Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

नयाँ जनप्रतिनिधिले 'हतारमा' बजेट ल्याउनुपर्ने कानुनी बाध्यता, प्रतिबद्धता पूरा गर्न मुस्किल

खबरडबली संवाददाता

काठमाडौं । देशभरिका ७५३ स्थानीय तहमध्ये हालसम्म करिब ६०० तहको छिनोफानो भएको छ भने बाँकीमध्ये अधिकांशको मतगणना भइरहेको छ।

गाउँपालिकाहरूको हकमा ४६० मध्ये लगभग सबैको मतगणना आजभोलि नै सकिने देखिन्छ।

ठूला नगरपालिकाहरूमा मतगणना अझै केही दिन लम्बिने देखिन्छ।

कुनै आधिकारिक आँकडा आइनसके पनि यसपाली उल्लेखनीय सङ्ख्यामा नयाँ निर्वाचित हुने जनप्रतिनिधिहरूले आउने पाँच वर्षको कार्यकाल सम्हाल्दैछन्।

उनीहरूका निम्ति सबभन्दा टड्कारो चुनौती करिब एक महिनाभित्र आफ्नो पालिकाको नीति, कार्यक्रम अनि बजेट निर्माण रहने स्थानीय तहका जानकारहरूले औँल्याएका छन्।

कानुनी बाध्यता

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहहरूलाई तिनका नीति तथा कार्यक्रम अनि बजेटका लागि समयसीमा तोकिदिएको छ।

सङ्घीय बजेट पेस गर्ने दिन संविधानले नै जेठ १५ भनेर तोकिदिएजस्तै उक्त ऐनले स्थानीय तहहरूलाई त्यस्तो मिति तोकिदिएको नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले बताए।

"हुन त त्यसमा असार १० गतेभित्र बजेट कार्यक्रम ल्याइसक्नु पर्छ भनिएको छ। तर त्यसको अर्थ असार १० भित्रै बजेट पारित भइसक्नु पर्छ भनेको होइन। त्यसका कार्यक्रममाथि छलफल, परिमार्जन आदि गरेर २५ गतेसम्म पारित गर्ने समय रहन्छ। एकदमै अप्ठेरो परेको बेला असार मसान्तभित्र पारित भइसक्नुपर्छ," देवकोटाले भने।

"तर असारमसान्तभित्र आर्थिक तथा विनियोजन ऐन पारित हुनसकेन भने चाहिँ स्थानीय तहले न त राजस्व उठाउन पाउँछ न त खर्च गर्न पाउँछ।"

प्राथमिकिकरणमा जटिलता

स्थानीय तहको गत वर्षको बजेट हेर्ने हो भने केही करोडदेखि काठमाण्डू महानगरपालिकाको हकमा १८ अर्ब रुपैयाँसम्मको बजेट छ।

तिनमा प्रशासनिक खर्चदेखि लिएर विकास निर्माण, सार्वजनिक सेवा तथा सार्वजनिक निर्माणसम्म पर्छन्।

हरेक पालिकाले गाउँ तथा नगरसभाहरूमार्फत् नीति, कार्यक्रम र बजेट ल्याउनुपर्छ।

त्यसको निम्ति नयाँ निर्वाचित हुने जनप्रतिनिधिहरूलाई एक महिनाभन्दा थोरै बढी समयमात्र रहेको छ।

"धेरै जसो प्राविधिक वा लगातार भइरहने प्रक्रियाको हकमा त्यति समस्या नहोला। तर नयाँ जनप्रतिनिधिले बजेट तथा योजना प्राथमिकिकरण गर्न भने मुस्किलले एक महिना प्राप्त हुन्छ। त्यो हेरेर नै उनीहरूले बजेट बनाउनु पर्ने हुन्छ," राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले बताए।

आयोगले स्थानीय तहलाई जाने समानीकरण जस्ता विभिन्न अनुदान एवम् राजस्व बाँडफाँटका मापदण्ड बनाएर दिइसकेको हुँदा अबको ध्यान प्राथमिकिकरणमा हुनुपर्ने उनले बताए।

देशभरिका नगरपालिकाहरूको सङ्घका महासचिव भिमप्रसाद ढुङ्गानाका अनुसार उनीजस्तै पहिले नै एक कार्यकाल सम्हालिसकेकाहरूलाई धेरै गाह्रो हुँदैन तर नयाँ अनि स्थानीय सरकार सञ्चालन ऐन र संविधानले दिएका हकअधिकारबारे जानकारी नभएकाहरूलाई निकै चुनौती पर्नसक्छ।

"त्यसमाथि अब १५ दिनभित्रै फेरि नगर तथा गाउँपालिकाहरूको कार्यपालिका निर्वाचित गर्नुपर्ने काम पनि छ," उनले भने।

देशभरिका गाउँपालिकाहरूको सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठको चिन्ता पनि उस्तै छ।

"धेरै तयारी गर्ने अवस्था पक्कै छैन। सबै निर्वाचित जनप्रतिनिधिहरू विभिन्न खाले दबावमा हुनुहुन्छ। त्यसैले यसै वर्ष सबैले योजनाका घेराभित्रै बस्ने कार्य गाह्रो हुनसक्छ," श्रेष्ठले भने।

प्रतिबद्धता पूरा गर्न मुस्किल 

नयाँ जनप्रतिनिधिहरूले जनतामाझ विभिन्न प्रतिबद्धता गरेर जितेका भएपनि कम्तीमा यो वर्ष उनीहरूले चाहेजसरी ती विषयलाई नीति तथा बजेटमा पार्न कठिन देखिन्छ।

हतारहतारमा बजेट बनाउँदा प्राथमिकता र उपलब्ध स्रोतको तालमेल मिल्न नसक्ने जटिलताबारे जानकारहरूले चिन्ता प्रकट गरेका छन्।

त्यसैलाई इङ्गित गर्दै नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले यसपालीका नयाँ निर्वाचितहरूले यसअघिका प्रतिनिधिहरूले गरिसकेकै धेरै काममा निर्भर हुनु सही हुने बताए।

"समय र परिस्थितिले गर्दा आफ्ना दृष्टि, घोषणापत्र वा प्रतिबद्धतापत्रका आधारमा बजेट र कार्यक्रम बनाउन उनीहरूलाई चुनौतीपूर्ण हुनेछ। चैतदेखि भइआएका तयारीहरूमा टेकेर अगाडि बढ्नु उचित देखिन्छ," उनले भने।

नयाँ जोश र नयाँ वाचाका साथ कमान सम्हाल्न तम्सिएका जनप्रतिनिधिहरूलाई उक्त सुझाव केही निराशाजनक लागे पनि व्यावहारिक कठिनाइका कारण अरू विकल्प सही नहुने जानकारहरूले बताएका छन्।

के छ उपाय?

जेठ ५ गते पुराना जनप्रतिनिधिहरू सबैको कार्यकाल सकिएको छ।

अब नयाँले नसम्हाल्दासम्म यसै पनि सामान्य क्रियाकलाप समेत प्रभावित हुने ठानिएको बेला कार्यभार सम्हाले लगत्तै खासगरि नयाँ निर्वाचितहरूले मेसो नपाउने सम्भावना अधिक छ।

त्यसबारे सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले आगामी दिनमा कर्मचारी तथा जनप्रतिनिधिहरूको भूमिकाबारे जानकारी दिने गरि कार्यक्रमहरू गरिने बताएका छन्।

त्यस्तै नगरपालिका सङ्घ तथा गाउँपालिका राष्ट्रिय महासङ्घले पनि मतपरिणाम लगत्तै प्रदेशस्तरमा विभिन्न प्रशिक्षण दिने गरि तयारी गरिरहेको बताएका छन्।

"चुनावी परिणामका एकसरो तथ्याङ्क हामीले सङ्कलन गरिरहेका छौँ। चाँडै नै हामीले प्रदेशस्तरमा कार्यक्रमहरू सञ्चालन गर्दैछौँ," महासङ्घका अध्यक्ष श्रेष्ठले भने।

उस्तै तयारी नगरपालिका सङ्घले पनि गरिरहेका महासचिव ढुङ्गानाले बताएका छन्। तर ती प्रशिक्षण पर्याप्त नहुने चिन्ता भने धेरैमा बाँकी नै छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE