मतगणना सुरु गर्ने भनिए पनि आज ढिलो गरी मतगणना सुरु भएको बताइएको छ ।
 
यस्तै मध्यपुरथिमि नगरको प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले एक हजार १४० ल्याउँदा एमालेका मदनसुन्दर श्रेष्ठले ८२२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेका उत्तरा नेपालले ९५७ मत ल्याउँदा गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ७६४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 
वडाध्यक्षतर्फ वडा नं १ का नेपाली कांग्रेसको १ हजार ७५ मत र एमालेको ८२६ मत प्राप्त गरेका छन् । यी तीनवटै नगरपालिकामा नेपाली कांग्रेस र एमालेको प्रतिस्पर्धा भइरहेको छ भने मतगणना जारी रहेको जनाइएको छ । 
 
त्यस्तै नेमकिपाको पक्कड मानिएको भक्तपुर नगरमा भने एकै पटक तीन वटा वडाबाट मतगणना सुरु भएको छ । जसमा नगर प्रमुखमा नेमकिपाको सुनिल प्रजापति दुई हजार १५ मत, एमालेका रवीन्द्र लाछिमस्युले १५९ मत तथा उपप्रमुखमा नेमकिपाको रजनी जोशीले दुई हजार १७ मत र एमालेको रञ्जना खर्बुजाले १५७ मत प्राप्त गरेका छन् । 
 
भक्तपुरको चारवटै स्थानीय तहमा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: