Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

नयाँ जनप्रतिनिधिले 'हतारमा' बजेट ल्याउनुपर्ने कानुनी बाध्यता, प्रतिबद्धता पूरा गर्न मुस्किल

खबरडबली संवाददाता

काठमाडौं । देशभरिका ७५३ स्थानीय तहमध्ये हालसम्म करिब ६०० तहको छिनोफानो भएको छ भने बाँकीमध्ये अधिकांशको मतगणना भइरहेको छ।

गाउँपालिकाहरूको हकमा ४६० मध्ये लगभग सबैको मतगणना आजभोलि नै सकिने देखिन्छ।

ठूला नगरपालिकाहरूमा मतगणना अझै केही दिन लम्बिने देखिन्छ।

कुनै आधिकारिक आँकडा आइनसके पनि यसपाली उल्लेखनीय सङ्ख्यामा नयाँ निर्वाचित हुने जनप्रतिनिधिहरूले आउने पाँच वर्षको कार्यकाल सम्हाल्दैछन्।

उनीहरूका निम्ति सबभन्दा टड्कारो चुनौती करिब एक महिनाभित्र आफ्नो पालिकाको नीति, कार्यक्रम अनि बजेट निर्माण रहने स्थानीय तहका जानकारहरूले औँल्याएका छन्।

कानुनी बाध्यता

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहहरूलाई तिनका नीति तथा कार्यक्रम अनि बजेटका लागि समयसीमा तोकिदिएको छ।

सङ्घीय बजेट पेस गर्ने दिन संविधानले नै जेठ १५ भनेर तोकिदिएजस्तै उक्त ऐनले स्थानीय तहहरूलाई त्यस्तो मिति तोकिदिएको नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले बताए।

"हुन त त्यसमा असार १० गतेभित्र बजेट कार्यक्रम ल्याइसक्नु पर्छ भनिएको छ। तर त्यसको अर्थ असार १० भित्रै बजेट पारित भइसक्नु पर्छ भनेको होइन। त्यसका कार्यक्रममाथि छलफल, परिमार्जन आदि गरेर २५ गतेसम्म पारित गर्ने समय रहन्छ। एकदमै अप्ठेरो परेको बेला असार मसान्तभित्र पारित भइसक्नुपर्छ," देवकोटाले भने।

"तर असारमसान्तभित्र आर्थिक तथा विनियोजन ऐन पारित हुनसकेन भने चाहिँ स्थानीय तहले न त राजस्व उठाउन पाउँछ न त खर्च गर्न पाउँछ।"

प्राथमिकिकरणमा जटिलता

स्थानीय तहको गत वर्षको बजेट हेर्ने हो भने केही करोडदेखि काठमाण्डू महानगरपालिकाको हकमा १८ अर्ब रुपैयाँसम्मको बजेट छ।

तिनमा प्रशासनिक खर्चदेखि लिएर विकास निर्माण, सार्वजनिक सेवा तथा सार्वजनिक निर्माणसम्म पर्छन्।

हरेक पालिकाले गाउँ तथा नगरसभाहरूमार्फत् नीति, कार्यक्रम र बजेट ल्याउनुपर्छ।

त्यसको निम्ति नयाँ निर्वाचित हुने जनप्रतिनिधिहरूलाई एक महिनाभन्दा थोरै बढी समयमात्र रहेको छ।

"धेरै जसो प्राविधिक वा लगातार भइरहने प्रक्रियाको हकमा त्यति समस्या नहोला। तर नयाँ जनप्रतिनिधिले बजेट तथा योजना प्राथमिकिकरण गर्न भने मुस्किलले एक महिना प्राप्त हुन्छ। त्यो हेरेर नै उनीहरूले बजेट बनाउनु पर्ने हुन्छ," राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले बताए।

आयोगले स्थानीय तहलाई जाने समानीकरण जस्ता विभिन्न अनुदान एवम् राजस्व बाँडफाँटका मापदण्ड बनाएर दिइसकेको हुँदा अबको ध्यान प्राथमिकिकरणमा हुनुपर्ने उनले बताए।

देशभरिका नगरपालिकाहरूको सङ्घका महासचिव भिमप्रसाद ढुङ्गानाका अनुसार उनीजस्तै पहिले नै एक कार्यकाल सम्हालिसकेकाहरूलाई धेरै गाह्रो हुँदैन तर नयाँ अनि स्थानीय सरकार सञ्चालन ऐन र संविधानले दिएका हकअधिकारबारे जानकारी नभएकाहरूलाई निकै चुनौती पर्नसक्छ।

"त्यसमाथि अब १५ दिनभित्रै फेरि नगर तथा गाउँपालिकाहरूको कार्यपालिका निर्वाचित गर्नुपर्ने काम पनि छ," उनले भने।

देशभरिका गाउँपालिकाहरूको सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठको चिन्ता पनि उस्तै छ।

"धेरै तयारी गर्ने अवस्था पक्कै छैन। सबै निर्वाचित जनप्रतिनिधिहरू विभिन्न खाले दबावमा हुनुहुन्छ। त्यसैले यसै वर्ष सबैले योजनाका घेराभित्रै बस्ने कार्य गाह्रो हुनसक्छ," श्रेष्ठले भने।

प्रतिबद्धता पूरा गर्न मुस्किल 

नयाँ जनप्रतिनिधिहरूले जनतामाझ विभिन्न प्रतिबद्धता गरेर जितेका भएपनि कम्तीमा यो वर्ष उनीहरूले चाहेजसरी ती विषयलाई नीति तथा बजेटमा पार्न कठिन देखिन्छ।

हतारहतारमा बजेट बनाउँदा प्राथमिकता र उपलब्ध स्रोतको तालमेल मिल्न नसक्ने जटिलताबारे जानकारहरूले चिन्ता प्रकट गरेका छन्।

त्यसैलाई इङ्गित गर्दै नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले यसपालीका नयाँ निर्वाचितहरूले यसअघिका प्रतिनिधिहरूले गरिसकेकै धेरै काममा निर्भर हुनु सही हुने बताए।

"समय र परिस्थितिले गर्दा आफ्ना दृष्टि, घोषणापत्र वा प्रतिबद्धतापत्रका आधारमा बजेट र कार्यक्रम बनाउन उनीहरूलाई चुनौतीपूर्ण हुनेछ। चैतदेखि भइआएका तयारीहरूमा टेकेर अगाडि बढ्नु उचित देखिन्छ," उनले भने।

नयाँ जोश र नयाँ वाचाका साथ कमान सम्हाल्न तम्सिएका जनप्रतिनिधिहरूलाई उक्त सुझाव केही निराशाजनक लागे पनि व्यावहारिक कठिनाइका कारण अरू विकल्प सही नहुने जानकारहरूले बताएका छन्।

के छ उपाय?

जेठ ५ गते पुराना जनप्रतिनिधिहरू सबैको कार्यकाल सकिएको छ।

अब नयाँले नसम्हाल्दासम्म यसै पनि सामान्य क्रियाकलाप समेत प्रभावित हुने ठानिएको बेला कार्यभार सम्हाले लगत्तै खासगरि नयाँ निर्वाचितहरूले मेसो नपाउने सम्भावना अधिक छ।

त्यसबारे सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले आगामी दिनमा कर्मचारी तथा जनप्रतिनिधिहरूको भूमिकाबारे जानकारी दिने गरि कार्यक्रमहरू गरिने बताएका छन्।

त्यस्तै नगरपालिका सङ्घ तथा गाउँपालिका राष्ट्रिय महासङ्घले पनि मतपरिणाम लगत्तै प्रदेशस्तरमा विभिन्न प्रशिक्षण दिने गरि तयारी गरिरहेको बताएका छन्।

"चुनावी परिणामका एकसरो तथ्याङ्क हामीले सङ्कलन गरिरहेका छौँ। चाँडै नै हामीले प्रदेशस्तरमा कार्यक्रमहरू सञ्चालन गर्दैछौँ," महासङ्घका अध्यक्ष श्रेष्ठले भने।

उस्तै तयारी नगरपालिका सङ्घले पनि गरिरहेका महासचिव ढुङ्गानाले बताएका छन्। तर ती प्रशिक्षण पर्याप्त नहुने चिन्ता भने धेरैमा बाँकी नै छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending