Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

१९ स्थानीय तहको नतिजा : कांग्रेस ८, एमाले ७, माओवादी र समाजवादी २/२ पालिकामा जित (सूचीसहित)

सबैभन्दा धेरै स्थानीय तहमा कांग्रेस, ५० बढी ठाउँमा स्वतन्त्र उम्मेदवारकै अग्रता

खबरडबली संवाददाता

काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत अन्तिम मत परिणाम आउने क्रम जारी छ। आइतबार बिहानसम्म १९ पालिकाको अन्तिम मतपरिणाम आएको निर्वाचन आयोगले जनाएको छ। १९  पालिकामध्ये नेपाली कांग्रेसले ८ पालिकामा जित हासिल गरेको छ भने नेकपा एमालेले ७ वटामा जितेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले २/२ पालिकाको अध्यक्ष जितेका छन्। जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले दुई सयभन्दा बढी स्थानीय तहमा अग्रतालिएको छ। यस्तै नेकपा एमालेले डेढ सयभन्दा बढी स्थानीय तहमा अग्रता लिएको निर्वाचन आयोगको भनाइ छ।

त्यसै गरी नेकपा माओवादी केन्द्रले एक सय स्थानमा अग्रता लिँदा अन्य दल र स्वतन्त्रका उम्मेदवार ५० बढी ठाउँमा अगाडि छन्। 

यी हुन् विजेता- नाम र मतसहित 

नेपाली कांग्रेस – ८

१. कोञ्जो तेञ्जिङ लामा, नार्पाभूमिगापा (मनाङ)  १ सय ५८ मत

२. मोहनसिंह लालचन, घरपझोङ गापा (मुस्ताङ) ७ सय ६० मत 

३. धनबहादुर गुरुङ–  नासो गापा (मनाङ) ८ सय २० मत

४. इन्द्रबहादुर कार्की  गन्यापधुरा गाउँपालिका  (डलेलधुरा) ३ हजार ३८४

५. खिलध्वज पन्थी रेसुङ्गा नगरपालिका  (गुल्मी) ८हजार ६१४ मत

६० सरोज थापा गुल्मीदरवार गाउँपालिका (गुल्मी) ६ हजार १६६ मत

७. भैरवबहादुर साउँद बडीकेदार गाउँपालिका (डोटी) २३४३ मत

८. कर्णबहादुर रावल खार्पुनाथ गाउँपालिका (हुम्ला) १८ सय १० मत

नेकपा एमाले–७

१. धावा सन्दुक गुरुङ, शे फोक्सुन्डोगापा डोल्पा (निर्विरोध)

२. लोप्साङ छोम्पेल विष्ट, लोघेकर दामोदर कुण्डगाउँपालिका (मुस्ताङ) ६ सय ८९ मत

३. लोकेन्द्रबहादुर घले, चामेगापा (मनाङ) ३ सय २० मत

४. कान्छा घले, ङिस्याङगापा (मनाङ)  ८ सय ६१ मत 

५. रिन्जिननाम्ग्याल गुरुङ, वारागुङ मुक्तिक्षेत्रगापा (मुस्ताङ) ८ सय ७६ मत

६.  टसी न्हर्वु गुरुङ लोमन्थाङ गाउँपालिका (मुस्ताङ) ६ सय ६८ मत

७. मिङमा छिरी शेर्पा खुम्बु पासाङ ल्हामु गाउँपालिका (सोलुखुम्बु) २ हजार २८ मत

माओवादी  केन्द्र–२

१. नारासिंह रोकाया जगदुल्लागाउँपालिका (डोल्पा) ७ सय ७० मत

२. छविराम सुवेदी नौमुले गाउँपालिका (दैलेख) ३२ सय मत

नेकपा एकीकृत समाजवादी -२

१. अंगदकुमार राना, काईकेगापा (डोल्पा) निर्विरोध

२. सेनाङ गुरुङ, छार्का ताङसोङगापा (डोल्पा) निर्विरोध

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending