Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

नुवाकोटका १७ उम्मेदवारले एक मत पनि पाएनन्

खबरडबली संवाददाता

त्रिशूली । स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । बैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । 

जिल्लाका दुई लाख ३७ हजार ४३४ मतदातामध्ये प्रारम्भिक तथ्याङ्कअनुसार ७० प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये १७ जना उम्मेदवारले  एकमत पनि पाएका छैनन् भने १२ जनाको एक–एक मत र १३ जनाले दुई–दुई मत मात्रै पाएका छन् । 

तथ्याङ्क अनुसार नुवाकोटका करीब एक सय उम्मेदवारले दोहोरो अङ्कको मत ल्याउन सकेका छैनन् । जिल्लामा मतान्तरण प्रतिशतको आधारमा सबैभन्दा फरक अंकको प्रतिस्पर्धा किस्पाङ–१ को दलित महिला सदस्यमा देखिएको छ । नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार धनमाया बिश्वकर्माले ७३७ मत ल्याएर निर्वाचित हुदाँ उहाँको प्रतिस्पर्धी जनसमाजवादी पार्टीका उम्मेदवार पम्फा बिश्वकर्माले एक मत मात्रै ल्याउनुभयो । 

शुन्य मत हुने उम्मेदवार:
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा उम्मेदवारी दिएकामध्ये १७ उम्मेदवारले एक मत पनि पाउन सकेनन् । एक मत पनि नपाउने उम्मेदवारमा तारकेश्वर गाँउपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार टेकबहादुर तामाङ, लिखु–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार रामप्रसाद लामीछाने, विदुर–४ को वडाध्यक्षमा जनसमाजवादी पार्टीका उम्मेदवार निरञ्जन घिमिरे, विदुर–६ को वडाध्यक्ष पदमा जनसमाजवादी पार्टीका उम्मेदवार सरोज कुमाल, पञ्चकन्या–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जगदिश महत र राजु मिजार रहनुभएको छ । 

यस्तै किस्पाङ–१ मा वडाध्यक्षमा नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार पल्देन लामा र स्वतन्त्र उम्मेदवार मुकेश घले, बेलकोटगढी–१ को वडा सदस्यमा राप्रपाका उम्मेदवार सक्षम पुडासैनी, ककनी–३ मा उन्नत लोकतन्त्र पार्टीबाट वडा सदस्यका उम्मेदवार पुरुषोत्तम बलामी, किस्पाङ–१ को वडासदस्य पदमा जनसमाजवादी पार्टीका उम्मेदवार सायमन तामाङ र साटो घलेले एकमत पनि प्राप्त गर्न सक्नुभएन । 

यसैगरि पञ्चकन्या–२ को वडा सदस्यमा स्वतन्त्र उम्मेदवारहरू राजु मिजार, मानबहादुर मिजार र दिपेश मिजार, पञ्चकन्या–२ को दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार सरिता मिजार र विदुर–६ को महिला सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार गोमा तमाङले एक मत पनि नपाएका हुन् । 

एक मत मात्र ल्याउने उम्मेदवार:
तारकेश्वर गाँउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तलाल तामाङ, लिखु गाँउपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिपचन्द्र राई, ककनी गाँउपालिकाको अध्यक्षमा नेपाः राष्ट्रिय पार्टीका उम्मेदवार ज्ञानबहादुर लामा, बेलकोटगढी–९ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार केशबप्रसाद भट्ट, विदुर–१२ को वडाध्यक्षमा जनसमाजवादी पार्टीका उम्मेदवार राजकुमार तामाङले एक–एक मत मात्र प्राप्त गर्नुभएको छ । 

यस्तै, तादी–५ वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार निकेश लामा, किस्पाङ–४ वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार पूर्णमान तामाङ, बेलकोटगढी–४ मा महिला सदस्यमा एकीकृत समाजवादीका उम्मेदवार ठुलीकान्छी पाण्डे, किस्पाङ–३ को वडा सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार सुपाल तामाङले एक–एक मत मात्र ल्याउनुभएको छ । विदुर–३ को वडा सदस्यमा एकीकृत समाजवादीको उम्मेदवार केशव खड्का, विदुर ६ को वडासदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवारहरू लालबहादुर राई र सन्तोष सुनारको एक–एक मत आएको छ ।  

दुई मत मात्र ल्याउने उम्मेदवार स्
पञ्चकन्या गाँउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार उद्धव कोइराला, तादी गाँउपालिकाको अध्यक्ष पदमा मौलिक जरोकिलो पाटीका उम्मेदवार बासु उप्रेती, नेकपा ९समाजवादी० पार्टीबाट तादी गाँउपालिकाको अध्यक्षको उम्मेदवार टिकाराम तामाङ र स्वतन्त्रका उम्मेदवार भोगबहादुर अधिकारी, ककनी गाँउपालिकाको उपाध्यक्षमा सामाजिक एकता पार्टीका उम्मेदवार पुतली तामाङ, बेलकोटगढी–४ को वडाध्यक्ष पदमा एकीकृत समाजवादीका उम्मेदवार सुजाता नेपाल (पाण्डे) बेलकोटगढी–१० को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार अप्सरा घिमिरेले दुई–दुई मत मात्र प्राप्त गरे।

यस्तै शिवपुरी–३ को वडाध्यक्षमा नेपाली कांग्रेस (बिपी)का उम्मेदवार विकाश तामाङ, तादी–३ को वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार मानबहादुर तामाङ, तादी–६ वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार ठकुराम तामाङ, ककनी–३ मा वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार नवराज बजगाई, किस्पाङ–३ को वडा सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार केशब तामाङ, शिवपुरी–४ को वडासदस्यमा नेकपा ९माओवादी केन्द्र०को उम्मेदवार सुदन थापाले दुई–दुई मत पाउनुभएको छ । 

तीनभन्दा बढी मत ल्याउने उम्मेदवार 
किस्पाङ गाँउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार रामकृष्ण न्यौपानेको छ, म्यागङ गाँउपालिकाको अध्यक्षमा राप्रपाका उम्मेदवार विजय तामाङको सात, बेलकोटगढी–८ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमबहादुर तामाङको पाँच, बेलकोटगढी–९ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमप्रसाद कोईरालाले आठ, स्वतन्त्रबाट वडाध्यक्षका उम्मेदवार दिनेश विश्वकर्माले तीन, बेलकोटगढी–१० को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार धनबहादुर बस्नेतले सात, बेलकोटगढी–१० को वडाध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अनिश त्रिपाठीको तीन, विदुर–५ को वडाध्यक्ष पदमा स्वतन्त्रका उम्मेदवार भिमबहादुर कुमालको पाच मत मात्रै प्राप्त भएको छ ।

त्यस्तै विदुर–७ को वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार शेरबहादुर तामाङको तीन मत, विदुर–८ को वडाध्यक्षमा स्वतन्त्रको उम्मेदवार उत्तमबहादुर केसीको तीन र सूर्यगढी–५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार श्यामप्रसाद पाठकले चार मत प्राप्त गरेका छन्।

यसैगरि बेलकोटगढी–११ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार सुनील तामाङले आठ, किस्पाङ–१ वडाध्यक्षमा राप्रपाका उम्मेदवार सुवास तामाङले पाँच, म्यागङ–४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार छान्ता तामाङको पाँच र एकीकृत समाजवादीका उम्मेदवार अमृत घलेको चार मत ल्याउनुभएको छ ।

ककनी–१ वडा सदस्यमा उन्नत लोकतन्त्र पार्टीका उम्मेदवार अमितकुमार बलामीले तीन, किस्पाङ–१ को वडा सदस्यमा राप्रपाका उम्मेदवार सुन्तली विश्वकर्माले पाँच तथा विदुर–९ को महिला सदस्यमा जनसमाजवादी पार्टीका उम्मेदवार सिता विश्वकर्माले तीन मत प्राप्त गरेका छन्।

जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार उम्मेदवारी दर्ता गर्दा मतदाता नामावलीमा नाम भएका एक प्रस्तावक र एक समर्थकसमेत गरेर योग्य उम्मेदवारको कम्तिमा तीन मत आउनुपर्ने भएपनि नुवाकोटमा त्यो देखिएन । “पार्टीबाट टिकट नपाउनुको आक्रोस, राजनीतिक दल प्रतिको निरासालगायतका कारण स्वतन्त्र उम्मेदवारी दिएपनि मतदानसम्म आइपुग्दा निष्क्रिय भएकाले उनीहरुको पक्षमा न्यून मत आएको हुन सक्छ”, गौतमले भने “दलका उम्मेदवारकोसमेत न्यून मत आउनुले दलीय गतिविधि पनि कमजोर हो कि भन्ने लाग्छ ।” 

निर्वाचनको मतदानअन्तर्गत खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ । नुवाकोटमा कति उम्मेदवारको धरौटी जफत भयो भन्नेबारे तथ्याङ्क निकाल्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending